Wednesday, May 08, 2013

कुन चैँ साशन प्रणाली ठिक ?



२००४ डिसेम्बर मा गोर्खे माईलो काम मामको खोजीमा मुग्लान (मलेसिया) नेपाला साबित्री चामल प्रति के.जी.१२/१३ थियो ! काठमाडौंको बल्खुमा मा भुराभुरी पढ्न बस्थे ! कोठा भाडा १०००/- रासन पानि लाइ ३०००/- दिन्थे ! मज्जाले पुग्थ्यो !
 (त्यो चैँ निरंकुस संबैधानिक राजाको सासन कालरे )
..  
अहिले आमा छोरी एउटा नाति केटा समेत थान पाल्न लाइ १० हजार दिंदा पनि धौ धौ भो भन्छन ! घर भाडा तिर्नु पर्दैन आफनै घर हेटौंडामा गएर बसेका छन ! काठमाण्डौ को अनुपातमा हाम्रो हेटौंडा मा रासन पानि २५/३० % सस्तो ! तिहुन तरकारी पनि त्यति महँगो पर्दैन ! अब निरंकुस संबैधानिक  राजाको सासन पनि छैन ! जनताको छोरा रास्ट्रपति, जनताकै छोरा प्रधानमन्त्री, सप्पै ठाउँमा जनताकै छोराछोरी
(यो चैँ जनताकै सासनरे )
..
अब हजुर हरु सबैलाई मेरो प्रश्न ...........छात्तिमा हात राखेर भन्नुस ता यो दुइमा कुन चैँ सासन प्रणाली ठिक रैछ ?

1 comment:

Anonymous said...

Good analysis. Keep up the good work. Poemis Kabita