Tuesday, May 21, 2013

गणतान्त्रिक नयाँ नेपाल’ भनेको सायद यहि नै होलाकि ?

कुनै पुरुषले कुनै महिलालाइ घुरेर मात्र हेर्यो भने पनि त्यो महिलाले चाहेको खण्डमा त्यो पुरुष लाइ मुद्दा हाल्न सक्छे ! ‘अनुसुचि १’ भित्र को ‘आसय करणी’ अन्तर्गत पर्ने त्यो कानून पंचायतकै पालामा बनाइएको हो ! ‘अनुसुचि १’ भन्नाले सरकारबादी मुद्दा हो र जुन हाल चैँ सरकारी वकिलको अनुमति लिएर मात्र प्रहरीले प्रतिवादी उपर मुद्दा दायर गर्ने गरिन्छ !

नियम कानूनको मामलामा अहिलेको ब्यबस्था भन्दा पंचायती ब्यबस्था किकै कडा थियो ! कानूनको पालना गर्नलाइ अभियुक्त माथी डण्डा त घुमाउनै पर्छ ! तर कुनै कुनै जाली फटाहाले सक्तिको आडमा निर्दोषलाइ पनि फसाउने गरेको पाइन्थ्यो तर अहिलेको उदारवादी साशन ब्यबस्थामा त्यो झनै चारगुणाले बृद्दी भएको पाइएको छ ! फटाहा हिजो पनि थिए तर आज त्यस्ता फटाहा काननु भन्दा माथि छन ! हिजो छिसिक्क गल्ति गरेको थाहा पाउना साथ जस्ता सुकै ठुला पदका व्यक्ति किन नहुन तिनले सिधै जेलको हावा खानु पर्थ्यो त्यो पनि सर्वस्व हरण सहित जन्म कैदको संजायको रुपमा ! चाहे ति मन्त्रि हुन या माननीय, पुलिसका आइ.जी.पी. हुन या सेनाका कर्णेल ! त्यस्ता व्यक्तिहरु कसुरवार ठहरी सके पछी जेलको चिसो छिडीमा जाकिएका थिए ! अहिले त अपराधि अभियुक्त प्रमाणित भै सके पछी हिन्दुस्थानमा झैँ ‘हजुर जेल कहिले सवारी हुने ?’ भनेर सोध्नु पर्ने बेला भएको छ ! अपराधीलाइ सुविधायुक्त कोठामा राख्ने गरिन्छ ! ‘धर्म निरपेक्ष लोकतान्त्रिक, गणतान्त्रिक नयाँ नेपाल’ भनेको सायद यहि नै होलाकि ?

No comments: