Home » » २३ बर्ष भनेको त धेरै लामो समय हो !

२३ बर्ष भनेको त धेरै लामो समय हो !

Written By खांट्टी कुरा on Tuesday, February 12, 2013 | February 12, 2013

बिहान ८ बजे डिउटी सकेर कोठामा फर्किंदा नजिकैको किराना पसलमा १ खिल्ली चुरोट किनेर खाने बानि थियो मेरो ! खिल्ली किन्दा महँगो पर्छ तर तलतललाइ किन मनले मान्थ्यो र ! याहा मलेसियामा चुरोट खुल्ला बिक्रि गर्न दिदैन ! पकेट नै किन्नु पर्छ ! त्यसो गर्नुको कारण बच्चाहरुले चुरोट पिउने भएकोले त्यसलाइ नियन्त्रण गर्नको लागि हो भन्छन तर पनि चुरोट हैन पाए इन्जेक्सन नै लाउछन ! मैले चुरोट किन्ने पसलमा पुलिस नच्चिने गरि सादा पोसाकमा आएर १ खिल्ली चुरोट मागेछ ! चुरोट दिना साथ् झ्याप्प समातेर १००० रिंगेट अर्थात नेपाली २७,५०००/-
जरिवानामा परिगो  ! सदाझै मलाइ देख्ने बित्तिकै परे बाट ‘ता जुवाल’ (बेच्दिन भनेको) पो भन्छ ! सोध्दा मरी गयेनी बोलेन ! पछाडी पट्टि दाइचैँने को पसलमा गएर किने ! पछी उ पनि परेछ पुलिसको फन्दामा !
मलेसियाको पुलिस देख्दा नेपालको पंचायती पुलिसको झल्को आउछ ! जतिसुकै सक्तिसाली पदका किन नहुन अपराध गरेर न्यायालयको पुर्जी जारि हुना साथ भाले होस् कि पोथी अम्रिकाने स्टिलको चुरा ठोकी हाल्छन ! पटके चोर तथा खुंखार अपराधी लाइ हात पछाडी पारेर हत्कडी लगाई हाल्छन ! पुलिस लाइ अत्याधिक सक्ति दिएको छ ! बिना पुलिसको सिफारिस बिना याहा मलेसियामा पत्ता पनि हल्लिन ! ठुला राजमार्गमा पुलिसको झल्को पनि पाउनु हुन्न ! सिंगापुरको सिमाना देखि मलेसियाको राजधानी कुवालालाम्पुरको व्यस्त राजमार्गमा नेपालमा जस्तो पाइला पाइलमा पुलिस चेक पोस्ट भेटिदैन ! नगरपालिका होस् वा जिल्ला बिकास कसैले पनि ढाट राखेर पैसा उठाउन पाउदैन ! राजमार्गमा धाट देख्यो भने सडक दस्तुरी उठाउनेको हो भनेर बुझ्नु पर्छ !
बिकास बिकास भन्छन ! अंग्रेजले क्वाप्प खाको देसहरु स्वतन्त्र भै सके पछी आज काहा बाट काहा पुगी सक्यो तर हिन्दुस्थानको हावाले भेट्टाको जति पनि देश छ तिनीहरु आज पनि जस्ताको तस्तै छ ! नेपाल, बंगलादेस, भुटान, पाकिस्थान, श्रीलंका, माल्दिभ्स यी सबै सिमसिमे राजाको पाला जे थियो आज पनि त्यहि छ त्यस्तै छ ! लाखौ बिदेसी लाइ काम र माम दिने मलेसियामा पनि गरिबी नै छैन भनेर भन्न सकिन्न ! याहा पनि औधि छ गरिब तर ति सबै आफ्नै कारणले गर्दा भाको गरिब हुन ! काम गरेर नखाने अल्छी लाइ कसले सित्तैमा माम दिन्छ र ! प्रत्येक कल कारखानामा पुलिस पुगेर लोकल स्थानीय लाइ काम देको छ कि छैन त्यो बुझछन ! हाम्रो नेपालको चेपांग, बनकरिया, राउटे भनेको जस्तै याहा पनि त्यस्ता फिरन्ते भेटिन्छ ! तिनीहरुलाइ ओरांग असली अर्थात ओरांग भनेको मान्छे र असली भनेको सक्कली मान्छे ! हरेकमा इनिहरुको लागि आरक्षण जस्तै गरि छुट्याएर सिट राखी देको हुन्छ ! यी सबै कुराहरु बडो ध्यानले हेर्छु म र औला भाचेर हिसाब गर्छु २३ बर्ष भनेको त धेरै लामो समय हो ! २३ बर्षमा मलेसियाको प्रधान मन्त्रि डा.महाथिर मोहम्मदले देशको कायापलट गरि दिए ! मलेसियामा लामो समय प्र.म.चलाउने उनै हुन ! चाहेको भए अहिले सम्म पनि उनि प्रधान मन्त्रीको कुर्चिमा बस्न सक्थे तर बस्न मानेन भन्छ !  तर हाम्रो देशमा आन्दोलन, हिँसा र सरकारी सम्पति तोडफोड र आगजनी गरेर २३ बर्ष कटाए ! अझै पनि हाम्रा महान नेताहरु गरिबका छोराछोरीलाइ उचालेर आफ्नो स्वार्थको लागि लडाउदैछन ! अहिले लडी बसेका छन अनि भोको पेटमा गाइनेको सारंगी बज्न थालेसी ऋण काटेर पस्ने त कि मलेसिया कि खाडी नै हो ! आज सम्म कसैले प्रश्न गरेर सोध्न सकेका छैन २३ बर्षमा के पायो त देस र जनताले भनेर ! हिजोको त्यो लुते नेता आज बाघ बनेर गर्जिदा उल्टो त्यहि लुते नेताको ज्यु हजुरमा लाग्ने हामि नेपालीले २३ हैन २३०० बर्षमा पनि केहि गर्न सक्दैनौ ! थुक्क हामि नेपालिहरुको डेट येक्स्पायेर बुद्धि ?
Share this article :

0 Comments:

Post a Comment

 
Support : Creating Website | Johny Template | Mas Template
Copyright © 2011. खांट्टी कुरा - All Rights Reserved
Template Created by Creating Website Published by Mas Template
Proudly powered by Blogger