Home » » क.प्रचण्डको बिदेस भ्रमण !

क.प्रचण्डको बिदेस भ्रमण !

Written By खांट्टी कुरा on Saturday, April 27, 2013 | April 27, 2013



ए.माओबादिका अध्यक्ष क.प्रचण्ड अर्थात पुष्पकमल
(तस्बिर: फेसबुक वाल बाट साभार)
दाहाल छ दिबसिय चिन भ्रमण मा गए ! फर्केर आए ! त्याहा रास्ट्रको हितमा के के कुराकानी भो अहिले सम्म कसैले थाहा पत्तो पाएका छैन भने पररास्ट्र मन्त्रालयले समेत त्यो भ्रमण लाइ  आधिकारिक पुस्ट्याइ दिएको छैन !

६ दिनको अन्तरालमा क.प्रचण्ड भारतको भ्रमणको लागि उडे ! किन गए के को लागि गए त्यो भ्रमण गर्ने लाइ नै थाहा होला ! तर पररास्ट्र मन्त्रालयले न अघिल्लो पटकको चिन भ्रमण लाइ पुस्ट्याइ गर्यो न यो पटकको भारत भ्रमण लाइ नै ! नेपालको नेताहरु बिदेस भ्रमण मा जानु कुनै नयाँ र नौलो कुरा हैन !
व्यक्तिगत भ्रमणलाइ जब आधिकारिक मान्यतानै छैन भने भ्रमणमा गएका व्यक्तिले गएर को को संग भेट गरे ? देस हितको बिषयमा के के कुरा गरे त्यसले खास कुनै अर्थ राख्दैन ! जब अर्थ नै राख्दैन भने ए.माओबादिका अध्यक्ष क.प्रचण्ड को भारत भ्रमणको बिषयलाई लिएर कोकोहोलो मच्चाउनुको के नै अर्थ नै छ र ? पत्रिका बिकाउनु लाइ समाचार चाहिन्छ भने पार्टीका अध्यक्षले बिदेस भ्रमण गरे त्यो समाचारको हेडलाइन बन्यो ! अहिले यतिखेर नेपालमा तल्लो तह गा.बि.स.देखि केन्द्र सम्म रास्ट्र सेवकले सरकार चलाको छ भने पार्टीका नेताको बिदेस भ्रमणको के नै अर्थ रहन्छ ? क.प्रचण्ड भारत भ्रमणमा जाउँन वा सोहि पार्टीका अर्का उपाध्यक्ष डा.भटराई अस्ट्रेलिया भ्रमणमा जाउन त्यो उहाँहरुको निजि नितान्त व्यक्तिगत भ्रमण हो ! त्यसैले यस्ता निजि भ्रमणलाई महत्व दिएर अखबार वा अनलाइन पत्रिका लाइ गर्माउनु भनेको पत्रिकाको अखबारी मसला मात्र हो ! सबैलाई चेतना भया !
Share this article :

0 Comments:

Post a Comment

 
Support : Creating Website | Johny Template | Mas Template
Copyright © 2011. खांट्टी कुरा - All Rights Reserved
Template Created by Creating Website Published by Mas Template
Proudly powered by Blogger