Thursday, April 11, 2013

चुनाव हुन्छ कि हुँदैन ?



गाउँकी एक जना डिग्री पास गरेकी छोरी चेलीले सोधिन मलाइ 'अंकल यो पाली चुनाव हुन्छ कि हुँदैन ? हजुर लाइ कस्तो लाग्छ ? प्रश्न सुनेर एक छिन गम खाए ! सबै लाइ थाहा छ अहिले सम्म चुनावको मिति तोकिएको छैन ! बैसाख लाग्न अब केहि दिन मात्र बाकि छ ! जेस्ठमा चुनाव कुनै पनि हालतमा हुन्छ र गर्नु पर्छ भनेर पुर्व प्रधान मन्त्रि डा.बाबुराम भटराई देखि निजकै पार्टी एमाओबादीका अध्यक्ष प्रचण्ड देखि अरु ठुला पार्टीका नेता भनिने ने.का.को सुसिल कोइराला, एमालेको झलनाथ खनाल समेत
केहि महिना अघि सम्म कुर्लंदै थिए ! तर छेपारोले समय अनुसार रंग फेरे जस्तै अहिले प्राबिधिक कारणले नभए पनि मंगसिर सम्ममा जसरि भए पनि निर्वाचन गराउनु पर्छ ! यदि त्यसो नभय ठुलो बिडम्बना भोग्नु पर्छ भन्दै 'अर्थ न बर्थ गोबिन्द गाइ' जस्ता वाक्य लाजै नमानी रट्दै हिडेका छन !
जब देसका ठुला पार्टीका नेताहरुले नै चुनाव हुन्छ भनेर कुनै ग्यारेन्टी दिन सकेका छैनन भने म एक साधारण नागरिकले चुनाव हुन्छ भनेर ति छोरी चेलीलाइ कसरि ग्यारेन्टीका साथ भन्न र दिन सक्छु ? ठुला पार्टी/दलका नेताहरु चुनाव चाहन्छ वा चाहदैनन त्यो तिनै दलका नेताहरुलाई समेत अहिले सम्म अत्तो पत्तो छैन !
धेरै बेरको तर्कना पछी मैले भने हेर नानि यो चुनाव हुन्छ कि हुन्न भन्ने कुरा हाम्रा लोकतान्त्रिक गणतन्त्रे महान नेताज्यूहरु लाइ समेत अहिले सम्म अत्तो पत्तो छैन ! यदि २०७० सालको यो महिनाको यति गते चुनाव पक्का हुन्छ भन्न सक्ने भाको भय तिमीले मलाइ प्रश्न सोध्न पर्ने कुनै जरुरि नै थिएन भने मैले कसरि चुनाव हुन्छ वा हुँदैन भन्न सक्छु ? 
..
(क्राइम चेक साप्ताहिकको मिति २०६९ चैत्र २९ गते बिहीबारको अंकमा प्रकासित)  

No comments: