धेरै दिन भो बैद्यबा नबोलिकन बस्नु भाको छ ! कतै बैद्यबाले पनि हिन्दु धर्म पालना गरेर मौन ब्रत राख्नु भाको त
हैन ? बैद्यबा त अब्बल
दर्जाको क्रान्तिकारी हुनुहुन्छ ! क्रान्ति गरेर
देशको मुहार फेर्छु भनेर पर्दा पछाडी बसेर सशस्त्र युद्ध हाक्न लगाउनु भयो ! आफ्नै
चेलालाइ कमान्डर इन चिफ बनाउनु भयो ! याहा बाउ भन्दा छोरा अनि गुरु भन्दा चेला बाठा' हुन्छन
! चेला परे एक नम्बरको धुर्त ! गुरुलाई पनि एक पटक भारता मामाघरको हावा खुवाई देकै
हुन क्यार ! यति हुदा हुदै पनि सहेर
बसेका बैद्यबा ले पार्टी भित्र संघर्ष गर्न नसकेर आफ्ना दुइ चार जना आसेपासे लाइ
लिएर फेरी क्रान्ति गर्छ्म भन्दै अर्को पार्टी गठन
गर्नु भो ! हिजोको पार्टीका भन्दा जब्बर चेला अहिलेका पार्टीमा छन ! जातले
ठकुरी बाउ साप ति नेत्र बिक्रम चन्द चेला यतिखेर बैद्यबाको लागी तातो पिडालु भाका छन ! बैद्य बाले चाहेर पनि तिनलाई केहि गर्न
सक्दैन ! क्रान्ति गर्न जोस जाँगर र उमंग चाहिन्छ
! ऐले बैद्य बा संग यी तिनै चिज जोस, जाँगर र उमंग छैन ! ‘बैंसमा स्याल
पनि घोर्ले’ हुन्छ भन्ने कुरा बैद्यबा
ले चाल पाउनु भएनछ ! यदि चाल पाउनु भएको भए आज बैद्यबा ले मुखमा दहि जमाएर पक्कै
पनि बस्नु पर्दैनथ्यो ! बैद्यबाले पक्कै पनि महसुस गर्नु भाको होला 'हामीले क्रान्तिको नाउँमा
गरेको त्यो आतंकले मास्सियेका परिवारजनको के हालत भाको होला ! किन हामिले यस्तो बितण्डा मच्चायेउ ? किन हामिले लाखौको घरबार उजाड
पारेउ ? किन हामीले
हज्जारौलाइ मृत्यको घाटमा पारेउ ? मान्छे ५० काटेसी आध्यात्मिक बन्छ ! तर बैद्यबा ले चाहेर पनि त्यसो गर्न सक्नु
हुन्न किनभने बैद्य बा खाँट्टी कम्युनिस्ट पर्नु भयो ! बैद्य बा लाइ सल्लाह !
बैद्य बा अब राजनीति छोडेर अध्यात्म तिर लाग्नुस् ! तपाइको राजनीति अब यो देशले
धान्न सक्दैन ! सधै भरि क्रान्ति क्रान्ति भन्दा
आज देशलाई तपाइको लेन्डुप चरित्रका चेलाहरुले भड्खालोमा हाली सके !
तपाइको नया चेला चन्द बाउसापले पनि अस्ति खुसुक्क भारतीय गुप्तचर संस्था {र} का एजेन्ट लाइ भेटे भनेर छापामा आकै हो क्यार !
चन्द बाउसापले पनि छाती फुलाएर भनेछन अरुले भेटन हुन्छन भने 'मैले (र) का लाइ भेटन किन
नहुने ? मासा दाला
कालो चैँ पक्कै छ बैद्य बा त्यसैले भो छोदिनुस अब यी फोस्रा क्रान्तिको कुरा ! अब पनि
क्रान्तिको कुरा गरेर जनता मार्ने सपना नदेख्नुस !
Home »
च्वास्सचुस्स
» भो चाहिएन बैद्यबा अब फेरी हजुरको क्रान्ति !
भो चाहिएन बैद्यबा अब फेरी हजुरको क्रान्ति !
Written By खांट्टी कुरा on Friday, May 31, 2013 | May 31, 2013
Subscribe to:
Post Comments (Atom)
0 Comments:
Post a Comment