Wednesday, February 06, 2013

कांग्रेसले कहिले पनि आँखा खोल्दैन !

January 31st, 2013 का दिन घटना र बिचार अन लाइन पत्रिकामा पत्रकार श्री देब प्रकास त्रिपाठी ज्युले अब त आँखा खोलन कांग्रेस भन्ने लेख प्रस्तुत गर्नु भयको रहेछ ! सिधा र सरल सब्दमा लेखिएको त्यो लेख मैले दोहर्याई तेहर्याई पढे ! मैले त्यो लेखमा सानो टिप्पणी पनि गरेको छु ! नेपाली कांग्रेस अर्थात २००४ सालमा भारतको कलकत्ता मा २ पार्टी एक भएर जन्मेको त्यतिखेरकै देसको एकमात्र ठुलो पार्टी ! धेरै दुख तथा हण्डर अनि सास्ती भोगेको पार्टी ! धेरै सुख र मोज अनि भोजले पनि बिग्रेको पार्टी ! नेपाली जनताले पटक पटक निर्वाचनमा आफ्नो बहुमुल्य मत दिएर अग्रस्थान बनाएर सत्ताको बागडोर लिन बाध्य पारेको पार्टी ! उक्त पार्टीको बारेमा लेखि साध्य भनि साध्य छैन !

जुन दिन त्यो पार्टीमा ‘गिरिजा’ नामधारी व्यक्तिले सासन सम्हाले, देशको बागडोर सम्हाले त्यस पछी पतनको दिन देख्न सुरु भएको पार्टी आज आएर सडकमा रुदै प्रधानमन्त्रीको भिख माग्दै हिडेको छ” ! माया र मोह जनताले १ पटक २ पटक गर्छन पटक पटक गर्दैनन ! सत्ताको लागि परि आएको खण्डमा जस्तोसुकै घटिया काम कार्य गर्न पछी नपर्ने पार्टीको नाम हो नेपाली कांग्रेस ! अभिभावक अथवा गुरु भए पछी असल सिक्षा दीक्षा दिनु पर्नेमा जहिले पनि खराब र समाजमा नकारात्मक सिक्षा दिएको फल आज नेपाली कांग्रेसले भोग्दैछ ! देशमा के के गर्यो र कसो कसो गर्यो त्यो करोडौ नेपालीले राम्रै संग देखि भोगी सकेका छन ! देश र जनतालाई मृत्यु सैयामा पुर्याउने नेपाली कांग्रेस पार्टीमा त्यागि तथा इमान्दार नेता हरु त उहिले पाखा लागि सके र लगाइए ! जसरि महाभारतको कथामा गान्धारीले आँखामा पट्टि बाधेकी थिइन त्यसै गरि कांग्रेसको सबै शिर्ष नेताहरुले पनि आँखामा पट्टि बाधेका छन !त्यसैको सिको गर्दै एमाले तथा अरु ठुला पार्टीले पनि कांग्रेसकै नक्कल गरेका छन !जब आँखामा पट्टि बाधी सके पछी राम्रो नराम्रो देख्ने कुरै भएन भने श्रीमान देब प्रकास त्रिपाठी ज्यु लगायत सारा नेपालीले अब त आँखा खोलन काग्रेस भन्नुको के नै तुक रह्यो र ?

"धटना र बिचारमा छापिएको श्री देब प्रकास त्रिपाठीज्यु को उक्त लेख पढ्न हुन्छ भने तलको लिंकमा क्लिक गर्नुस"

January 31st, 2013 12:28 PM

http://www.ghatanarabichar.com/?p=9968

 

No comments: