कुवालालाम्पुर-काठमाण्डौ-कुवालालाम्पुर
उडान दुइ तर्फी टिकट दस्तुर ८३४/००, एअरपोर्ट ट्याक्स १८६/००, जीवन बिमा ५४/००, १५
किलो सम्म सामानको दस्तुरी १००/०० फुटकर(प्रोसेसिंग) दस्तुर १६/०० यो सबैको हिसाब
जोड्दा मलेसियन रिंगेट ११९०/०० पुग्छ तर यसमा खानाको पैसा जोडिएको छैन ! ४० रिंगेट
थप्दा छुट्टै १५ किलो सामान र खान पनि दिन्छन भनेर भन्थे !
यो माथिको हिसाब बिश्वको तै नभनु
तर एसियाकै सबै भन्दा सस्तो सेवा दिने हवाई कम्पनि Air Asia को हो ! आज भन्दा ४/५
बर्ष अगाडी बाट अन्तर्राष्ट्रिय उडान भर्न सुरु गरेको यो कम्पनीले जहिले पनि
बर्षको उत्कृस्ट जाहाज कम्पनि भनेर पुरस्कार थाप्छ ! मैले कम्पनीको बढाई चढाई र बिज्ञापन गर्न लाइ यो लेख लेखेको हैन ! जाहाज त्यहि हो नेपालको जस्तै तर एउटा निजि कम्पनीले यति सस्तोमा आरामदायी सेवा दिन सक्छ भने सरकारी भनौदा नेपालको बायु सेवा कम्पनीले किन अत्याधिक महँगो दरमा टिकट बिक्रि गर्छ ? यो पंक्तिकारले धेरै पल्ट मलेसिया काठमान्डौ ओहर दोहर गरेको छ र गर्ने प्रकृया जारि नै छ ! सेवा सुबिधा कस्तो दिन्छ भनेर नेपालको मुसे जाहाजलाइ सोध्ने हो भने एक पल्ट चढे पछी अर्को पल्ट चढ्न मन लाग्दैन ! तै पनि हामि आफ्नै देशको बायु सेवा भनेर घिरौले नाक बनाएर चढ्छम र बिदेसी मित्र लाइ नेपालको नेताले देको जस्तै गरि धाक दिन्छ्म ! अर्काको प्लेन उडाउने त्यो एयर एसियाको साहुबा टोनी फर्नान्डिजले आफ्नै कम्पनि बनाएर जाहाज उडाउन थालेको १० बर्ष पनि राम्रो संग पुग्या छैन होला भने पहिला रास्ट्रिय उडान मात्र भर्थ्यो तर अहिले अन्तरराष्ट्रिय उडान भरेको पनि ५ बर्ष काटेको छैन ! आज उसको ठुला र साना गरि ४० भन्दा माथि जाहाज छ र १०० वटा नया बनाउनको लागि जाहाज बनाउने बोइंग कम्पनि लाइ आदेस पनि दिई सकेको छ ! हेर्नुस भिन्नता नेपाल संगै जाहाज उडाउन सुरु गरेको थाइल्याण्ड सित आज ठुला साना गरि २०० भन्दा माथिनै जाहाज होला तर हिजो पन्चेतको पालामा स्व.बिरेन्द्र राजाले जनताको कर र बिदेसी मित्र संग टोपी थापेर जोडेको जाहाजको कमाइमा आज स्यालको रजाइ छ ! २३ बर्ष भनेको त धेरै लामो समय हो ! १० बर्षमा ४० भन्दा माथि र १०० नया जाहाज बनाउन आदेस दिन सक्ने टोनी फर्नान्डिज जस्तै ह्याउ भाको मुन्छी नेपालमा कहिले जन्मेलान त ? जनता अब त्यहि दिन मात्र कुरी बसेका छन !
0 Comments:
Post a Comment