मलाइ धेरै मित्रहरुले मित्र एल नेम्बांगज्यु हरुले संचालन गर्नु भएको 'पहिचान र संघियता' भन्ने ग्रुप पेजमा आएर स्वच्छ बहस गर्न आमन्त्रण गर्नु हुन्छ ! २/३ पटक मैले भाग पनि लिएको थिए तर यति छाडा सब्द र नीचतामा ओर्लेर सब्द प्रहार हुन्छ जसको बर्णन गर्न सकिदैन ! म निस्किए, जोडिए र फेरी निस्किए ! एडमिनज्यु हरु त्यसलाई रोक्न प्रयास गर्नु हुन्छ तर चाहेर पनि उहाहरुले सक्नु हुन्न ! बाध्य भएर मैले अस्ति ब्लग पनि लेखे तर प्रति दिन देख्दैछु उही पुरानो पारा ! बहस भनेको स्वच्छ र सफा हृदयले गरिनु पर्दछ ! हामि हरु नेपाली हौ तर त्याहाको बहस हेर्दा यस्तो लाग्छ एक देशको बासिन्दाले अर्को देशको बासिन्दा माथि भिषण युद्ध छेडदैछ ! संघियताको कुरा मात्र उठ्दा त यो पारा छ भने भोलि नेपालमा संघियता लागु भो भने ?
..
नेपालमा कुनै पनि स्थानमा कुनै पनि जातिको बहुमत पनि छैन ! तर जुन दिनमा सान्ति सम्झौता लागु भएर जंगल बाट सहर पसेकाहरुले राज गर्न थाले सब लथालिंग भाको छ ! एक जातिले अर्का जाति लाइ देखि नसहने ! हिजो आज यस्तो काम कार्य गाउँ घरमा निकै कम भाको छ तर बिदेसमा बस्नु हुने नेपालीहरुले यसलाई सामाजिक संजालमा उठाएर साढेजात्रा देखाउनु हुदैछ ! के यस्तो काम कार्य उचित हो र ? बाहुन क्षेत्रीको रगत रातो, जनजातिको चैँ कालो हुन्छ ? बिरामी वा दुर्घटनामा परेको बेला सरिरमा रगत कमि भएको अबस्थामा चढाइने रगतमा जात जाति भनेर छुट्याइएको हुन्छ र ?
..
हिजो पंचायतकै पालामा सति तथा छुवाछुत प्रथाको पूर्ण अन्त्य गर्नको लागी मुलुकी ऐनमा स्पस्ट संग लखिएको थियो ! कानून पालना गर्ने समाजकै तप्का हो भने गराउने प्रसासनिक निकाए हो तर न समाजले बुझ्यो न प्रसासनले ! जे कुरामा पनि ब्यबस्था र सासक लाइ दोष देखाउदै गल्ति र कमि कमजोरी देखाउन त सजिलो छ तर ब्यबहारमा कसले लागु गरेको छ ? दलितमा पनि विभिन्न थरि हुदा रैछन ! ठुला थरि र सानो थरि रे भन्दै लडेको पनि देखियो ! हाम्रो समाजमा अझै पनि ठुला जातिका हुन या जन जातिका सबैमा धनीले गरिब लाइ हेप्ने र खसालेर बोल्ने चलन छ ! त्यता तिर ध्यान जानु त काहा हो काहा यो जाति र उ जाति भन्दै सामाजिक संजालमा एक नेपाली ले अर्को नेपालीलाइ खसालेर बोल्नु राम्रो हैन ! बहस गर्ने हो भने स्वच्छ र सिस्ट भाषामा गर्नुसन कसले रोकेको छ र बहस गर्नलाई ! रिसौनुस खुसौनुस तपाइँ हरुको पेजको बहस भनेको कुवाको भ्यागुताको कुवामा गरिएको ट्यार ट्यार जस्तै हो ! लछारो पाटो केहि लाग्ने हैन ! बिदेसमा बसेर कुर्लिदैमा नेपालमा संघियता आउदैन साथीहरु ! बेकारमा एक अर्काको दुस्मन बन्ने काम नगर्नुहोस भन्ने मेरो आग्रह छ सबैलाई !