Wednesday, May 22, 2013

क.प्रचण्ड चुनाव चाहदैनन !

(क.प्रचण्ड)
बि.बि.सी.को ताजा समाचारलाइ आधार मानेर हेर्ने हो भने एमाओबादी अध्यक्ष क.प्रचण्ड चुनाव चाहदैनन भन्ने कुरा स्पस्ट बुझिन्छ ! ६०१ सभासदको चारैतिर बाट घोर बिरोध भै रहेको कुरा उनलाई स्पस्ट संग थाहा छ ! तर किन उनले अब हुने संबिधान सभाको चुनावमा ६०१ नै हुनु पर्छ भनेर अड्डी कस्दै छन ?
यतिखेर उनि संग हिजोको जस्तो सक्रिय तथा भरोसामंद कार्यकर्ता छैन ! जति छन ति सबै नक्कली प्रसंसक र 'ताक परे तिवारी नत्र गोतामे' चरित्रका हुन ! अहिले पार्टीमा जति पनि बाहिरिया हरु हलेका छन तिनका भरले चुनाव जित्न सकिदैन ! त्यागि, निष्ठा र पार्टी तथा क.प्रचण्डको लागि ज्यु ज्यान दिने पार्टीका कार्यकर्ताहरु सब लाखापाखा लागि सकेका छन ! क.प्रचण्ड लाइ यी सबै कुराहरु राम्रै संग थाहा छ चुनाव हुदैन भन्ने कुरा ! चुनाव भयो भने उनका पार्टीको अधिकांस उम्मेदवाको जमानत समेत जफत हुने स्थिति छ ! चुनाव नजिती सत्तामा जान सकिदैन ! जव पराजय पक्का हुने भए पछी अनेक थरिको बखेडा झिकेर चुनाव हुन् नदिनु कुन चैँ नयाँ र नौलो कुरा भयो क.प्रचण्डको लागी ?

 

No comments: