Home » » गोरु जस्तै नेपालको जाहाज !

गोरु जस्तै नेपालको जाहाज !

Written By खांट्टी कुरा on Wednesday, January 30, 2013 | January 30, 2013

हल गोरु लाइ बिहान चारा,कुँडो पानि दियो अनि बिहानको मेलो जोत्यो ! फुकायो ल्यायो फेरी चारा,कुँडो पानि दियो ! बिहानको हली आराम गर्छन अनि अर्का हलीले फेरी दाइ गर्न लिएर जान्छन ! सम्साँझ नपर्दै ति हली आउछन गोरु लिएर फेरी अर्का हली तयार भएर बसेका हुन्छन ! फेरी चारा,कुँडो पानि दियो बरा गोरु गोठा थच्चक्क के बस्न लागेका हुन्थे नाका नत्थी लाएर कोल पेल्न लान्छन ! यहि हो हाम्रा नेपालको गोरु जोत्ने हली र तिनका गोरुको कथा !
माथिको कथा संग
नेपाल बायु सेवा निगमको कथा ठ्याक्कै मेल खान्छ ! किसानको घरा १ हल गोरु छ भने जस्तै नेपालको सरकार संग पनि १ हल अर्थात २ थान अन्तर्राष्ट्रिय उडान भर्ने बोइंग जहाज छ ! जाहाज आउछ रनवे मा ओर्लिन पाको छैन अर्को पाइलटले हूईकाइ हाल्छन ! जसरि गोरुले दिनरात खटेको छ त्यस्तै गरि जाहाज पनि दिनरात उडेको छ ! गोरु बिरामी हुन्छ त्यस्तै जहाज पनि बेला बेला सिचेक भन्दै उपचार गर्न ब्रुनाई उड्छ !
बरा हली गरिब छ ! अर्को हल गोरु किन्न सक्ने उसको औकात छैन ! उसले आफ्ना र परिवारको पेट भर्नको लागि त्यो अबोध पशुलाई दिनरात पेलेको हुन्छ त्यस्तै छ नेपालको सरकार पनि !  किसानको हल गोरु जस्तै जाहाज किन्न सक्ने औकात नेपाल सरकारको छैन ! बिदेसिको अगाडी लाज नमानिकन खिसिक्क हात पसार्छन ! अहिले संसारमा राम राज्य छैन ! जताततै राबण राज्य छ ! २/४ लाखको भुरा गाडी भे पो दिन्थे ! करोडौ करोड पर्ने जाहाज किन्न लाइ किन सित्तैमा धन दिन दिन्थे र ! हिजो पन्चेले जनताको पसिनारुपी कर र स्व.राजा बिरेन्द्रले टोपी थापेर जोडेको तिनै  थोत्रो जाहाजको  क्माइको आम्दानि आज पार्टीरुपी असंख्य मालिक र तिनै जाहाजका कर्मचारीलाई ठिक छ ! बरा गोरुरुपी जाहाज मा चढ्न ठिक्क परेका हामी यात्रु चैँ समयमा जाहज नआएर हिस्स परेर होटेलमा स्थानान्तरण हुन बाध्य हुन्छम  ! नया लोकतान्त्रिक गणतान्त्रिक नेपाल बनाउछ्म भन्थें देखियो !
Share this article :

0 Comments:

Post a Comment

 
Support : Creating Website | Johny Template | Mas Template
Copyright © 2011. खांट्टी कुरा - All Rights Reserved
Template Created by Creating Website Published by Mas Template
Proudly powered by Blogger