Home » » किन हराउछन गाउँ घरबाट नेपाली चेलीहरु ?

किन हराउछन गाउँ घरबाट नेपाली चेलीहरु ?

Written By खांट्टी कुरा on Thursday, April 11, 2013 | April 11, 2013

ए सुन्तली कति गाउँघरमा मेलापात पर्म गरेर हाड छाला खियाउछस ! हेर त तल्लाघरे साइली, माझ्घरे काइली बिदेस गाको ! त पनि जाने भए भन है ! एक पैसा लाग्दैन सप्पै सित्तैमा ! पछी हाम्लाई पनि भनेन भनेर रिसाउन पाउदिनस ! दलालले गाउ घरका सोझा साझा अविवाहित/विवाहिता महिला लाइ दिने जालझेल लोभ लालच ! यस्ता बिज्ञापन हिजोआज रेडियो एफ.एममा खुब घन्किने गरेको पाइन्छ !

नमस्ते सर ! ३ दिन देखि मेरी छोरी बेपत्ता भयो ! सारा संसार खोज्दा पनि पत्ता लागेन हजुर ! लौ न हजुर खोजतलास गरि दिनु पर्यो भन्दै हराउनेका अभिभावक को प्रहरीलाई अनुरोध ! देसभरि यस्ता अनुरोध धेरै प्रहरी कार्यालयमा आउने गरेको उजुरी तथा विवरण प्रहरीले समय समयमा दिने गरेको सुचनामुलक कार्यक्रम मा पाइएको छ !
नेपालमा २०४६ साल भन्दा अगाडी सम्म गाउँ घरमा पासपोर्ट त परै जावस नागरिकता समेत बनाउनु पर्छ भन्ने कुरा थाहै थिएन ! नागरिकता नै नभए भए पछी पासपोर्ट बन्ने कुरै भएन ! बिजुली बत्तिको झिलिमिली सहर देखाई दिन्छु भन्दै दलालहरुले गाउँघरको सोझासाझी चेलीहरु लाइ नक्कली बिवाह गरि तराइको खुल्ला सिमानाको फाइदा उठाउँदै भारतको विभिन्न ठुला सहरहरुमा लगेर बिक्रि गर्ने गर्दथे ! अझ सिन्धुपाल्चोक, काभ्रे, नुवाकोट जस्ता पहाडी जिल्लाको बिकट गाउँमा त अभिभावक समेतको मन्जुरीमा लैजाने गरेको विभिन्न समयमा गरिएको सर्बेक्षणमा पाइएको छ ! ति मध्य कतिपय बेस्यालयमा हुने यातना भोग्न नसकेर भागेर वा कुनै सहृदयी को सहयोगमा नेपाल फर्किन सफल भै प्रहरीमा उजुर बाजुर गरि बेच्ने दलाल लाइ पक्राउ गर्न तथा गराउन सहयोग गर्दथे !
२०४६ सालको परिवर्तनले देस बाट बिदेसमा काम गर्न जानेको संख्यामा बिस्तारै बढ्दै जान थाले ! २०५२ सालमा ने.क.पा.माओबादीको कथित जनयुद्धले देसमा स्थापना भएको सबै उधोग धन्दा नरामररी प्रभावित हुनुको साथसाथै गाउँ घरका युवायुवती आफ्नो ज्यु ज्यानको रक्षाको लागि गाउँ बाट सहर पस्ने र बिदेस जाने क्रममा तिब्रता आउन थाल्यो ! यस्तै मौकाको फाइदा उठाउँदै मानव बेचबिखनका दलाल हरुले विभिन्न सपना देखाउंदैगाउँका सोझा सिधा युवतीहरुलाइ ललाई फकाई भारतको बाटो हुँदै खाडी मुलुकहरुमा पठाउने गर्न थाले ! जुन क्रम आज सम्म रोकिएको छैन ! चेली हराउनुको मुख्य कारणमा यो पनि पर्दछ भने सहरका आधुनिक युवती समेत छिट्टै धनि हुने र आधुनिक भोग विलासमा डुब्ने चाहनाले घरका अभिभाकहरु लाइ थाहा पत्तै नदिई अर्काको लहलहैमा बिदेस जाने गरेको देखिन्छ !
आफ्नो देसको नागरिक को गाँस, बास, कपास, औषधि, शिक्षा, रोजगार तथा सुरक्षाको जिम्मा तथा ग्यारेन्टी लिने काम भनेको देसको निर्वाचित सरकारको प्रमुख दायित्व भित्र पर्दछ ! संसारमा धेरै देसले यस्ता काम कार्यहरु कडाइका साथ् पालना गरेको छ ! तर हाम्रो देस नेपालमा भने ठिक उल्टो छ ! आफ्नै देसमा गाँस, बास, कपास, औषधि, शिक्षा, रोजगार तथा सुरक्षाको जिम्मा भएको भए किन जान्थे बिदेसमा रोजगारको लागि ? २०४६ साल देखि देसमा कुनै पनि राजनीतिक पार्टीले स्थिर सरकार चलाउन सकेका छैनन ! देसको आर्थिक अवस्था चौपट छ ! जुन देसको आर्हिक अबस्था भताभुंग छ भने त्यो देसमा बिकास निर्माण कसरि हुन्छ ? उधोग धन्दा कसरि फस्टाउँछ ? राजनीतिक पार्टीका नेताहरुले जनताहरु लाइ केवल आ-आफ्नो पार्टीका भोट बैंक मात्र ठानेका छन ! चुनावमा १ चोटि गाउँमा आयो, खोक्रा आस्वासन दियो तर चुनाव जिते पछी गाउँमा पाइला टेक्दैनन ! आ आफ्ना पार्टीका आसेपासे लाइ काखी च्याप्नु बाहेक अरु केहि गर्दैनन ! जब देसमा गाँस, बास, कपास, औषधि, शिक्षा, रोजगार तथा सुरक्षाको जिम्मा तथा ग्यारेन्टीको हुँदैन मानव बेच बिखनका दलालहरुले अनेक जालझेल, लोभ लालच देखाएर चेलीहरु लाइ रोजगारको नाउँमा बेचबिखन गर्ने काम कार्य कदापि रोकिन सक्दैन ! त्यसैले बिभिन्न अन्तराष्ट्रिय मुलुकले खोलेका गैर सहकारी संस्था तथा सरकारले समेत गरेको जन चेतनामुलक शिक्षा तथा कार्यक्रमको के फाइदा ! भोको पेट तथा नाङ्गो ज्यानलाई अर्ति दिएर के काम ? त्यसैले यतिखेर देसमा यस्ता चेतनामुलक कार्यक्रम भन्दा पनि गाँस, बास, कपास, औषधि, शिक्षा, रोजगार तथा सुरक्षाको अति खाँचो छ !
..
(क्राइम चेक साप्ताहिक मिति २०६९ चैत्र २९ गते बिहिबारको अंकमा प्रकाशित) 
Share this article :

0 Comments:

Post a Comment

 
Support : Creating Website | Johny Template | Mas Template
Copyright © 2011. खांट्टी कुरा - All Rights Reserved
Template Created by Creating Website Published by Mas Template
Proudly powered by Blogger