Sunday, May 26, 2013

डोकेको पिरिम !



महान जनयुद्धलाई उचाइमा पुरयाउनु पर्ने भएकोले १ धुरी १ जना लडाइमा भाग लिन आउनु भन्ने कमाण्डरको उर्दी जारि भो गाउँमा ! घरा भाको एक मात्र बुढा बा आमालाइ चटक्क छोडेर एक्लो छोरो ठुले घर्ति लडाईमा भाग लिनुगो ! उमेर अलि पाको भाकोले उसको भागमा चैँ घाइते तथा सहादत प्राप्त गरेका लाइ सम्बन्धित स्थानमा पुर्याउने अर्थात डोके एम्बुलेन्स मा घाइते बोक्ने काम !
..
सिविरमा संगै रहदा बस्दा एक जना महिला छापामार संग पिरती बस्यो ! लडाइको दौरानमा माया पिरती  सख्त निषेध ! माया प्रेमलाई कसैले पनी छेक्दैन भने जस्तै पिरतीचैँ लुकिछिपी चल्दै थियो ! सपना हज्जारौ थियो ! लडाई सके पछी बिहा गर्ने.. बुढा बाउ आमाको सेवा स्याहार गर्ने ! गरिबको सपना यस्तै नै हुन्थ्यो ! समयले कोल्टो फेर्दैथ्यो ! एक पछी एक एक गर्दै बर्ष दिनको अन्तरालमा बा आमा मास छर्न गए ! जन्मे पछी मर्नु पर्छ भन्दै मन लाइ सम्हाले ! मायालुले पनी सात्वना दिईन मन बुझाए !
..
ल यो हप्ता दुस्मन संग लडाई गर्न जानु पर्छ भन्ने उर्दी आयो ! सबै तम्तयार भए र लडाई लड्न गए ! लडाइमा दुबई पक्षका हताहत भए ! लडाई लड्न जानु भन्दा पहिला कसै कसैले त आफ्फ्नो लागि आफैले चिहान खन्थे ! किन यस्तो गरेको भन्दा लडाइमा बीरगति प्राप्त गर्यो भने साथि लाइ सजिलो हुन्छरे ! धेरै लडाइमा ठुले घर्तीले भाग लियो ! लडाइको अग्र भागमा लडाकु हरु बसेर लड्थे ! पछाडिको भागमा ठुले घर्ति हरु जस्तै बसेर हौस्याउथे ! कोह्ही घाइते वा मृत्यु हुना साथ डोका बोकेर कुदाइ हाल्थे ठुले घर्तीको टोलीले !
..
केहि हप्ता समय पछी फेरी युद्धमा जानु पर्ने भयो ! यो पाली काहा के नमिलेर हो लडाकु पट्टि निकै क्षेती भो ! घाइते र मृतक लाइ बोक्दा बोक्दा हत्ते भो ठुले घर्तिको टोलि ! कमाण्डरले अब लडाई जित्न सक्दैन भनेर चुपचापरुपमा फौज लाइ पछी हट्ने आदेस दिए ! सुरक्षित स्थानमा पुगे पछी गन्ति गर्दा धेरै क्षेती भएछ ! कमाण्डरले सान्त्वना दिदै भने ‘लडाइमा हार जित कुनै नौलो कुरा होइन’ ! सहादत प्राप्त गर्ने साथीहरुलाई खाल्डोमा पुर्नु भन्दा अगाडी सबैले अश्रुपूर्ण श्रद्दान्जली दिए अनि प्रण गरे र भने सहिदको रगतको बदला लिन्छौ ! ठुले घर्ति हरु खुइ खुइ गर्दै जंगला खाल्टो खन्दै थिए ! थकाइले गली सकेका थिए ! अघिल्लो लडाइमा दुस्मन संग लुटेको तुम्लेट बाट पानि निकालेर घुटुक्क पिए र आफ्नो भागमा परेको लास लाइ गाड्नु भन्दा अगाडी येसो पल्टाएर के हेरेको थियो हात खुट्टा थर्थरी भो ! ओठ काम्यो र पुरै पृथ्बी नै फनफनी घुमेको झैँ भान भो ! थच्चक्क भुइमा बसे टाउकोमा हात लाउदै ! मन लाइ सम्हाल्दै फेरी नजिक पुगे हिजो गरेको बाचा कसम याद सम्झना सबै चलचित्रको रिल झैँ मानस पटलमा आयो ! कमान्डर छिटो छिटो गर भन्दै थियो ! संगैको साथीले लास पुरी सकेपछी आएर भन्यो के भयो ठुले ? ठुले बोलेन हैन बोल्ने सब्द नै निस्केन, बोल्नै सकेन ! साथीले पुन झकझ्कौदै भन्यो ‘हैन के भयो तलाई आज ? अनि बल गरेर लास तर्फ औलाले देखाउदै भन्यो ... मेरी... जिन्दगि ..म रित्तिए बर्बाद भए भन्दै भक्कानो छोडेर रुन थाल्यो ग्वा ग्वा गरेर .....  
..
(केहि महिना अगाडी मैले जीवनमा पहिलो पटक लेखेको कथा कस्तो लाग्यो ? पढेर प्रतिक्रियाको पर्खाइमा छु !)