Home » » फेरी पनि ६०१ कै समर्थन किन ?

फेरी पनि ६०१ कै समर्थन किन ?

Written By खांट्टी कुरा on Friday, May 24, 2013 | May 24, 2013


मैले 2013/05/23 तारिख को बिहान 02:09 बजेको समयमा फेसबुकमा र मेरो ब्लग www.janakdangol.blogspot.com मा ‘क.प्रचण्ड चुनाव चाहदैनन’ भनेर सानो लेख राखेको थिए ! मेरो फेस्बुके मित्र पूर्ण Purna Suhang ज्यु ले “सम्माननिय मित्र जनक ज्यु “अबको चुनावमा पनि ६०१ को नै प्रतिनिधित्व हुनुपर्छ भन्ने माग र दावी लोपनमुख कुसुण्डा देखि आदिवासी जनजाती हुदै समाजमा कथित सनातनको ईसाहरामा अपमानित दलित समुदायले सम्म गरिरहेको बेला यस्ले पुग्ने असरहरु के+के होला ?
आफुलाई पत्रप्रषितकर र बिशलेषकको रुपमा बुझ्ने तपाई जस्ता बिद्धवान मानिसले ति कुसुण्डा देखि दलीत सम्मको उत्पिडन आवाजलाई सुन्न नभ्याउनु भएको हो वा सुन्न नचाहनु भएको हो ?
के बिरोध लागी बिरोध मात्रलाई राजनिती बुझिदिने ?
फेरि यसो भन्दा माओवादी भन्नु होला प्रचण्ड देख्ने बित्तीकै बान्ता आउछ तर सकारत्मक पक्षलाई स्वीकार गर्न सक्नु चै परिवर्तनशिल समवादी हुनु हो है” भनेर प्रश्न राख्नु भएको रैछ !


मेरो लेखको आसय एनेकपा माओबादीको अध्यक्ष क.प्रचण्ड चुनाव चहादैनन भन्ने थियो ! देसमा गणतन्त्र स्थापना पश्चात संबिधान सभाको पहिलो चुनावमा दलित तथा लोकोन्मुख जाति तथा जनजाति लाइ के कति संख्यामा सहभागी गराइयको थियो र संबिधान बनाउन तिनीहरुले के कस्ता भूमिका खेले त्यो नेपाली जनमानस लाइ घाम जस्तै छर्लंग भाकै कुरा हो ! संबिधान सभाको निर्वाचन मा फेरी पनि ६०१ को प्रतिनिधि अनि बढी भन्दा बढी दलित तथा लोकोन्मुख जाति तथा जनजाति लाइ सामेल गराउदैमा संबिधान बन्छ भन्ने के ग्यारेन्टी छ ? पार्टीको खल्तीको सुचिमा पर्ने १/२ जना लाइ छोडेर बाकि त्यस्ता व्यक्तिहरु रमिते र तालि पिटनेको जमात हुन् भन्ने यो पंक्तिकारको ठम्याई छ ! देशमा र खुद राजनीतिक पार्टी भित्रै पनि ६०१ जनालाई चुनिनु हुन्न भन्ने ब्यापक बिरोधको आवाज उठेको देख्दा र सुन्दा सुन्दै पनि मित्र Purna Suhang ज्यु ले के र कुन हिसाबमा ६०१ को संख्या लाइ समर्थन गर्नु भयो त्यो मैले बुझिन ! याहा सम्पूर्ण पार्टीका नेताहरुले दलित तथा लोकोन्मुख जाति तथा जनजातिको नाउ भजाएर २३ बर्ष गुजारेको स्पस्ट नै छ ! कुन चैँ पार्टीले दलित तथा लोकोन्मुख जाति तथा जनजातिको हकमा काम गरेको छ ? याहा जाति जनजाति हैन पार्टी र नेता हेरिन्छ ! प्रत्येक पार्टीमा दलित तथा लोकोन्मुख जाति तथा जनजाति नभएको हो र ? अनि तिनीहरुले आफ्नो जातिको बिकासको लागि के गरे ? अब यो प्रश्न चैँ सोध्ने कस्लाई ? अत्याधिक संख्यामा दलित तथा लोकोन्मुख जाति तथा जनजाति राख्दैमा के संबिधान लेखिन्छ ?   

 
Share this article :

0 Comments:

Post a Comment

 
Support : Creating Website | Johny Template | Mas Template
Copyright © 2011. खांट्टी कुरा - All Rights Reserved
Template Created by Creating Website Published by Mas Template
Proudly powered by Blogger