Monday, February 04, 2013

हिजो सत्तामा बस्दा जनतालाई सम्झेकाथ्येउ ?

पोखरामा हिजो माघको २२ गते विपक्षीहरुले सडकबाटै बाबुरामलाई फाल्छ्म भनेर च्यालेन्जको साथ आम सभा गरेछन ! अस्ति हेटौडामा भाको क्यास माओबादीको आमसभामा नाका चक्का हालेर आफल ताफल्को साथ् कुद्धै गएर पूर्व माहा पन्च तथा हालको कांग्रेस, एमाले, सबै माओबादी पार्टी हरु भन्दा पनि खाँट्टी गणतन्त्रे भएका रा.प्र.पा.का पशुपती राणाले माहान गौरबसाली पार्टीको माहान नेता क.प्रचण्डहरु लाइ ह्याप्पी ह्याप्पी बधाई छ भन्न पनि भ्याकाथे ! हिजो पोखरा गएर सत्ता बसेकालाइ न्वारान देखिको बल निकालेर सराप्न पनि भ्याए राणा बाबुसाबले ! कांग्रेसका र एमालेका अनि
बाइसे चौबिसे पार्टीकाले सकेसम्मका मुन्छी बटुले तर बि.बि.सी.नेपाली सेवा नामधारी रेडियोका पोखरा बस्ने सम्बाददाता नारायण कार्की भन्ने मुन्छिले कार्यक्रम चैँ दमदारथ्यो तर मुन्छी चैँ अलि पातलै रैछ भनेर जाहेरी पठाएको सुन्नासाथ उसै त महाधिबेसनको टेन्सन अनि आफ्नाले नै फरक मत दर्ता गर्दै बिरोध जनाको बेला यस्तो ह्याप्पी न्युजले क.प्रचण्डलाइ पक्कै पनि पाथी भाको खाको जस्तो हुनु पर्दछ भने डाक्टर साबको त झन कुरै नगरम ! हिसिला दिदि संग पक्कै पनि याहिरे याहिरे जोर लगाके नाचेरे भन्दै कम्मर मर्काए होलान भने आधा कान्तिपुरे अनि आधा गोर्खालीकि छोरी चैँ मुसुमुसु हासिन यसमा संका लिनु पर्ने कुनै जरुरि छैन !
ठिकै भनेका हुन मर्स्या नेताहरुले सडकमा रोयर सत्ता पाइदैन भनेर ! हिजोको त्यो रिल्याक्स जिन्दगीलाई सम्झत समाजबादी तथा जनबादी नेताहो ? चुनाउ जितेर लचक लचक पर्ने घुम्ने मेचमाथि अन्धो बनेर बस्दा जनतालाई सम्झेकाथ्येउ ? आफ्ना पार्टीका लाइ आज सत्तामा बसेकाले गोरु चुट्दै घर बाट मात्र नभएर गाउ निकाला गर्दा के हेरेर बस्या थियेउ ? बराहरु अहिले सम्म गाउ जान सक्या छैन ! लुट्या सम्पति फिर्ता भो ? गरायेउ ? तिमीहरुका लागि खटेकाले न्याय पाए ? हो त्यहि दिन सम्झेर आज ति जनताले तिमीहरुलाइ वास्ता गर्दैनन ! पोहोर देखेनौ कान्तिपुरा ? तिमीहरुका २८ दलले दसोटा हजार मुन्छी जम्मा गर्न नसक्या बेला तिमीहरुले नै मण्डले, पन्चे भनेर न्वारान गरेका कमल थापा एक्लैले लाख उतार्या ! एकलाखमा कति वटा सुन्य हुन्छ थाहा छ ? रातारात धर्म निरपेक्ष र गणतन्त्रमा सहि ठोक्या कत्तिको महँगो पर्छ त्यो कांग्रेस, एमाले तथा नकली गणतन्त्रे पार्टीहरुले हेर्दै जानु ! पोखरा आमसभा पनि त्यसैको ट्रेलर मात्र हो !

No comments: