Home » » जसले काम गरेर देखाउछ भोट त उसै लाइ पो दिइन्छ अब !

जसले काम गरेर देखाउछ भोट त उसै लाइ पो दिइन्छ अब !

Written By खांट्टी कुरा on Saturday, May 18, 2013 | May 18, 2013

(सुदिप बराइली )
देशकै धेरै बिधुत उत्पादन गर्ने कुलेखानी जल बिधुत आयोजना
हाम्रो मकवानपुर जिल्लामा पर्छ त्यसैले हाम्रो जिल्ला लाइ लोडसेडिंग मुक्त जिल्ला घोषणा गर भन्दै अस्ति हेटौडामा रा.प्र.पा नेपाल (कमल थापा) समर्थक ले धर्ना, बन्द आदि गरेर मकवानपुर जिल्लाको लोडसेडिंग लाइ ४ घण्टा घटाउन सफल भो !
 .. 
यसको केहि दिन पछी मैले १ जना दलित तर सिक्षित युवा लाइ "बाबु चुनाव आउन लाग्यो रे ! अबको चुनाउमा भोट कसलाई दिन्छौ ? भनेर प्रश्न गर्दा उसले भन्यो 'अंकल मैले सम्बिधान सभाको चुनाव मा आँखा चिम्लेर माओबादी लाइ भोट हालेको हु ! माओबादीको लागि थुप्रै प्रचार प्रसार पनि गरे ! तर अब म माओबादी लाइ भोट दिन्न ! मैले भने किन ?उसले भन्यो 'हामीलाई चाहिएको बिकास र रोजगार हो' त्यो उसले दिएन ! खालि हावा गफ मात्रै दियो ! अनि त्यसो भए अबको चुनाव मा भोट चाहिँ कसलाई दिन्छौ त ? उसले निर्धक्क संग भन्यो 'कमल थाको पार्टी लाइ' ! मैले भने कमल थापाको पार्टीलाइ त अनेक थरिको उपमा दिएर गालि गर्छन ! त्यस्तो पार्टीलाई चैँ किन समर्थन र भोट बाबु ? उसले भन्यो देख्नु भएन अस्ति आन्दोलन नै गरेर भए पनि लोड सेडिंग घटाको ! म रोजगार गर्छु ! सानो तिनो फर्निचर पसल चलाउछु ! मेरो रोजी रोटि भनेको मेरो मेसिनरी औजार हो ! जेनेरेटर राख्ने मेरो औकात छैन ! मलाइ यतिखेर चाहिएको भनेको बिधुत हो ! ४ घन्टामा त धेरे काम हुन्छ अंकल ! त्यसैले जसले काम गरेर देखाउछ
भोट उसैलाई दिइन्छ ! हैन त अंकल ? मैले पनि सहि थाप्दै भने .. तिमीले ठिक भन्यौ बाबु !
  ..
यो लेख कुनै पार्टी वा दल लाइ लक्षित गरि लेखिएको हैन र नितान्त व्यक्तिगत यो कुराकानी २०७० बैसाखको पहिलो हप्ता हेटौडा नगर पालिका वार्ड नं ८ कमाने मा आफ्नै लगानीमा सानोतिनो ब्यबसाय गरि बसेका युवा सुदिप बराइली संग भएको व्यहोरा समेत जानकारी गराउदछु !
 
Share this article :

0 Comments:

Post a Comment

 
Support : Creating Website | Johny Template | Mas Template
Copyright © 2011. खांट्टी कुरा - All Rights Reserved
Template Created by Creating Website Published by Mas Template
Proudly powered by Blogger