Home » » के के बोल्छन हो हाम्रा नेताहरु ?

के के बोल्छन हो हाम्रा नेताहरु ?

Written By खांट्टी कुरा on Wednesday, January 30, 2013 | January 30, 2013

काभ्रेको धुलिखेलमा एमाओबादीको कार्यक्रममा एमाओबादीको सुप्रिमो क.प्रचण्डले नेपाली कांग्रेसका शिर्ष नेताहरुलाई गुण्डाको संज्ञा दिनु भयो ! एउटा कार्यक्रममा जाँदा वार्ताको लागि हदै सम्मको त्याग गर्छ्म भन्नु हुन्छ भने अर्को कार्यक्रममा जाँदा बिपक्षीहारुलाई सिधै 'गुण्डा' बनाइ दिनु हुन्छ ! के यसरि पनि देशले नया निकास पाउछ र ? उहाकै पार्टीका शिर्ष नेता पोस्ट बहादुर बोगटीले जेस्ठमा निर्वाचन हुन्छ भने जुनसुकै त्याग गरेर भए पनि हामि सरकार छोड्न तयारछ्म भन्नु हुन्छ भने आर्का शिर्ष नेता रायमाझी चैँ जेष्ठमा कुनै हालतमा निर्वाचन हुनै
सक्दैन भन्नु हुन्छ ! यसमा बिस्लेशण गरेर हेर्ने हो भने एमाओबादीमा अझै पनि चरम गुटबन्दी छ र भनाइ पनि त्यस्तै किसमले बाहिर आइ रहेको छ भनेर बुझ्ने कि नबुझ्ने ? पार्टीको प्रमुख भए पछी यो कुरा बोल्ने र यो कुरा नबोल्ने भनेर छलफल त हुन्छ होलानी ! मुढेबल र मुड्की देखाको भरमा शासन गर्न सकिदैन अधक्ष्य महोदय ! तपाइँहरु जति सक्तिसाली हुनुहुन्छ त्यतिनै बिपक्षीहरु पनि होलान ! जनताको नजरलाई आकने हो भने चैँ यो तपाइँ पार्टीहरुको रातदिनको कचकच चैँ लुतो न कन्याई हो ! तातो पिडालु भै सकेको छ राजनीतिक पार्टी तथा तिनका नेता अनि कार्यकर्ताहरु जनताको लागि ! यस्तो पारा देखाउने हो भने त्यो दिन अब धेरै टाढा छैन है जनता सडकमा ओर्लनलाइ ! राणा शासन होस् या पंचायत अथवा राजतन्त्र सडकमा ओर्लेका नेपाली जनता नै हुन ! हिजो जसरि जनतालाई उचालेर सडकमा ओरालेर राजतन्त्र फ्याक्नु भो भोलि तिनै जनताले फेरी स-सम्मान गद्धीमा बसाइ दिए भने त्यतिखेर राजनीतिक पार्टी तथा तिनका नेता, कार्यकर्ताको के हालत होला ? त्यसलाई कल्पना गर्नु होस है राजनीतिक पार्टीका नेताज्यू तथा पार्टीका कार्यकर्ताहरुले !
Share this article :

0 Comments:

Post a Comment

 
Support : Creating Website | Johny Template | Mas Template
Copyright © 2011. खांट्टी कुरा - All Rights Reserved
Template Created by Creating Website Published by Mas Template
Proudly powered by Blogger