Home » » अगाडी ‘जन’ झुन्ड्याउदैमा जनताको पार्टी हुन्छ र ?

अगाडी ‘जन’ झुन्ड्याउदैमा जनताको पार्टी हुन्छ र ?

Written By खांट्टी कुरा on Friday, February 01, 2013 | February 01, 2013

गोरा र कुइरेको भाषामा Hony, हिन्दी तथा उर्दूमा सहद, अनि नेपाली भाषामा मह ! अधिकारि बाजे स्व. नहुन्जेल सम्म जेनतेन यो जनताको पार्टी भन्ने एमाले मा कायम थियो ! अर्थात मह जस्तै गुणकारी र मिठास पार्टी ! बरु भगवान लाइ त्यति मान गर्दैनथे तर एमाले पार्टीलाइ अगाध श्रद्दा र भक्ति देखाउथे जनताले ! हिजो जनताको सुख र दुखमा ज्यान फालेर लाग्दै हिडेको त्यतिखेरको माले पार्टी अरु भुरे टाकुरे पार्टी सित मिलेर एमाले भयो तब जनताले सम्झेका थिए बल्ल कम्युनिस्टहरुमा बुद्धि पलायेछ ! अब एकता भो, हातेमालो गरेर एक ढिक्का भएर देसको बिकास गर्नेछन र जनताको जीविकाको स्तरलाइ माथि उठाउनेछन ! सतिले सरापेको देस हो नेपाल याहा जे पनि उल्टो हुन्छ ! जो देशको लागी रातो दिन चिन्तित हुन्छ उसलाई पाखा लगाइन्छ तर बिदेसिको इसारामा नाच्नेहरु जहिले पनि अग्र स्थानमानै हुन्छन ! जसरि आज माओबादी हिँसाको बाटो बाट अगाडी आकोथे त्यस्तै गरि झापाली मैनालीहरु पनि त्यतिखेर त्यस्तै थिए ! सधै भरि अध्यक्षको कुर्चि नपाउने भएर हो वा के हो त्यो उनै जानुन ! तिनले पार्टी छाडे, बामदेबले पार्टी छाडे ! जुटेको पार्टी फुट्यो पछी फेरी जुट्यो ! आज पनि हिजोकाहरुले झैँ एमाले पार्टी छाड्ने क्रम जारि नै छ ! किन छाड्दै छन त ? यसको जवाफ आज सम्म एमालेका कुनै शिर्ष नेताले जनतालाई दिन सकेको छैन ! आज जनताको एमाले पार्टी प्रति मोह पनि छैन ! एमाले पार्टी हिजोको जस्तो जनताको पार्टी पनि हैन ! हिजो सेल्टर बस्दा कंगाल जस्तो भाका नेताहरुको आज राजधानीमा बंगला ठडिएको छ र बंगला भित्र चमचम चम्किने कार छ ! बिदेसिको छात्रवृत्तिमा गरिबका हैन तिनका छोराछोरी पढ्न जान्छन ! २३ बर्षमा जनताको जीवनस्तर हिजो जस्तो थियो आज त्यो भन्दा पनि धेरै तल खसेको छ र बाध्यताले बिदेस पस्न बाध्य छन भने अगाडी “जन” झुन्ड्याएर बोल्दैमा त्यो कसरि जनताको पार्टी हुन्छ ? एमालेको नेताहरुले अब जनतालाई जवाफ दिनु पर्छ !
Share this article :

0 Comments:

Post a Comment

 
Support : Creating Website | Johny Template | Mas Template
Copyright © 2011. खांट्टी कुरा - All Rights Reserved
Template Created by Creating Website Published by Mas Template
Proudly powered by Blogger