Home » » हामि पनि हुईकिउ बुइनी साझा बसैमा !

हामि पनि हुईकिउ बुइनी साझा बसैमा !

Written By खांट्टी कुरा on Thursday, April 18, 2013 | April 18, 2013

जापानी 'इसुजु" कम्पनीको निला रंगको साझा बस ! ढोकामा लक्कु सुका, मोहोर तथा डबली पैसा अनि कागजी नोट औलाको कापमा कोचरेर टिकट काट्दै हिड्ने कन्डक्टर देख्दा हिजो झैँ लाग्छ ! खै कसको लागि गरेको हो आन्दोलन ! जिन्दाबाद र मुर्दाबाद्को पहिलो सिकार बन्ने त्यो निला रंग धारी साझा बस डेमोक्रेसी भनिने बहुदल अर्थात प्रजातन्त्रले बिस्तारै बिस्तारै कप्लाक्क बनायो ! साझा मात्रै होइन औलामा गनेर नसकिने देसका उधोग धन्दा स्वाहा
भएका छन ! आज कतिपय उधोगमा खारेजीको साइन बोड झुण्ड्याएर राखिएको छ !
झन्डै झन्डै त्यस्तै खारेजीको सुचिमा परेको साझा बस अहिले अत्याधुनिक प्रविधिले सजिएर हरियो रंगमा साझा बसको प्रधान कार्यालयम भित्रि सकेको छ ! नया बर्षको शुभारम्भ संगै समुद्घघाटन हुन लागेको त्यो नयाँ साझा बसको निलो रंग लाइ परिवर्तन गरेर हरियो बनाये जस्तै संचालक समितिको मन पनि सदा सर्बदा हरियै रहुन ! साझा बसमा बर्ड फ्लु जस्तै भाइरस नपसोस ! सदा उन्नतिको पथमा लम्कियोस ! यहि नै हाम्रो शुभकामना !
..
 मिति २०७०/बैसाख ०४ गतेको क्राइम चेक साप्ताहिकमा प्रकासित !
Share this article :

0 Comments:

Post a Comment

 
Support : Creating Website | Johny Template | Mas Template
Copyright © 2011. खांट्टी कुरा - All Rights Reserved
Template Created by Creating Website Published by Mas Template
Proudly powered by Blogger