भनिन्छ कुनै कुनै मान्छेलाई औला दिंदा डुडुल्नो नै निल्छरे
त्यस्तै भयो सिक्किमको राजदरबारमा पनि ! नपत्याए पत्रकार युवराज गौतम पूर्व प्रधानसम्पादक
'गोरखापत्र' दैनिकको यो आलेख लाइ
हेर्नुहोस !
"आफैले धर्मपुत्र बनाएर हुर्काएको बालकले सिक्किमको
राजसंस्था समाप्त पार्ला र राजगद्दीमा आगो लगाइदेला भनेर राजाले
सोचेका थिएनन् । कालान्तरमा लेण्डुप दोर्जेको
नाममा त्यही बालक
राष्ट्रघाती भएर निस्कियो । सन् १९४५ मा उसले
सिक्किम प्रजा मण्डल नामको संगठन बनायो र १९५३ मा सिक्किम स्टेटकंग्रेस गठन गर्यो ।
त्यतिबेला पनि उ राजासँग त्यति टाढिएको थिएन । दरबारकै पैसाले राजनीति गरिरहेको थियो । तर जब उ भारतको
प्रियपात्र बन्यो, त्यसपछि राजसंस्था विरुद्ध जाइलाग्न थाल्यो । दिल्लीकै उक्साहटमा
उसले राजसंस्था मात्र हटाएन, सिक्किमलाई नै भारतको
अंग बनाएर भारतमा विलय गरायो ।"
- युवराज गौतम,
पूर्वप्रधानसम्पादक 'गोरखापत्र' दैनिक
सिक्किम रास्ट्रका पुर्व काजी तथा पछी भारतमा गाभिएको
सिक्किम राज्यको पहिलो मुख्य मन्त्रि लेन्डुप दोर्जीले जुन देशमा आफु जन्मियो,
हुर्कियो त्यहि देशलाई पद, धन र मान सम्मानको क्षणिक लोभमा छिमेकी देश भारतलाइ नै
बुझाइ दिए ! देस भनेको जननी हो अर्थात आमा ! आफ्नै आमालाई समेत बिदेसीको हातमा
सुम्पिने लेन्डुप दोर्जी जीवनको अन्तिम घडीमा सिक्किममा बस्न सकेनन र भारतकै
दार्जिलिंग जिल्लाको कालिम्पोङमा बसाइ सर्नु पर्यो ! सत्ता र सक्ति सधै भरि
एकनाससंग साथमा कहिले पनि हुदैन ! जीवनको अन्तिम अबस्थामा चारैतिरबाट देसद्रोही,
रास्ट्रघातीको कटाक्ष सहन नसकेर बाध्य भएर छिमेकी राज्यमा पलाएन भाको यी लेन्डुप
दोर्जीले जीवनको अन्तिम क्षेणमा कोहि कसैलाई मुख देखाउन सकेनन ! देखाउन पनि कसरि !
नेपाली कांग्रेसको हठी नेता स्व गिरिजा प्रसादले पनि यहि
नीति अंगालेका थिए ! तिनका दाज्यु जननेता बि.पी. र तिनमा आकास जमिनको फरक थियो !
दाज्युका समकालीन २ नेता गणेस मान र कृष्ण प्रसाद भटराईलाइ पार्टीमा टिक्न खान
दिएनन ! हिजोको माहा दुश्मन तथा पंचायतकालमा समेत डुंगडुंग गन्हाएका भ्रस्टहरुलाई
छानीछानी पार्टीमा हुले ! महान त्यागि नेताहरु जति पाखा लगाइए ! प्रजातन्त्र
स्थापनाको छोटो अवधिमा नै गिरिजाको क्रियाकलाप बाट वाक्क भएर “नेपाली कांग्रेस
पार्टीमा अत्याधिक बाहुनबाद हावी भयो” भन्दै पार्टीनै परित्याग गरे ! त्यहि हालत
सन्त नेता कृष्ण प्रसाद भटराईको पनि भयो !
जसरि लेन्डुप दोर्जी भारत भक्त थिए गिरिजा पनि तही हुन पुगे
! हालको माओबादी नेता प्रचण्ड तथा बाबुरामहरुको भनाइलाइ आधार मानेर हेर्ने हो भने
नेपालमा माओबादीको जनयुद्ध पनि तिनैले नै भित्र्याएको हैन भन्न सकिन्न ! प्रचण्ड
तथा बाबुराम त पात्र मात्र हुन ! लेन्डुपले गोप्य चिठि लेखेर जसरि भारतीय फौजलाई
सिक्किम दरबारमा हुले त्यसै गरि गिरिजाले पनि माओबादीको सेनालाई उपत्यका हान्नलाइ
आमन्त्रण गरेका थिए भनेर सेनाको १ जना अवकास प्राप्त जर्नेलले व्यक्त गरेको
कुराबाट पुस्टि हुन्छ ! माओबादीको जन सेना नाम मात्रको नेपाली हो र त्यसलाई
हातहतियार गोला बारुद सबै भारतले उपलब्ध गराएको हो भन्नेमा कुनै दुइमत छैन !
हिजो भारतले सिक्किमका लेन्डुपलाइ रास्ट्रपति बनाउछु भनेर
ललिपप देखाको थियो ! स्वतन्त्र देसको रास्ट्रप्रमुख लाइ रास्ट्रपति भनिन्छ भने
देशको कुनै एउटा राज्यको प्रमुख लाइ मुख्य मन्त्रि भनिन्छ ! लेन्डुपले
रास्ट्रपतिको लोभमा आफ्नै देशमा भारतीय फौज हुलेर राजतन्त्र हटाए तर कपटी भारतले किन
दिन्थ्यो र रास्ट्रपति ! खाए खा नखाए घिच भनेझैँ आखिरमा लेन्डुपले मुख्य मन्त्रीमा
चित्त बुझाउनु पर्यो ! गिरिजाले पनि त्यहि लोभमा सदियौ पुरानो राजसंस्था हटाउन लाइ
ठुलो षडयन्त्र गर्यो र राजसंस्था हटाइ छाड्यो तर गिरिजालाइ रास्ट्रपति बन्न दिएनन ! आखिरमा मर्ने बेलामा न
घर न घाटको भए ! अहिले प्रचण्ड बाबुरामलाइ फेरी लेन्डुप बनाउन लाग्दैछ ! फरक यत्ति
हो आज भन्दा ६० बर्षको स्थिति छैन ! प्रचण्डले सिमा विवाद लाइ जनमत संग्रह भन्दैमा
त्यो हुनेवाला पनि छैन ! भारतले जति सुकै जोर गरे पनि नेपाल खान सक्दैन किनभने
नेपालको उत्तर तिर अर्कै ठुलो ढाल बनेर बिसाल चिन उभिएको छ ! हिजो सिक्किममा
लेन्डुप दोर्जी पतन भो ! नेपालमा गिरिजा पतन भो ! दिल्ली दरबारमा गएर लेन्डुप बन्न
पाउ भन्ने एमालेका केहि नेता हरुको कारणले गर्दा
एमाले पनि पतनको दिसामा अग्रसर हुदैछ ! नेपाली कांग्रेसमा नव लेन्डुप त झन्
गनी साध्य छैन ! हो यस्तै यस्तै देसद्रोही हरुको कारणले गर्दा शान्त नेपाल असान्त
भएको हो ! जब सम्म यस्ता नेपाली लेन्डुप दोर्जी हरु नेपालमा रहन्छन देसले कुनै नया
राजनीतिक निकास पाउदैन ! जब देशको राजनीति अस्थिर छ, नेताहरु भ्रस्ट छ भने त्यो
देसले कसरि काचुलि फेर्न सक्छ ? जबसम्म यी भ्रस्ट पार्टीका नेताहरुलाई गाउ समाज
सबै तह बाट जनताले बहिसार गर्न सक्दैन तब सम्म देसले कुनै राजनीतिक निकास र बिकासको
फड्को मार्न सक्दैन ! त्यसैले हे बीर नेपालीहरु हो हातमा हात र कुममा कुम मिलाएर
सबै भ्रस्ट पार्टीका नेताहरुलाई बहिस्कार गरौ !
अस्तु :
मिति २०६९ फाल्गुन १७ गते क्राइम चेकमा प्रकासित !
No comments:
Post a Comment