Monday, May 27, 2013

क.प्रचण्ड संगको मित्रता कस्तो लाग्यो त गगन थापाज्यु ?

 बि.पी., गणेश मानले कम्युनिस्ट लाइ बिस्वास गर्नु हुन्न भन्थे !२०४६ सालको आन्दोलनमा पनि बाध्यताले गर्द्दा कम्युनिस्ट संग हातेमालो गरे ! २०४६ सालमा हातेमालो गरेका कम्युनिस्टहरु कम्युनिज्म विचारधाराका भए पनि समय र परिस्थिति अनुसार समाजवादलाइ पनि अंगाल्न सक्ने खुबी भएका थिए ! यी दुवै पार्टीहरुको सहकार्य अन्त्यमा सफल पनि भयो!
स्व.गिरिजा प्रसाद कोइराला कुनै समयमा क्रान्तिका नायक थिए ! क्रान्तिका नायक त उनका दाज्यु बि.पी पनि हुन ! भारतमा इन्दिरा गान्धीको सासनकालमा आपतकाल नलागेको भए बि.पी.हरु "राजा संग मेरो पनि घांटी जोडिएको छ" भन्दै आउंदैन थिए ! भारतमा सुरक्षित सेल्टर नभए पछी बि.पी.हरु नेपाल छिरेका हुन ! क्रान्तिकारीहरुको रगत तातो हुन्छ ! रगत तातो हुनेको राजनीति गर्ने दिमाग पनि तातै हुन्छ ! तातो दिमाग हुनेको राजनीति कहिले पनि सफल हुँदैन ! जोस क्रातिकारिको जस्तो तर दिमाग चैँ ठण्डा राखेर राजनीति गरेको भए गिरिजा प्रसाद लाइ आज सबैले देवता समान पुज्थे ! सधै भरि क्रान्तिको बिगुल बजाउदैमा फाइदा कसै लाइ पनि हुँदैन !
स्व.गिरिजा लाइ आदर्स गुरु मान्ने हाल ने.का.को युवा पुस्तामा चर्चित युवा नेता गगन थापाको दिमाग पनि ठ्याक्कै स्व.गिरिजाकै जस्तो छ ! जोसले मात्र राजनीतिको गाडी हाकिदैन ! साम, दाम,दण्ड, भेद यी चारै नीतिमा पारङ्गत हुनु पर्छ अनि मात्र राज्नीतीमा सफल भइन्छ !
अस्ति सम्म आफ्नै पार्टीको सभापति बिरुद्ध खुलेर लाग्दै एमाओबादीको मुखिया क.प्रचण्डको गुणगान गाएर नथाक्ने र जतिखेर पनि दिमाग र बोलीमा क.प्रचण्डलाइ प्रधान मन्त्रि बनाउनु पर्छ भन्ने गगन थापा देख्नु भयो त क.प्रचण्डको असली रुप ? राजनीतिमा कोहि पनि सत्रु हुन्न र कोही पनि मित्रु हुन्न भन्ने उखान थाहा हुँदा हुँदै पनि संगठन बिस्तार गर्न जाँदा माओबादीको गढ बाट जसरि ज्यान जोगाएर फर्किनु पर्यो यस बाट क्कै पनि गगन थापाले पाठ सिकेको हुनु पर्छ ! माओबादीको असली चरित्रको बारेमा मैले यो लेखमा कोट्याई रहनु पर्ने जरुरि देख्दिन ! त्यसैले के सोध्नु हुन्छ क.प्रचण्ड लाइ ? अब न क.प्रचण्डले गल्ति भो भन्नु हुन्छ न तपाइले गल्ति भो माफ माग्नुस भन्न सक्नु हुन्छ ! हिन्दिमा उखान छ नि 'जान रहे तो लाखो पावे' भन्ने सकुसल बाचेर आउनु भयो यो नै सन्तोषको कुरा हो !
(तस्बिर: गगन थापाज्यु को फेसबुक वाल बाट साभार)

No comments: