एउटा कुरा भनम है हजुर लाइ .. लाडे परेर श्रीमतीजी ले भन्न नपाउंदै मैले प्याच्च भने त्यै नाथे पहेले धातुको भाउ ओरालो लाग्या भन्न खोज्या हैन तिमीले ! श्रीमतीले भनिन हेर्नुस हजुर अहिलेको सरकार त सारै लक्षिणको रैछनि ! नयाँ सरकारले गर्दा 'आम्मामा सगरमाथा टुप्पा पुग्या त्यो सुनको भाउ कसरि घट्यो' ! बरु हामि पनि येसो २/४ धार्नी लिएर राख्न पाए ... आहाहा .. क्या गजब हुन्थ्योनि !
नया सरकारले हैन आर्थिक मन्दीले गर्दा सुनको भाउ खस्या भनेर हे प्रभु कसरि सम्झाउ ..कसरि बुझाउ ... ससुराको छोरीलाई ! तोला..ग्राम..किलो हैन धार्नीको कुरापो गर्छे बा ! डिजिटलको युगमा धार्नीको कुरा त्यै पनि सुन किन्न लाइ ! तोरीको फुल देखाई दिम भने सारा नारिहरु उर्लेर 'महिला माथि अन्याय गर्ने ... महिला को हक अधिकार माथि हस्तक्षेप, महिला माथि सोषण, भेदभाव आदि इत्यादि भन्दै खोरा लगेर जाक्लान भन्ने डर ! यो सुनको भाउ खसाल्ने जो सुकै लाइ पनि मैले चैँ पेटभरी सरापेर बस्याछु ! थुक्क जोइ पोइको पिरतीमा भाँजो हाल्ने मुलाको सागहरु !

0 Comments:
Post a Comment