![]() |
| (श्री मदन कृष्ण श्रेष्ठ तथा श्री हरिबंश आचार्य) |
मैले २०३५/३६ साल देखिनै ‘मह’ अर्थात मदन कृष्ण
श्रेष्ठ तथा हरिबंश आचार्य द्वारा तयार पारिएको अधिकांस प्रहर्सन तथा नाटकको
श्रब्य क्यासेट तथा श्रब्य दृश्य टलिभिजन तथा कुनै कुनै प्रहसन प्रत्यक्ष समेत सुन्न
तथा हेर्न पाएको छु ! उहाहरु दुवै जना पहिले देखि हालको मिति सम्ममा नेपाली जनताको
मन तथा मस्तिकमा बसिसकेको आदरणीय व्यक्तित्व हुनुहुन्छ यसमा कुनै संका छैन र दुइ
मत हुन पनि सक्दैन ! २०४६ सालको जन-आन्दोलन पश्चात कुनै एक समयमा ने.क.पा.एमालेको लोकप्रिय नेता स्व.मदन
भण्डारीले समेत
हामीले बर्षौ सम्म भूमिगतरुपमा जनतालाई सम्झाउन नसकेको तथा बुझाउन नसकेको कुरालाई
तपाइँ हरु दुइजनाले छिनभरमै सम्झाई दिनु हुन्छ भनेर मदन कृष्ण श्रेष्ठ तथा
हरिबंश आचार्य ज्युहरुको ठुलो प्रसंसा गर्नु भएको थियो !
हिजो पंचायत कालमा उहाहरु दुवै
जनाको एउटा खुट्टा बाहिर र अर्को खुट्टा पुलिस क्लबमा हुन्थ्यो तर ब्यापक बिरोधको वाबजुद त्यतिखेरको प्रशासनले
उहाहरु दुबैलाई तारेखमा छाड्नु बाध्य हुनु पर्थ्यो ! सरल तथा सबैले बुझ्ने नेपाली
भाषामा उहाहरुले पंचायती सासकले गरेको अन्याय र अत्याचारलाई जनता सामु ‘नाटक’ तथा ‘प्रहसन’को
माध्यम बाट देखाउनु हुन्थ्यो सुनाउनु हुन्थ्यो ! उहाहरु जस्ता ससक्त र जुझारु
कलाकार आज सम्म नेपालमा जन्मेको छैन र जन्मदा पनि जन्मिदैन !
२०४६ सालमा प्रजातन्त्र आए पश्चात पनि उहाहरुले प्रजातन्त्रको बिकृतिको बारेमा
जनतालाई चेतना दिने काम लाइ रोक्नु भाको थिएन तर २०६२/६३
को आन्दोलन ले नेपालमा सदियौ पुरानो राजतन्त्र फालेर रातारात धर्म
निरपेक्ष तथा गणतन्त्र घोषणा भयो
अथवा गराइयो ! त्यो किन र कसरि भयो कि नेपालको राजनेताहरु लाइ थाहा होला अथवा दैब
नै जानुन ! धर्म निरपेक्ष तथा गणतन्त्र जनताको चाहना थिएन ! हिजो जुन साहस देखाएर
उहाहरुले पंचायती सासकको खोइरो खन्नु हुन्थ्यो
त्यो प्रजातन्त्र पस्चात केहि कम भो तर अहिले उहाहरुले नया गणतान्त्रिक व्यबस्थाको
खोइरो खन्नु हुन्न ! उहाहरु नागरिक समाजमा पनि आबद्ध हुनुहुन्छ ! नागरिक समाज
भनेको राजनीति गर्ने हरुले गलत हर्कत गर्न लाग्यो भने त्यसलाई खबरदारी गरेर सहि
बाटोमा हिडाउनु हो कि हैन ? यदि हो भने हिजो जसरि पंचायती
सासकको बिरुद्द अरिंगालको गोला बनेर खनिनु हुन्थ्यो आज किन खनिनु हुन्न ? पंचायती
सासकको बीरोध गरेर उहाहरुले नाम, दाम र देस बिदेस सबैमा राम्रो प्रतिष्ठा कमाउनु
भाको छ ! हुन त मान्छे उमेर ढल्किदै गए पछी केहि सिथिल हुन्छ भन्छन तर उहाहरु दुवै
त्यो स्थितिमा अझै पुगी सक्नु भाको छैन ! देस आज जटिल स्थितिमा पुगेको छ ! हिजो
जसरि माझि बनेर डुंगालाइ सागर बाट किनारा लगाउनु हुन्थ्यो ! आज डुंगा सागरको बिच
धारमा पुगेर ढलपल गर्दै बसेको छ ! उहाहरु दुवै जना यतिखेर सागरको बिचमा रहेको त्यो
ढलपल गर्दै अडेको डुंगालाइ खियाउने जाँगर गर्नु हुन्न ! पंचायती ब्यबस्था र सासकको जसरि दोहोलो काढ्नु
भयो अहिलेको गणतन्त्रे सासकको दोहोलो किन
काढ्नु हुन्न ? के नाम र दाम कमाउनको लागि मात्रै हिजो पंचायती सासकको बिरोध गर्नु भाको हो र ? सागरको मझधारमा
डुंगालाइ पुर्याएर चुपचाप संग गालामा हात राखेर टुलुटुलु हेरेर बस्न मिल्छ ? आंधी
आयो भने त त्यो डुंगा सगै तपाइँ हरु पनि डुब्नु हुन्छ कि डुब्नु हुन्न ? यो नै
आजको यक्ष प्रस्न ‘मह’ अर्थात श्रीमदन कृष्ण श्रेष्ठ तथा श्रीहरिबंस आचार्यज्यु हरु लाइ !
तस्बिर श्रोत : श्री हरिबंश आचार्यज्युको फेसबुक बाट !

No comments:
Post a Comment