Home » » किन एकता र एकीकरण हुँदैन पुर्व पंचहरुको पार्टीको ?

किन एकता र एकीकरण हुँदैन पुर्व पंचहरुको पार्टीको ?

Written By खांट्टी कुरा on Saturday, May 25, 2013 | May 25, 2013

नेपाली कांग्रेसमा स्व.गिरिजा प्रसाद कोइरालाले आफु जीवित छउन्जेल पार्टीको मुखिया पद अरु कसैलाई दिएनन ! अनेक जाल झेल गरेर सधै पार्टी सभापति आफु बन्थे ! त्यसै रोगले समातेको छ सुर्य बहादुर थापालाई ! सारा पार्टी सुभेच्छुक तथा कार्यकर्ताको बलियो माया हुँदा हुँदै पनि पार्टीलाई फुटाएर छुट्टै पार्टी ‘लोक जनसक्ति’ गठन गरे ! हुँदाहुँदा बलियो तथा सुदृढ भाको पार्टी आखिरमा ३ टुक्रा भो किन ? सुर्य बहादुर थापालाइ पनि बाचुन्जेल मुखिया पद चाहिन्छ ! यदि तिनले त्याग र तपस्या गर्न जानेको भए नेपालमा न पंचायत ढल्थ्यो न नेपालमा प्रजातन्त्र आउथ्यो ! अहिले जनतामा जनमत घटेको देखेर फेरी पार्टी एकीकरण गर्ने भन्दै पशुपति सम्सेरको रा.प्र.पा संग हात मिलाउदै हिडे ! अन्त्यमा एकिकरणको नाटक गरे अनि १ बर्षको लागी भन्दै मुखिया पद पड्काए
तर कमल थापाको रा.प्र.पा संग एकीकरण गरेनन ! कमल थापा अध्यक्ष भाको रा.प्र.पा पनि त पुर्ब पंचहरूको बाहुल्यता भाको पार्टी हो तर पनि सुर्य बहादुर थापा, लोकेन्द्रबहादुर चन्द र पशुपति सम्सेर ज.ब.रा. यी तीनै जना अब खाँट्टी गतान्त्र्बादी भै सके ! धर्म निरपेक्ष भन्दै बिदेसीको अगाडी घुंडा टेकी सके ! अर्को पनि तथ्य यो हो कि हिजो २०४६ सालमा कांग्रेसले लिएको बाटो ‘रास्ट्रीयता, प्रजातन्त्र र समाजवाद’ को नारामा पुन: परिस्कृत गरेर कमल थापाको रा.प्र.पा.नेपालले ‘रास्ट्रीयता, प्रजातन्त्र र उदारबाद’ को नारा लिएर हिडेका छन ! नेपाली  कांग्रेसले त २००४ साल देखिको त्यो उसको लोकप्रिय नारा ‘रास्ट्रीयता, प्रजातन्त्र र समाजवाद’ लाइ स्व.गिरिजा संगै सति पठाएको छ त्यहि भएर आज नेपाली कांग्रेस ‘रानो हराको मौरी’ जस्तो भाको छ ! त्यस्तै एमालेले पनि स्व.मनमोहन अधिकारि संगै उसको ‘जनताको बहुदलीय जनवाद’लाइ सति पठाई सकेको छ !
जनता तथा कार्यकर्ताको अत्याधिक दबाबले गर्दा एकपल्ट दुवै रा.प्र.पा.र लोक जनशक्ति पार्टी एकीकरण हुन् खोजेका थिए तर त्यसमा सुर्य बहादुर थापा ‘गाँसको ढुंगा’ बने ! धर्म निरपेक्ष र राजतन्त्र सुर्य बहादुर थापालाइ मन परेन अर्थात धर्म निरपेक्ष तथा गणतन्त्र नै हुनुपर्छरे ! जब धर्म निरपेक्ष तथा गणतन्त्र नै हुनु पर्छ भने किन दस वटा पार्टी खोलेर जनताको छोराछोरीलाइ बरालिन लगाउने ? काम त्यहि, सिद्धान्त त्यहि हो भने २००४ सालमा जन्माको पार्टी नेपाली कांग्रेसमा नै गए भै हाल्यो नि ! धेरै नेता तथा कार्यकर्ता पुरानै पार्टीमा स-सम्मान फर्केका छन ! हिजो पंचायतकालमा पनि त सुर्य बहादुर थापाहरुले ‘गाउँ फर्क रास्ट्रिय अभियान’ चलाएकानै हुन भने नेपाली कांग्रेस तथा एमालेले अहिले ‘घर फर्क अभियान’ चलाको छन ! धेरै जानिफकारहरु ‘सुबथा’ पनि दिल्लीकै एजेन्ट हो भनेर  भन्ने गर्छन र निजको चालचलन र ब्यबहारले पनि त्यो देखाउंदै गएको छ ! सायद ति ३ जना नेताको मनमा दम्भ होला ! त्यो ‘जुनियर’ कमल थापाको  पार्टी संग किन गर्ने एकता ? फेरी उ ता राजभक्त पनि पर्यो ! तर थाहा छैन होला नेपालमा गणतन्त्र आए पछी नेताहरुको काम गर्ने सैली र ब्यबहार देखेर वाक्क ब्याकक भै हिजो आज रा.प्र.पा.नेपालको पक्षमा ओर्लेका छन ! पोहर काठमान्डौको २८ दल भर्सेज एक्लो रा.प्र.पा.नेपालको आमसभामा जनताको त्यो बिसाल भिड लाइ देखेका पक्कै पनि होलान ! ८२ प्रतिसत हिन्दु बसेको नेपालमा बिदेसिको अगाडी घुडा टेकेर जुन धर्म निरपेक्षमा अरु दल लागे त्यसैको सिको गर्दै पुर्ब महापन्चहरु पनि लागेको देख्दात यिनीहरु पनि त “माछा देख्दा दुलो भित्र हात सर्प देख्दा दुलो बाहिर हात” गर्ने खालका त रैछननी भनेर जनताले ठानिसकेको छन !

Share this article :

0 Comments:

Post a Comment

 
Support : Creating Website | Johny Template | Mas Template
Copyright © 2011. खांट्टी कुरा - All Rights Reserved
Template Created by Creating Website Published by Mas Template
Proudly powered by Blogger