४/५ जना अन्दाजी २०/२२
बर्षको भर्खरको कलकलाउदो बैसालु ठिटाहारु एउटा गीत रेकर्ड गर्ने स्टुडियो मा पसेर
भने ‘नमस्ते दाज्यु’ हजुर नै हो स्टुडियोको मान्छे ? स्टुडियोको मान्छेले भने हो
भाइहरु किन ? दाज्यु एउटा गीत रेकर्ड गर्नुथ्यो ! ये भै हाल्छ नि भाइ ! एउटाले
भन्यो बत्तिछ ? स्टुडियोको मान्छेले ठट्टा गर्दै भने छ
नि बत्ति पनि छ, गाउने बजाउने भर्ने सबै सर्जाम छ तर अहिले बत्तिमा ..
यो कुनै काल्पनिक कथा हैन ! यो बिस्वकै जलश्रोतको धनि देस नेपाल को कथा हो ! दिनको १२ देखि १४ घण्टा लोडसेडिंग हुने देसको कथा हो ! २३ बर्षमा नेपालको नेताहरुले जनतालाई दिएको सबै भन्दा राम्रो उपहार हो यो ! छु मन्तरको तालमा यति मेगावाट र उति मेगावाट बत्ति ल्याउछु भने हाम्रा देसका प्रधानमन्त्रि देखि बिजुली मन्त्रि सम्मले दैनिक रेडियो, टेलिभिजन र पत्रपत्रिकामा कोरा बकवास गर्छन ! काम गरेर खाने भनेको बिहान देखि साँझ सम्म हो भने जब काम गर्ने बेलामा नै बत्ति हुदैन भने के गरि काम गर्ने ? अनि काम नगरे पछी आफु र आफ्नो परिवार लाइ कसरि पाल्ने ? भाषण निकै गुलियो सुनी रहू जस्तो लाग्ने गरि दिन्छन भने त्यो भाषण अनुसाको काम चैँ खै त ? के नेपालको जनता भनेको यी राजनीतिक पार्टीका नेता को पछी लाग्ने जमाते मात्रै हो र ? उनीहरको आमसभामा तालि बजाई दिने र उनि हरु लाइ निर्वाचनमा जिताइ दिने भोटर मात्रै हो ? जनताको दुख बुझ्नु पर्दैन ? नया नेपाल भनेर लेख्दैमा नया नेपाल भयो ? जवाफ देउ नेताहरु कतिन्जेल सम्म भुंग्रोमा परेको माछा जस्तो बनाउछौ जनताहरुलाई ? अब त अति भो है अति ......
(फाइल फोटो :- गीतकार तथा संगीतकार श्री बालन्द राइज्यु को फेसबुक प्रोफाइलबाट)
No comments:
Post a Comment