सरकार होस वा पार्टी संगठन होस वा संस्था सबैमा निर्वाचनको ठुलो भूमिका हुन्छ
! बाजे बराजुको पालामा राणाहरुले चलाएको सासन ‘जहानिया’ अर्थात ‘व्यक्तिवाद’ र ‘परिवारवादमा’ आधारित थियो ! सबै काम हुकुमी सैलिमा हुन्थ्यो !
एनेकपा माओबादीले हेटौडामा महाधिबेसन गर्यो र बिना निर्वाचन क.प्रचण्डले आफैले आफैलाई
राणा शासनकालकै झल्को दिने गरि अधक्ष्य घोषणा गर्न
लगाए ! जसलाई नेपाली राजनीतिमा टिके पद्धति भन्दा
रैछन !
अस्ति नेपाली कांग्रेस पार्टीको गगन थापा, हिजो नरहरी र आज अरु
कांग्रेसीहरु समेत भएर एमाओबादीको टिके अधक्ष्य क.प्रचण्डलाई
PM बनाउनु पर्छ भनेर बुरुक्क बुरुक्क
कुर्लिदैछन भने नेपाली कांग्रेस नामको पार्टीलाई लाइ अब एमाओबादीमा नै मर्ज गरे भै गो नि ! अब
ने.का.मा रास्ट्रियता, प्रजातन्त्र र समाजबाद छैन क्यार ! त्यो त
नेपाली कांग्रेसले २०६२/६३ मै छोडी हाले ! रास्ट्रियता, प्रजातन्त्र र
समाजबाद भाको भए किन आँखा चिम्लेर धर्म निरपेक्ष र गणतन्त्रमा ल्याप्चे ठोक्थे ! जनताको भावना र
मर्म नबुझ्ने हरु आज जे मन लाग्यो त्यहि गर्दै हिडेका छन ! एक्लो बृहस्पति झुट्ठा
भने झैँ नेपाली कांग्रेसको सभापति सुसिल कोइरालालाइ तासको जोक्कर जस्तै बनाएका छन
! ‘रामायणको पात्र रावणले घरके भेदी लंका ढहाय’ अर्थात घरकै
मान्छेको कारणले गर्दा मेरो लंका ध्वस्त भो भन्थे ! कथा रामायणकै जस्तो भाको छ ! बिभिषणको कारणले गर्दा
माहा बलसाली रावणको
पतन भो त्यस्तै कांग्रेसका बिभिषणहरुको
कारणले गर्दा आज नेपाली
कांग्रेस तहस नहस भै सकेको छ ! चाहेर पनि नेपाली कांग्रेसको सभापति सुसिल कोइरालाले यी
आधुनिक बिभिषणहरुलाइ कारबाही गर्न सक्दैनन ! किनभने पार्टी सभापति भन्दा यी आधुनिक
बिभिषनहरु हदै बल्साली छन !
0 Comments:
Post a Comment