Home » » अन्तिम बिकल्प राजा-ज्ञानेन्द्र !

अन्तिम बिकल्प राजा-ज्ञानेन्द्र !

Written By खांट्टी कुरा on Friday, February 15, 2013 | February 15, 2013

(हालै पुर्ब राजा ज्ञानेन्द्र निजि भ्रमणको लागी बारा जिल्लाको सिमरा 
 आउने क्रममा हेटौडामा स्वागतको लागी  उर्लिएको जनसागर )
मकवानपुर जिल्ला अर्थात बामपन्थीको किल्ला ! कुनै बेला यस्तो थियो ढुंगाको प्रतिमालाई यो एमालेको उम्मेदवार हो भनेर भनेको भरमा मकवानपुरे जनताले आँखा चिम्लेर समर्थन गर्दै भोटको बर्षा गरि दिन्थे ! २०४८ सालको आम निर्वाचनमा कुनै पार्टीलाई ढीम्किन पनी दिएका थिएनन ! जनतालाई कोरा आस्वासन दिए ! निर्वाचनमा बिजयी भए पश्चात माननीय देखि जन प्रतिनिधि सम्म फर्केर आफ्नो निर्वाचन क्षेत्रमा पाइला टेक्न नजाने ! जनताले बिस्तारै थाहा पाए नतिजा स्वरूप बामपन्थीको किल्लामा हिजो मण्डले, पन्चे आदि नाम दिएकाले १ सिट जितेर देखाई दिए ! यो मकवानपुर जिल्लाको सानो झलक मात्र हो ! देशमा यस्तै घटना धेरै ठाउमा घट्न थाले ! २०४६ सालको जन-आन्दोलनले हिजोको निरंकुस भंनिने पंचायती व्यबस्थामा लागेका हरुलाइ पूर्णरुपमा पाखा लगाईसकेको थियो ! अधिराज्यभरिको पहिलो आम निर्वाचनमा नाम मात्रको सिटमा जित हात पार्न सफल तिनै पुर्व पन्च समर्थकले मध्यावधि निर्वाचनमा तेस्रो सक्ति बनेर देखाएनन मात्रै २/२ जना पुर्ब महापन्चले प्रधानमन्त्रि समेत बनेर देखाई दिए ! यति हुदा पनि नेपालको प्रजातन्त्रबादी तथा बामपन्थी हौ भन्नेको आँखा खुलेन ! तत्कालिन स.ज.मो. ने.क.पा.माओबादी बनेर उदायो ! पंचायतकालिन अन्तिम राजनेताहरुले जस्तै “मुट्ठीभरका” भन्दै समस्यालाई अत्यन्त हलुकाढंगले लिएको नतिजा देश र जनताले हज्जारौ हज्जार जन र अर्बौको क्षेती व्यहोर्नु पर्यो ! यत्रो घटना आँखा अगाडी घट्दा घट्दै पनि प्रजातान्त्रिक तथा बामपन्थी सक्तिहरु खाली सत्ता र भत्ताको लडाइमा लडन थाले ! २०६२/६३ को जन आन्दोलन गरे ! युगौ पुरानो राजसंस्था लाइ जनताको अभिमत नबुझी बिदेसी सक्तिको इसारामा रातारात हटाइए ! धर्म निरपेक्ष घोषणा गरे तब नेपाली जनताले थाहा पाए नेपालको राजनैतिक दल तथा ति दल मा लाग्ने भनेको जनताका नोकर हैनन रैछ ! ‘मै खाउ मै मात्र लाउ’ सिद्धान्तमा चलेको यी राजनीतिक दल तथा तिनका आसेपासेले २३ बर्षमा देस र जनतालाइ नांगेझार पारेर देखाई छाडे ! नेपालि जनमानसमा एउटा उखान छ ‘बोक्सीले पनि अरु लाइ भेददा आफ्नो छिमेकी घर लाइ छोडछरे’ तर नेपालका पार्टी तथा तिनका नेता र आसेपासेले कोहि कसै लाइ बाकि राखेनन ! ‘कुकुरको पुच्छर १२ बर्ष ढुङ्ग्रोमा हाल्दा पनि कहिले सिधा हुदैन’ भन्ने उखानलाइ चरिथार्थ पारे ! भर्खरै एनेकपा माओबादीले जुन ठाउँमा आफ्नो महाधिबेसन गरेको थियो त्यस स्थानलाइ हेटौडा कपडा उधोग परिसर भनिन्छ ! स्व.राजा बिरेन्द्रको आग्रहमा मित्र रास्ट्र चिन सरकारले करोडौ खर्च गरेर बनाइँदेको त्यो कारखाना आज टाट पल्टेर खण्डहर जस्तै भाको छ ! देश भरका कुनै सरकारी सम्पति बाकि राखेनन ! आजको मिति सम्ममा पनि सत्ता र भत्ताको लागि कुकुर र बिरालो जस्तै गरि लड्दै बसेका छन ! जनता भनेको त भेडा हो भने नेता त गोठालो हो नि ! गोठालोले जता डोर्यायो उतै जान्छन ! मरुभूमिमा लगेर चराउन खोजेपछि ति भेडाहरु भोकै हुन्छन कि हुदैनन ? मरुभूमि घासपात बोट बिरुवा उम्रिन्छ ? आज जनताको छोराछोरी काम र मामको खोजीमा बिदेसिन बाध्य परेको छ ! २०४६ साल भन्दा अगाडी सम्म पनि पासपोर्ट त परै जाओस नागरिकता समेत बनाउनु पर्छ भन्ने थाहा नभाको नेपाली आज संसारको जुनसुकै मुलुकमा खोजे पनि भेटिने भै सक्यो ! यस्तो बनाको कसले ? विभिन्न कपोकल्पित आरोप र भ्रम फैलाउदै राजपाठ छोड्न बाध्य पारेका ति पुर्ब राजाले नारायणहिटी राजदरबार छोड्दा ५०० को हाराहारीमा पनि जन समर्थन थिएन होला ! आज तिनै पुर्व राजा राजधानी बाट बाहिर निस्किदै छ रे मात्र भन्ने सुन्नासाथ साथ  पुर्ब पंचायतकै झल्को दिने गरि बाजागाजाको साथ् स्वागतमा लावालस्कर लागेका छन ! के जनताको इक्षा र आकांक्षालाइ कसैले रोकेर रोक्न सक्छ ? रोक्न सकेको भए राणा शासन, पंचायती ब्यबस्था कसरि ढल्यो ? प्रजातन्त्र हटाएर लोकतन्त्र कसरि स्थापना भयो ? छिमेकी हिन्दुस्थानमा अंग्रेज कसरि पलायन भयो ? जनताको चाहना नबुझ्ने र जनता माथि हिटलरी सैलिमा सासन गर्न खोज्यो भने यस्तै दिन देख्न पाइन्छ ! यस्तै गरि सासन चलाउदै गयो भने हिजो जसरि पुर्व राजालाई दर्बार छोड्न बाध्य पारेको थियो त्यस्तै गरि तिमीहरुको पालो नआउला भन्ने के ग्यारेन्टी छ ? नेपाल हो र ८२% प्रतिसत हिन्दु बसेको देश हो ! २/४ पल्ट तिमीहरुको भनाइमा लागेर जात जातिको नाउँमा, धर्मको नाउँमा लडलान तर समय सधै एकनासको हुदैन ! हिजो जसरि गुलिया र चिल्ला भासण दिएर जनतालाई  मक्ख पारेका थियौ अब त्यस्तो छैन ! समयले कोल्टो फेरी सकेको छ ! जनताले आज महसुस गरि सकेका छन ! राजा हटाको जनताले हैन भन्ने कुरा पनि जनताले बुझी सकेका छन ! किनभने देशको राजधानीमा बस्ने मात्रै नेपाली जनता र अन्त स्थानमा बस्ने नेपाली जनता हैन भनेर नजरअन्दाज गर्न मिल्छ ? पार्टीका नेता र तिनका कार्यकर्ताको गलत ब्यबहार नबुझेको भए आज आएर मानव सागर ओर्लेर पुर्व राजाको जय जय भन्दैनथे ! जनताको कुरा त परै जावस तिमि नेताहरुको कुरा त तिम्रै पार्टीका कार्यकर्ता र समर्थकले धरी पत्याउन छोडी सके ! यो आलेख कुनै पार्टी तथा राजनेताहरुलाइ होच्याउन र घृणा गर्न भनेर लेखिएको हैन ! हिजोको ऐना देखाई दिएको हो ! भर्खरै राजधानीमा सम्पन्न गरेको ९ दलको आमसभाले ति सबै घटनालाई ऐना जस्तै छर्लंग पारेको छनी ! कि त्यो पनि झुट्ठा हो त्यसको जवाफ दिन सक्छौ जनतालाई ? 
(मिति २०६९ फाल्गुन ३ गते क्राइम चेक शाप्ताहिकको बर्ष ५ अंक २८ मा प्रकाशित)
 
Share this article :

0 Comments:

Post a Comment

 
Support : Creating Website | Johny Template | Mas Template
Copyright © 2011. खांट्टी कुरा - All Rights Reserved
Template Created by Creating Website Published by Mas Template
Proudly powered by Blogger