‘के निउ पाउ कनिका बुकाउ’ भने जस्तै दुइ जना बिचको सानो
सानो कुरा तथा वादविवाद, त्यस पछी भनाभन अनि दुइ जना बिचको वाक्युद्ध हुदै दुइ जना बिच
हातहालाहाल ! आफ्नै साथि कुटिएको किन हेर्न सक्थे र त्यस पछी पार्टी पार्टी बिचको
अस्तित्वको लडाईरे भन्दै दोहोरो भीडन्त ! ‘सौताको
रिसले पोइको काखमा सु’ नीति लाइ पच्छ्याउदै सरकारी सम्पति
तोडफोड सुरु ! सरकारी सम्पति तोडफोड गर्नु भनेको अपराधिक काम हो र सरकारी सम्पति
तोडफोड गर्नेहरु अपराधी हुन ! त्यस्ता अपराधी समाउने काम पुलिसको हो र त्यस्ता अपराधी लाइ सके पक्रेर नसके पक्राउन
मद्दत गर्ने काम नागरिक हो र
नागरिकको दायित्व पनि आउछ ! “नगर
भनेको काम गर्नु र गर भनेको काम नगर्नु अपराध हो भने त्यस्ता कार्य गर्ने तथा गर
भनेर आदेस दिने लाइ अपराधी भनिन्छ” ! अपराध र अपराधीको संक्षिप्त परिभाषा पनि यत्तिनै
हो ! जनताको पसिनाको कमाइ हो सरकारी सम्पति र त्यो तोडफोड हुदा सुरक्षा निकाय मौन
बस्ने कुरा पनि भएन तर लोकतान्त्रिक र गणतान्त्रिक भनेर नामाकरण गरिएको नया नेपालमा सर्बप्रथमत
पहिला अपराध गर्न उक्स्याउने तथा गर्न लगाउने अनि त्यस्ता अपराधी समाउदा बन्द हड्ताल गर्ने यो कस्तो नया गणतन्त्रात्मक
पद्धतिको लोकतन्त्र हो ? अपराधी समाउन
मिल्दैन भने जनताको पसिनाको कमाइ बात संकलन गरिएको अर्बौ रकम खर्च गरेर देशमा किन सुरक्षा फोज राख्नु पर्यो ? सत्तामा बस्दा अरुले गरेको बन्द हड्ताल सरकार पक्षलाइ पाच्य हुदैन तर सरकार सधै भरि एकै
दलको पेवा पनि हुदैन ! जसले बहुमत ल्याउछ उसैले सरकार बनाउने हो ! हिजो आफुले गरेको
आन्दोलन जायज सरकारमा गइ सके पछी नाजायज भन्ने मानसिकता बोकेको यो रोगले अहिले
सरकार पक्ष होस वा बिपक्षी दुबैमा नराम्रो सित जरा गाडिसकेको छ ! दलका नेताहरु स्वयमले
पहिला आफुले अनुशासनको पाठ किन सिक्दैनण ? त्यस पश्चात आफ्नो पार्टी तथा दल अनि आफ्ना संगठनका सम्पूर्ण पदाधिकारी तथा
कार्यकर्ताहरुलाइ किन अनुसासनको पाठ सिकाउदैनन दलका ? सधै भरि देशमा अराजक
स्थिति मच्चाएर बाहिरि तत्वलाई किन प्रत्यक्ष तथा अप्रत्यक्ष साथ दिदैछन ? के यस्तै भाडभैलो र लुटतन्त्र मच्चाउन भनेर नै २०४५/२०४६ साल अनि २०६२/६३ सालमा जनताले कांग्रेस तथा
बाममोर्चालाई साथ दिएका हुन ? जनताले दिएको
अमुल्य मत र जनताको भावना सिट खेलवाड नगर राजनीतिक पार्टीका नेता हो ! सधै भरि आफुलाई
प्रजातन्त्रको पालक भन्न रुचाउने नेपाली कांग्रेस हिजो एक नम्बर थियो निर्वाचनमा
दोश्रोमा झर्यो त्यस्तै हरेक शब्दमा जन भनेर जोडेर बोल्न मन पराउने चिप्ले पार्टी
एमाले दोश्रो बाट तेस्रोमा झरी सक्दा पनि अझै चेत खुलेको छैन ! अबको ताजा जनादेशमा
यी ठुला पार्टी हौ भनेर घमण्ड देखाउदै जनताको टाउकोमा गिर खेल्न पल्केका राजनीतिक
पार्टीहरु अझै कति ओराल्ने लाग्ने हो त्यो हेर्नलाई समय कुर्नु पर्ने भएको छ !
(मिति २०६९ फाल्गुन ३ गते क्राइम चेक शाप्ताहिकको बर्ष ५
अंक २८ मा प्रकाशित)
0 Comments:
Post a Comment