Home » » सुसिल दा राजिनामा देउ !

सुसिल दा राजिनामा देउ !

Written By खांट्टी कुरा on Thursday, May 09, 2013 | May 09, 2013



एनेकपा माओबादीका अध्यक्ष क.प्रचण्ड अर्थात पुष्पकमल दाहाल !
नेपाली कांग्रेसका सभापति सुसिलदा अर्थात सुसिल कोइराला ! एमालेका अध्यक्ष क. झलनाथ खनाल ! मदेसी मोर्चाका तर्फ बाट महन्थ ठाकुर र विजय कुमार गच्छदार ! ठाकुर र गच्छेदार पनि मदेस्बादी पार्टीका अध्यक्ष नै हुन ! यी भए नेपालका चार दले पार्टीका हर्ताकर्ता अर्थात रा.प्र.पा नेपालको भाषामा सिन्डिकेटधारी पार्टी नेता र नेपाल देस अहिले इ चारदले पार्टीका नेताको अनुकम्पामा चलेको छ !
यी चारदलको नियमित बैठक कहिले बिभिन्न पार्टी कार्यालयहरुमा, कहिले प्रधानमन्त्री निवास बालुवाटारमा, कहिले प्रधानमन्त्री कार्यालय शिंहदर्बारमा कहिले पार्टीका नेताहरुको घर घरमा हुन्छ ! संबिधान सभाको अवसान पछी धेरै जसो बैठक तारे होटल तथा रिसोर्टमा हुने गरेको पाइएको छ !
समय समयमा बैठक हुनु र त्यो बैठकमा पार्टीका अध्यक्षले बैठकमा भाग लिनु कुनै नया र नौलो कुरो हैन ! पार्टी अध्यक्ष बिरामी भएको वा मुलुक बाहिर गएको अबस्थामा उक्त पार्टीका सह अध्यक्षले बैठकमा भाग लिने चलन छ ! नेपाली कांग्रेस त्यस्तो पार्टी हो जुन पार्टीमा पार्टी अध्यक्ष पछी निमन्त्रणा वा आमन्त्रणा हुने ब्यक्तिमा उक्त पार्टीका महामन्त्री कृष्ण प्रसाद सिटौला पर्दछन ! पार्टी सभापति पछी उप सभापति रामचन्द्र पौडेल र बरिस्ठ नेता शेर बहादुर देउवा हुँदाहुँदै पनि हरेक बैठकमा सिटौलाले नै महत्व पाउनुको कारण के हो ? पार्टीमा उप सभापति तथा बरिस्ट नेताको मानमर्दन किन गरिन्छ ? के सिटौला बिना सुसिल कोइरालाले कामै गर्न नसक्ने हुन ? हरेक निर्णयमा निर्णय लिने क्षमता हुँदैन भने त्यस्ता पार्टीका मुखिया हुनुको के अर्थ ? कि सुसिल कोइरालालाई नेपाली कांग्रेस पार्टीको सभापति पनि सिटौलाकै अनुकम्पा बाट प्राप्त भएको हो ?

राजनीतिक वृत्तका जानिफकार हरु बताउछन नेपाली काँग्रेस पार्टीमा कृष्ण प्रसाद सिटौला र अमरेस कुमार शिंह भारतका जासुस हुन भनेर ! यदि हैन भने हरेक बैठकमा निजहरुले महत्व पाउनुको कारण के हो ता ? सधै भरि इतिहास रचेको पार्टी भन्दैमा जनताले माया गर्दैनन ! सिटौला गृहमन्त्री हुँदा निजले नेपाल प्रहरीमा सुडान काण्डको नाउँमा मच्चाएको आतंक अहिले सम्म बरिस्ट प्रहरी तथा जनताले भुलेको छैन ! निर्णय लिने क्षमता छैन भने बुढो गोरुले गाइ ओगटेको जस्तै गरि पार्टीको सभापति जस्तो गरिमामय पद के ओगटेर बस्छौ सुसिल दा ! बरु राजिनामा दिएर युवा नेताहरुलाई स्थान खालि गरि देउ ! छ नि एक से ए युवा नेताहरु नेपाली कांग्रेस पार्टीमा ! त्यसो गार्डा पार्टीको र देसको भलाइ होला ! हैन भने कुनै दिन नेपालमा पनि नेपाली कांग्रेस नामको पार्टी थियो र भनेर पछिल्ला पुस्ताले गुगलमा सर्च गर्दै हिडलान !  
Share this article :

0 Comments:

Post a Comment

 
Support : Creating Website | Johny Template | Mas Template
Copyright © 2011. खांट्टी कुरा - All Rights Reserved
Template Created by Creating Website Published by Mas Template
Proudly powered by Blogger