Wednesday, February 27, 2013

सामन्तीको परिभाषा !

‘सामन्ती’ यो थेगो लालबहादुर (कम्युनिस्ट) हरुको पेवा जस्तै भै सकेको छ ! बाजेको पालामा सत्तासिन राणाका बुहारीले गर्भधारण गर्ना साथ गर्भेमा हुर्केका बालकले ‘जर्नेल’ को पद पाये जस्तै लालबहादुर र तिनका साखा सन्तान ले पनि यो ‘सामन्ती’ भन्ने दर्जा निर्धक्क संग प्रयोग गर्न पाएका छन ! हिजोको जमानामा लालबहादुरहरुले सयौ बिगाहा जग्गा जमिन, हली, कमैया, नोकर चाकर राख्न सक्ने हैसियत भाको लाइ सामन्ती र अत्याचारी भन्थे तर यो आधुनिक जमानामा त्यसको ठिक बिपरित छ ! अहिलेको जमानामा टोपी खस्ने अत्याधुनिक बंगला, घटीमा पजेरो देखि प्राडो र बिदेसी ब्याङ्कमा युरो डलर कुस्त जम्मा गर्ने गरेका लाइ सामन्ती भनिदैन तर जसले सामन्तवादको बिरोध गर्छन तिनलाई चैँ सामन्ती भनिन्छ ! किनभने हिजो सामन्ती भन्ने गरेकाहरु आज हिजोका ति सामन्ती भन्दा पनि हजार गुणा धनि भाका छन ! बाठा छन यी नया
आधुनिक सामन्तीहरु ! सामन्ती भन्ला भनेर बिगाहा का बिगाहा जग्गा जमिन किन्दैनन, जग्गा जमिन नभए पछी हली कमैया हुने कुरै भएन ! लोकलाई देखाउन नोकर चाकर राख्दैनन किनभने साम्यवादी सिद्धान्तमा अर्कालाई नोकर चाकर राख्न पाउदैन तर पार्टीले खटाएको लाल सेनालाई खेत बारी जोत्ने होस या कोल्मा पेलिने होस तिनलाई ति गोरुहरु जस्तै जोत्न र पेल्न चैँ पाइन्छ किनभने यो पार्टीको आदेस हो ! हुकुमको तामेली गर्या भे पो सामन्ती भन्नु ! पार्टीको आदेसको पालना गर्ने लाइ कसरि सामन्ती भन्न पाइन्छ ?        

No comments: