क्रान्ति क्रान्ति क्रान्ति ! हैन यो क्रान्ति भनेको के हो ? २००७ साल देखि आज
सम्म नेपालमा क्रान्ति भन्दा अरु केहि पनि भएन !यो क्रान्ति भनेको पनि खेति हो कि
क्या हो नेपाली राज नेताहरुको लागि ? २००७ सालको क्रान्ति राजा र प्रजा मिलेर
गरेको स्वतस्फुर्त क्रान्ति थियो जसको कारणले गर्दा राणाको शासन ढल्यो ! सम्बिधान
सभाको पहिलो माग नेपाली कांग्रेसको थियो तर कुकुर र बिरालो जस्तो पार्टीको कारणले
गर्दा संबिधान सभा बाट नभएर संसदको चैँ निर्वाचन गराए ! देसमा भारतीय फौज हुले !
देसकै ठुला नदिहरु मध्येको सप्तकोसी र गण्डक भारतलाई बुझाए ! यहि पारा भयो भने देस
कि सिक्किम कि भुटान हुन्छ भनेर नै बाध्य भएर स्व.राजा महेन्द्रले २०१७ को कदम
चालेका हुन ! यो कदम चाल्नलाई उक्साउने पनि खाँट्टी कांग्रेसीहरु बिस्वबन्धु थापा
र तुलसी गिरिहरुको जमात थियोनि ! के स्व.राजा महेन्द्र एक्लैले पंचायती ब्यबस्था
जन्माएका हुन् र ? दुम्जाका कोइरालाका सन्तानहरु बि.पी.देखि लिएर जी.पी.सम्म जुन
नेपालमा जन्मे पनि अंग्रेजकै पाला देखि भारतमा खाइ खेली हुर्केका हुन ! भारतको
स्वतन्त्रता संग्राममा निडर भएर लागेका थिए ! त्यही देखेर नै भारत स्वतन्त्रता भए
पछी त्यतिखेरका भारतीय नेताहरुले २००७ सालको क्रान्तिमा सहयोग पनि गरेका हुन !
नेपालका नेताहरुले भारतको क्रान्तिमा सहयोग गर्दा त्यो बापतमा के दियो नेपाललाई ? नेपालका
नेताहरुले १९५० को सन्धिको कुरा किन उठाएनन ? त्यतिखेर पनि त थियनि कम्युनिस्टका
नेताहरु मनमोहन, पुष्पलाल देखि अहिलेका बैद्य सम्म ? अनि किन हुले भारतीय फौज
नेपालमा ? ठुला नदिहरु भारतलाई बुझाउदा पनि किन बिरोध गरेनन ? तपसिलका कुरा तिनै
हुन जुन अस्ति पनि थियो, हिजो पनि थियो, आज पनि छ र भोलि पनि रही नै रहन्छ ! २०२६
सालमा स्व.राजा महेन्द्रले हाम्रो देशको सुरक्षा हामि आफै गर्छ्म ! हामीलाई बाहिरि
देसको सेनाको जरुरि छैन भने पनि र फिर्ता पठाए पनि ! के नेपालको अहिलेको राज
नेताहरुमा त्यसो गर्ने हिम्मत छ ? प्रधानमन्त्रीको सपथ खान भ्याको छैन दिल्ली
पुग्न हतार हुन्छ अहिलेको राजनेताहरुलाइ ! पंचायत कसले फ्याक्यो र किन र के को
लागि फ्याकियो त्यो कुरा नेपाली जनताले बल्ल बुझ्दैछन ! धेरै क्रान्तिमा नेपाली
जनताले नेता र तिनको पार्टीलाई साथ दिएका छन ! बदलामा के दियो त जनतालाई ? हिजो
पंचायत एक दलीय ब्यबस्था भनेर बिदेसिले नेपालमा सहयोगको असिना बर्साउदैन थिए !
अहिले सहयोगको बाढी लागेको छ र त्यो आउने क्रम जारि नै छ ! जुन जसरि आज त्यो दानको
पैसा नेपालमा भित्रेको छ हिजो त्यसै गरि पन्चेत्को पालामा पनि त्यसै गरि दानको
पैसा भित्रेको भए यो नेपाल भन्ने देस पनि सिंगापुर जस्तै भै सक्थ्यो तर त्यसो नभए
पनि आफ्नै औकात र केहि मित्र देसको सहयोगले देशमा सकेको बिकास गरेका नै थिए ! २०४६
सालको क्रान्ति पछी के ति उधोग कल कारखाना सग्ला छन ? खै त ति कल कारखानाहरु ?
भाषा र सब्द फेर्दैमा देशको बिकास कत्तिको हुदो रैछ त्यो नेपाली जनताले चाल पाई
सकेका छन ! कम्युनिस्ट पार्टीको महाधिबेसन गर्न लाइ ८ करोड खर्च हुन्छ ! काहा बाट
आयो त्यत्रो पैसा ? नेपालका सबै पार्टीको माहाधिबेसन यस्तै गरि करोडको हिसाबले
गर्ने हो भने कति खर्च हुने रैछ त ? क्यालकुलेटरमा पनि अट्दैन होला त्यो अंक ! यदि
त्यो पैसा देसको बिकास निर्माणमा खर्च गरेको भए हो सच्चा कम्युनिस्ट पार्टी रैछ
भनेर जनताले भन्थे ! स्टार होटलको भब्य बैठक कोठामा हुन्छ अहिलेका सर्बहारा
पार्टीको गोष्ठी र मिटिंग ! हिजो संगै मिलेर क्रान्ति गर्या हैन ? त्यो क्रान्तिले
गर्दा आज कति नेपाली बिदेसियका छन थाहा छ नेताज्यू हरुलाइ ? अनि अब फेरी के को लागि
नया क्रान्ति गर्ने ? पहिला त्यसको जवाफ नेताहरुले जनता लाइ दिनु पर्दछ ! भाषा र
सब्द बदलेर मिठा तथा उत्तेजना सब्द राखेर अथवा बोल्दैमा जनताले अब पत्याउनेवाला
छैनन ! क्रान्ति हैन जनतालाई यतिखेर काम, माम, ओखती र सिक्षा अनि टाउको लुकाउने
झुपडीको जरुरि छ ! त्यसैले तिमि हरुका क्रान्ति तिमीहरुनै राख र अब देखि यस्ता
क्रान्तिको कुरा गरेर जनतालाई मुर्ख बनाउने काम कुनै पनि पार्टीले नगर्नु ! धेरै
सासकहरु जनता द्द्वारा खेदिएका छन, मारिएका छन तर याहा त्यस्तो नहोस र बेलैमा बुद्धि
फिरोस नेपालका नेताहरुको अनि सबै लाइ चेतना पनि भया !
Home »
चर्चा / परिचर्चा
» अब फेरी किन र कस्को लागी जनताले क्रान्ति गर्ने ?
अब फेरी किन र कस्को लागी जनताले क्रान्ति गर्ने ?
Written By खांट्टी कुरा on Thursday, January 31, 2013 | January 31, 2013
Tags
चर्चा / परिचर्चा
Subscribe to:
Post Comments (Atom)
0 Comments:
Post a Comment