आज सनिबार ! हेटौडामा भै रहेको एनेकपा माओबादीको भेलाको प्रत्यक्ष प्रशारण कालिका एफ.एम बाट सुने ! मैले अनलाइन खोल्नु र प्र.म.डा.भटराई भाषणको लागि मन्चमा आउनु एकै चोटि परेछ ! जनताको प्रधानमन्त्रीले कम्युनिस्ट सैलिमा छोटो तरिकाले मन्तब्य राखेर लाल सलाम दिदै बिदा भए ! पालो आयो गौरबसाली पार्टीको नेता हु भन्ने उक्त पार्टीको अध्यक्ष क.प्रचण्ड अर्थात पुष्प कमल दाहाल ! बडो अधिरताका साथ भाषण सुने ! लर्खरीएको नैराश्यतापूर्ण बोलि अनि एकै सब्द लाइ दोहर्याएर बोल्नु प्रचण्डको आजको भाषणको बिसेशता ! रात पर्न लागि
सक्यो हाम्रो कार्यक्रम जारि नै छ यो नै ऐतिहासिक उपलब्धि हो रे त्यो पनि भन्न भ्याए ! रिसाको गोठालोले अगाडी घास देखाएर समातेपछी पहिला घाटीमा दाम्लोले बाधेर पछी बेस्सरी भकुरेको झैँ गरि मन्चमा संगै बसेका नेपालि कांग्रेसका नेता रामचन्द्र पौडेल र एमालेका नेता बामदेबलाइ कटाक्षपूर्ण तरिकाले “निभ्ने बेलाको दियो” अनि “मर्ने बेलामा कमिलाको प्वाँख उम्र्या जस्तो” भन्ने सब्द पनि भन्न भ्याए ! बाठा रैछन सभापति सुसिल कोइराला अनि बाठा रैछन झलनाथ खनाल जो निम्ता मान्न गएनन ! पाहुना बनेर आको लाइ कस्तो सम्मान गर्न पर्छ त्यो राम्रै संग जानेका रैछन प्रचण्डले ! अब फेरी निम्ता आयो भने जानु भन्दा अगाडी हजार चोटि सोच्न बाध्य हुन्छन कांग्रेस तथा एमालेका नेताहरु !

अमेरिकी साम्राज्यबाद तथा भारतीय बिस्तारबाद यिनै दुइ मूल मुद्धा लाइ टेकेर जनयुद्द थालेको माओबादीले आज त्यो सब्द कहिँ कतै उच्चारण गरेनन ! प्रचण्डको बोलि तिनका नेता कार्यकर्ताले पत्याउलान/नपत्यौलान त्यो उनीहरु नै जानुन ! जनताले चैँ अब पत्यौदैनन ! पत्याउने कुरा गरेको भए पो पत्याउछन ! सबै पार्टीका आम सभा हुन्छ त्यसमा जनता कोहि भाग लिन जान्छन र कोहि तमासे बनेर जान्छन ! सबै जनता हाम्रै समर्थक हुन भनेर सोच्न भने त्यो दिवा सपना मात्र हो ! जनता लाइ केहि नदिए पनि भाषण ठोक्नमा एमालेका नेता अग्रस्थानमा छ अहिले पनि र दोश्रोमा रा.प्र.पा.को कमल थापा छन ! किनभने उनीहरुको भाषणमा मिठास छ र सब्द आदरणीय हुन्छ ! रुखो भाषण र खोक्रा आस्वासनले सत्तामा बस्ने दिन गए ! संगैका राजनैतिक सहयात्रीलाइ “निभ्ने बेलाको दियो” अनि “मर्ने बेलामा कमिलाको प्वाँख उम्र्या जस्तो” घटिया सब्द प्रयोग गर्नुलाइ बुद्धिमानी भनिदैन ! उखान भन्नमा एमालेका क.ओली माहिर छन ! उहा संग तालिम लिएर अब देखि अर्को कार्यक्रममा उखान प्रयोग गर्नु होस ! जनताको नजरमा बिस्लेष्ण गर्ने हो भने चैँ नेपालका सबै पार्टी र तिनका नेता देखि कार्यकता सम्म ‘तातो पिडालु’ जस्तै हो निल्नु न ओकल्नु जतो !
0 Comments:
Post a Comment