Monday, June 03, 2013

सोच्नुस र बिचार गर्नुहोस !

(पुर्व कांग्रेसी नेता महन्त ठाकुर)
  • २०४६ मा जन आन्दोलन सफल भएर प्रजातन्त्र आइ सके पछी जनकपुरको कदमचोक निलम सिनेमा हल अगाडीको  महादेव भैयाको पान पसलमा पान खाँदा जाँदा १ जना भाइले अब पहाडियाहरुको खैरात छैन ! 'साला सब पहाडियाहरु लाइ मदेस बाट खेद्नु पर्छ' भन्दा मेरो जेठानको साथि जो पुस्तौ देखि उहाँको पुर्खाहरु सिधुली बाट जनकपुर भानु चोकमा बसाइ आउनु भएको मध्य श्री हेरम्ब शर्माज्यु ले निज लाइ 'जनकपुर तेरो बाउको पैत्रिक सम्पति हो ? साम्प्रदायिक कुरा गर्छस' भनेर मार सित झपारनु भाको थियो !
  • २०४७ सालमा  पार्टीको चुनाव प्रचारको सिलसिलामा सद्भावनाको पार्टीकी महिला नेता  अमृता देबी अग्रहरीले सर्लाही जिल्लाको भक्तिपुरखोर मा
 आएर अब पहाडे टोपीवाला हरुलाइ महेन्द्र राजमार्गको उत्तर तिर खेद्नु पर्छ भनेर भाषण दिंदा त्यहाँका मदिसे पाहाडे सबै जनता मिलेर तिनलाई मंच बाट नै खेदेका थिए ! मैले यो दुइटा घटना अहिले सम्म पनि बिर्सेको छैन ! पहाडे हरु लाइ तराइ बाट खेद्ने योजना त २०४६ भन्दा पहिला नै सुरु भै सकेको रैछ ! सद्भावना पार्टीकी ति महिला नेता अमृता देबी अग्रहरी र कदम चोकमा ति मैथिली भाइले भनेको कुरा त मदिसे फोरमका उपेन्द्र यादबहरुले पछी गरेर नै  देखाई दिए !  
मेरो घर हेटौडामा अहिले जनकपुर बाट बसाइ सरेर आएकाहरुले टन्नैभरिएको छ ! बसाइ त आए तर अहिले सम्म गाउँ समाजमा भिज्न सकेका छैनन ! न बोलीको लवज मिल्छ न संस्कार नै ! जात र थर ले मात्र नहुने रैछ ! बसाइ आकाहरु तराइका संस्कार गर्छन तर हामि हरु पहाडे संस्कार गर्छौ !
गल्ति त नेपाली कांग्रेस तथा एमालेका नेताहरुले गरेका रैछन ! धनुषामा आएर बस्ने पुर्व एमाले नेता हाल एमाओबादी भएका रामचन्द्र झा हुन वा महोत्तरीमा आएर बस्ने पुर्ब कांग्रेसी नेता तथा हाल तराइ मदेस लोकतान्त्रिक पार्टीका नेता महन्थ ठाकुर ! यी दुवै भारतीय नागरिक हुन ! ठाकुर तथा झाले हिजो पंचायतकालमा कांग्रेस तथा एमालेको नेताहरुलाइ भारतमा सेल्टर र सक्दो सहयोग दिएका थिए ! कांग्रेस तथा एमालेको नेताहरुले ति दुइ लाइ नेपाली नागरिकता मात्र हैन मन्त्रि समेत बनाएर गुन त तिरे तर त्यो गुन कति महँगो रैछ आज नेपाली जनताहरुले राम्रै संग भोग्दैछन ! कांग्रेस तथा एमालेको सिको गर्दै एमाओबादीले त झन् नेपाल लाइ अर्ध सिक्किम नै बनाइ सकेको छ !
पार्टी प्रति आस्था राख्नु नराम्रो हैन तर हेर्नुस पार्टीका नेताहरुको चाल ! कांग्रेस सधै भरि आफुलाई प्रजातन्त्रको पिता भन्दै त्यसको ब्याजमा बाच्न खोज्छ भने एमाले २०५२ को नौ  महिने अल्पमतको सरकारको ब्याजमा बाच्न खोज्दैछ ! जसले रास्ट्र र रास्ट्रीयता बुझ्दैन, जसले जन भावना बुझ्दैन र जसले देस र जनता प्रति गद्धार गर्छ भने त्यस्ता पार्टी र तिनका नेताहरु लाइ अब जनताले किन मान्ने ?


No comments: