(तस्बिर: जनक मान डङ्गोल) |
जसरि मन्दिर लाइ नढलोस भनेर ठाउँ ठाउँमा टेको लगाई अड्याई राखिएको छ ठ्याक्कै देशको राजनीति पनि त्यस्तै भएको छ ! आन्दोलनको नाउँमा बिदेशीको इसारामा रातारात गणतन्त्र घोषणा गर्न लगाए अझ त्यतिले पनि नपुगेर धर्म निरपेक्ष घोषणा भएको पनि जग जाहेर नै छ ! मन्दिर लाइ टेको लगाउने काठ त देश भित्रकै कुनै अमुक स्थानमा उम्रेको जंगलको रुख होला ! ढाले, चिरे र कडी बनाएर टेको लगाई दिए तर देशको राजनीति लाइ बिदेसीले टेको लगाई थामेका छन ! आफ्नो स्वार्थ बिना पक्कै पनि टेको लगाएका छैनन ! जुन दिन स्वार्थ पुरा हुन्छ त्यो दिन लगाएको टेको निकालेर लान्छन अनि त्यस पछी तासको पत्ताको हावामहल झैँ ग्वार्लाम गुर्लुम ढल्छ ! देशमा बिद्द्वान बर्ग नभएको पक्कै पनि छैन होला ! बिदेसिले टाउकोमा आएर गिर खेलेको पनि पक्कै पनि थाहा हुनु पर्दछ ! तर थाहा हुँदाहुँदै हो वा बुझ पचाएर हो देखावटीरुपमा बिरोध गर्छन ! “तँ कुटेको जस्तो गर ... म रोको जस्तो गर्छु” यो उखान लाइ चरितार्थ पारेको छन बिद्द्वान बर्गको झुण्ड भन्न मनपराउने तप्का अर्थात स्वघोषित नागरिक समाजका अगुवाहरु ! धेरैले लख काटेका छन यी स्वघोषित नागरिक समाजका बिद्द्वान भनाउंदा हरु खेतीवाल हुन ! कोहि डलरका, कोहि युरोका, कोहि पाउन्ड़का र कोहि भारतीय करेंसिका खेति गर्छन ! खेति गर्नलाई बिउ बिजन र मल चाहिन्छ त्यसैले सो प्राप्तिको लागी बिभिन्न अन्तर्राष्ट्रिय र रास्ट्रिय संघ संस्था खोलेका छन जसलाई बिदेसिको भाषामा INGO र NGO नाम दिइएको छ ! २०४६ सालको कथित जनआन्दोलनको प्रादुर्भाव पछी च्याउ सरि उम्रेका यस्ता संघ र संस्थाले देसमा के कति बिकास गरेको छ त्यो त सबै नेपालीले देखेको र भोगेकै हो नि ! यस्तैको खेति गर्न नपाउनेको झुण्ड र खेति गर भनेर हौस्यौनेको झुण्डले नै देसमा २०४६ साल लेराको हैन भनेर कसले भन्न सक्छ ! कतिन्जेल सम्म अर्काको टेको रुपी बैसाखीमा देशलाई अड्याउने हो त्यो अब सबैले सोच्ने बेला भएको छ ! होस गर नेपाली जनता हो देस अर्ध सिक्किम भै सकेको छ ! सधै टेको लगाएर देशलाई अड्याउन सकिदैन ! त्यसैले बेलैमा सचेत भएनौ भने पुस्ता दर पुस्ताले सराप्ला !
हिन्दुस्थान लाइ एकीकरण गरेको अंग्रेजले हो बदलामा देसै खाइ दियो र स्वतन्त्र हुन कति संघर्ष गर्नु पर्यो र कतिले प्राणको आहुति दीनु पर्यो त्यो इतिहासमा लेखि सकिएको छ ! हाम्रो देस लाइ एकिकरण बिदेसिले गरेको हैन र अहिले सम्म हाम्रो देश कसैको गुलाम पनि हुनु परेको छैन ! यदि यस्तै पारामा देस चल्दै गयो भने त्यो दिन टाढा छैन नेपाल पनि अर्ध भुटान वा सिक्किम पक्कै हुन्छ ! त्यहि गर्न लाइ बिदेसिले नेपालको राजनीतिलाई टेको दिएका हुन ! उठौ जागौ अब नेपालीहरु हो बिदेसी प्रभुको इसारामा नाच्ने पार्टी र तिनका नेतालाई बहिस्कार गरेउ भने हाम्रो देशलाई कसैले पनि टेको दिनु पर्दैन ! हाम्रो देस हामि आफै ठड्याउन सक्छौ ! बेलैमा सबैलाई चेतना होस ! जय देस, जय नेपाल !
0 Comments:
Post a Comment