Home » » झिंगे दाउ !

झिंगे दाउ !

Written By खांट्टी कुरा on Thursday, February 14, 2013 | February 14, 2013

दुइ चार जना जम्मा भएर आ-आफ्नो सिक्का (पैसा) अगाडी राख्ने अनि जसको सिक्कामा पहिला आएर झिंगा बस्छ त्यो नै जितुवा हुने खेलको नाम हो झिंगे दाउ ! कुनै समयमा यो नेपालको धेरै पुरानो र लोकप्रिय खेल थियो ! यी खेल सहर बजार मात्र नभएर गाउ टोल सम्म प्रख्यात थियो ! नया नया खेल भित्रिन थाले पछी अहिले यो खेल नेपाल बाट एक किसिमले लुप्त नै भै सकेको जस्तो छ !
झिंगा भने पछी फोहोर रुचाउने एक किसिको प्राणि हो ! नेपालको राजनीति पनि एक किसिमको झिंगे दाउ जस्तै हो ! २००७ सालमा नेपालमा प्रजातन्त्र भित्रे पछी सुरु भएको झिंगे दाउ खेल आजको मिति सम्म जारि नै छ ! बिचको २०१७ सालमा केहि समयको लागि पूर्ण बिराम लागेको थियो यो खेलमा ! मुगाली काजि नामका पूर्वका बहादुर नेपालको पंचायती राजनीतिमा हावी भए पछी जहिले पनि झिंगे दाउ जितेर झिंगे बहादुर बन्थे ! मुगाली काजि साम, दाम,दण्ड र भेद चारै नीतिमा पारङ्गत थिए ! २०४० साल पछी अर्को सुदूरपश्चिम का बाउ साप झिंगे दाउमा हाँक दिन आए १ पटक जिते ! पछी अर्का साहुबा आए उनले पनि एक पटक जिते तर मुगाली हरुले अ.त.भनेर खेदेका झिंगे बहादुरहरुले २०४६ साल पछी हामीले पनि झिंगे दाउ खेल्न पाउनु पर्छ भनेर हाँक दिए ! दाउ थापे जिते पुराना झिंगे बहादुरहरुले हारे ! त्यो हार्नुको पछाडी पनि रोचक झेल थियो ! काले बहादुर लाइ रेफ्रीमा बोलाए र रेफ्रीले भनेछन ल दुबैले सिक्का मुखा हाल र मुख बाट झिक अनि मेरो अगाडी भुइँ मा राख ! दुवै खेलाडी ले त्यसै गरे ! झिंगा आयो र अ.त.को पैसोमा बस्यो अनि अ.त ले जिते ! कसरी जिते भनेर खोजतलास गर्दा त अ.त लाइ पैला नै मुखा भेली हाल्न लाका रैछन ! झिङ्गो गुलियो देख्ना साथ् हुरुक्कै हुने कारण त्यस्तो रैछ ! पछी यहि आइडिया अपनाएर लाले हरुले झिंगे दाउ थापे झिंगा आउन त आयो तर बस्न मानेन ! लालेको ९ महिने सासन त्यसैको परिणाम थियो ! पछी फेरी आर्को माहा लालेले झिंगे दाउको लागि धेरै दुख, कस्ट र हण्डर खायो ! फेरी उतै का आए अब झिंगे दाउ नेपालमा हैन दिल्लीमा खेलाउने भनेर सबैलाई पोको पारेर उतै लगेर खेलाए ! फाइनल खेल चैँ नेपालमा गर्ने भनेर आए खेलाए ! जिते अल्कापुरिमा बसे ! जित्न नपाउने मुर्मुरिन्छन ! झिंगे दाउ सुरु गराउछन कोहि हार्छन कोहि जित्छन ! पहिला झिंगे दाउ सफा मनले खेल्थे तर अहिले झिंगे दाउ खल्ने हैन खेलाइन्छ ! झिंगे दाउमा रेफी बसे बापत रेफ्रीले कहिले खोला लान्छन कैले सिमाना लान्छन ! अहिले पनि झिंगे दाउ खेलाएर रेफ्रीले देसै खान खोजेका छन तर खेलाडीलाइ झिंगेदाउमा जितेर भन्दा पनि रेफ्रीलाइ खुसि पारेर बालुवाटारमा बस्न मात्रै रहर छ ! झिंगे दाउको रहरले बुढा सुसिल दाउ हिस्स परे ! अहिले न्यायालय को सम्माननीय लाइ झिंगे दाउ खेल्नु पर्छ भन्दै सुर्याका छन ! हे रास्ट्रको पति रास्ट्रपति अब पनि झिंगे दाउ मात्रै खेलाएर बस्ने हो भने देस भड्खालोमा जाकिन्छ त्यसैले यो खेल लाइ तुरुन्त प्रतिबन्ध लगाउनुहोस ! नत्र अनर्थ हुनेछ !
२०१३/०२/१४
Share this article :

0 Comments:

Post a Comment

 
Support : Creating Website | Johny Template | Mas Template
Copyright © 2011. खांट्टी कुरा - All Rights Reserved
Template Created by Creating Website Published by Mas Template
Proudly powered by Blogger