Home » » गाम्घरका बुढापाकाको गुनासो !

गाम्घरका बुढापाकाको गुनासो !

Written By खांट्टी कुरा on Friday, October 19, 2012 | October 19, 2012

२०४६ सालमा जन्माइएको बहुदले व्यवस्थाले रास्ट्रिय पंचायतको अधक्ष्य तथा उपाध्यक्ष, अनी सदस्य बाट सभामुख, उपसभामुख र सांसद, जिल्ला पंचायत लाइ जिल्ला बिकास भनियो तर निर्वाचित हुनेका पद फेरिएको छैन ! त्यस्तै नगर पंचायत, गाउँ पंचायत का प्रधानपन्च, उप-प्रधान पन्च बाट मेयर, उपमेयर तथा अध्यक्ष र उपाध्यक्ष भए ! रास्ट्रिय राजमार्ग लाइ लोक मार्ग यस्तै यस्तै भेटे सम्मका र भ्याय सम्मकाको नयाँ न्वारन गर्दिए ! सेनाको सेनापती, पुलिसको महानिरीक्षक निजामती कर्मचारीको पदको न्वारान गर्नचैँ सकेनन वा ह्याउ नभएको हो बुझ्न सकियन ! नयाँ न्वारान हुने क्रम रोकिएको छैन जारि नै छ र कहिले सम्म जारि हुने हो त्यो नाम फेर्न रहर गरेका मस्त लहड्बाज हरुलाई नै थाहा होला !
देशको अस्थिर राजनिती अनी काम चलाउ सरकार छ ! नयाँ निकास दिनु पर्नेमा बिपक्षी पार्टीका नेताहरुको अनुरोध लाइ लत्याउदै ठुलो पार्टीका अधक्ष्य हुँ भनेर घमण्डले मदमत्त भाका क.प्रचण्ड युरोप भ्रमण भन्दै घुम्न निस्केछन ! बन्द हड्ताल, हत्या हिंडा, महंगी, लुटपाट, चोरि डकैति तथा कालाबजारी, अपहरण तथा फिरौती जस्ता घटनाले जरो गाड्यो ! महंगी र असुरक्षाले बाच्न मुस्किल परयो !    
देशको सिमाना फेरछ्म, सिंगापुर बनाउछ्म, मेलम्चीको पानी ल्यायर दिनहु राजधानीको सडक पखाल्छ्म ! बागमतीको जल लाइ निर्मल र निस्छल अनी देश र देश बासीको मुहार सधै हसिलो बनाउछ्म ! देशमा जताजतै बिकासै बिकास गर्छ्म भनेर भने ! मेलम्चीको सपना देखाउने बडाबालाइ जेमराजले फटाहा बोले भनेर काज फिर्ता बोलाए ! देसको सिमाना फेरछ्म भन्ने आज सत्तामा छन ! सिमाना यताबाट उता हैन उता बात यता सर्दैछ ! मेलम्चीको पानीको धार यता मोडिएको छैन ! ‘अबिरल् बग्दछ इन्द्रावती भन्दै’ पहिला जहाँ बाट बगेकी थिइन् आज पनी उतै बगी रहेकी छिन ! राजधानीको सडक बाट पैसा तिर्न नपर्ने सित्तैमा निस्केको सुद्द नेपाली बास्नादार पाउडरले चेली हरु सुन्दर देखिएका छन ! राजधानीमा जताततै बाट फैलिएको बास्नादार अत्तरको गन्धले बिदेसी पनी दंग परेका रैछन ! त्यसैले कारणले होला ‘भिजिट नेपाल’ गर्ने बिदेसी दात्री निकाय  अहिले औलामा नै गन्न सकिन्न रे ! पार्टीको झण्डा बोकेर धेरै पढ्ने बिदेस भासिय ! गरिबको दर्जाले सुसोभित भाकोहरु कोहि खाडीमा गधा जोत्ने, बेल्चा हान्ने आदि दस्तुर माफीक को काममा रमाएका छन ! राम्री राम्री छोरी चेली हरु ज्यान बेच्न कलकत्ता बम्बई अनी नराम्रीहरु जति अल्लाहको देसा बच्चा हेर्न, आची धुन र भाडा माझ्न काज खटी गाका छन ! गाउ घरमा मेला पात, अर्म पर्म गर्ने मान्छे त पर जावस बिरामी हुँदा स्वास्थ्य चौकि वा मान्छे मर्दा जाने मलामी धरी पाइन् छोड्यो ! के हामि र हाम्रा सन्तानहरुले ज्यान हत्केलामा थापेर ल्याएको प्रजातन्त्र र लोकतान्त्रिक गणतन्त्र भनेको यहि हो त बाबु ? भनेर अचेल गाउँ घरमा बुढापाकाहरुले भन्ने गरेका रैछन !

 
Share this article :

0 Comments:

Post a Comment

 
Support : Creating Website | Johny Template | Mas Template
Copyright © 2011. खांट्टी कुरा - All Rights Reserved
Template Created by Creating Website Published by Mas Template
Proudly powered by Blogger