Home » » थरीथरीका भाषण !

थरीथरीका भाषण !

Written By खांट्टी कुरा on Sunday, February 03, 2013 | February 03, 2013

धेरै ठुला नेताहरुको मह जस्तै स्वास्थ्यबर्ध्क भाषण सुन्दा सुन्दै गोर्खे माइलोको कपाल श्याम स्वेत भै सक्यो ! के पायेउ र के दिए त्यता नजाम ! पहिला भाषणमा कांग्रेसका एन.पी.सावद नन स्टप भासण गर्थे ! एमालेका सबै भाषण कलामा खप्पिस भए पनि मलाइ उखाने कामरेड ओलीको भाषण औधि मन पर्छ ! उनि बोले पछी AK 47 बाट बर्सेको गोलि जस्तै तालि बर्सिन्छ ! तर गुण्डालाई आयुस्मन भव गर्ने थालेसी अहिले चैँ उनि माथि गालि बर्सिन थाल्याछ ! गल्ति उखाने कामरेडको हैन त्यो समयको गल्ति हो भने मलाइ क.माकुनेको भासन फिटिक्क मन पर्दैन ! क.चित्रे बा पनि सोलिड भासन ठोक्छन भने मादले बा बिजुक्छेले बोलेको उनि मात्रै बुझछन अर्थात बुढा जोडले बोल्न सक्दैन ! सुसिल दा र देउवा काजि सुपर फ्लप भासने हुन भने गुल्टिंग बाजे पौडेल रुन्चे पाराले भाषण ठोक्छन ! रा.प्र.पा.को कमल थापा अहिले भाषण कलामा सुपर डुपर हिट छन ! हेटौडा अर्थात we hetaunde. हेटौडामा बुढालाइ आयोजकले कहिले पनि अगाडी बोल्न दिदैनन ! किन थाहा छ ? बुढा बोलुन्जेल मन्त्रमुग्ध भएर सुन्छन ! त्यतिखेर अगाडी शिह अथवा नाग नै आए पनि कसैले चालै पाउदैनन ! जब बुढाले अन्त्यमा धन्यवाद भनेर यु टर्न लिना साथ स्वागतमा परर्र तालि बजाएर श्रोता हिड्छन ! सबै भन्दा रसहीन भाषण अहिलेका अमरावतिमा राज गर्नेहरु गर्छन ! रुखो र कर्कसा ! सुन्दै ...... जे होस् २३ बर्षमा हामीले पाएको नाफा यत्ति हो ! जय भाषण !

..

2013 Feb 3th sunday.
Share this article :

0 Comments:

Post a Comment

 
Support : Creating Website | Johny Template | Mas Template
Copyright © 2011. खांट्टी कुरा - All Rights Reserved
Template Created by Creating Website Published by Mas Template
Proudly powered by Blogger