Home » » चाडपर्वमा खर्च गर्ने प्रतिस्पर्धा नगरौ !

चाडपर्वमा खर्च गर्ने प्रतिस्पर्धा नगरौ !

Written By खांट्टी कुरा on Friday, October 19, 2012 | October 19, 2012

८ बर्ष भयो मैले मलेसियाको रास्ट्रिय चाडपर्वलाई नजिकबाट नियाल्न पाएको ! हाम्रो नेपालको दसैँ तिहार जस्तै ठुला चाड पर्वहरुमा प्राय जनवरी तथा फरवरीमा पर्ने मलेसियन चाइनिज हरुको चाइनिज न्यु इयर, अगस्ट तथा सेप्टेम्बरमा पर्ने इस्लाम धर्मालम्बी मलेहरुको हरी राया अर्थात इद, सेप्टेम्बर तथा अक्टुबरमा पर्ने हिन्दु मलेहरुको दिपावली र  डिसम्बरमा पर्ने मले क्रिस्चियन हरुको क्रिसमस अत्यन्तै धुमधामका साथ मनाउछन ! राम्रो नयाँ लुगा, मिठो खानपान तथा आफन्त नातागोता अनी मित्रजन को भेटघाट नै यी चाडबाड हरुको बिसेशता हो मलेसियामा ! न कुनै तडक भडक, न कुनै वादविवाद तथा झैँ झगडा अत्यन्त सरल सिस्ट तथा उल्लासमय वाताबरणमा चाडबाड मनाउनु मलेसियाली हरुको खुबी तथा बिसेशता रहेछ !

ठिक यसको उल्टो छ हाम्रो देश नेपालमा ! दसैँ तिहार जस्ता ठुला चाडवाड आउनु भन्दा पहिला देखिनै होडबाजीको प्रतियोगिता सुरु हुन्छ ! कसले धेरै किनमेल गरेर आफु ठुलो मान्छे भाको देखाउने ! हरेक चिजबस्तु खरिदमा पैसाको ठुलो महत्व हुन्छ ! पैसा कमाउनु लाइ दुख तथा मेहनत गर्नु पर्छ ! बिना श्रम तथा पसिना नचुहाई धन आर्जन गर्न सकिन्न ! कि नेता बनेर राज्यको ढुकुटी लुट्नु परयो कि कुनै बदमासी ! बैध अबैध तरिकाले ३५ लाख भन्दा बढी नेपाली आज बिदेसमा पसिना बेच्न बाध्य छन ! तिनीहरुलाई पनी चाडवाडको याद आउछ होला ! तर मुटुलाई गाठो पारेर पसिनाको मोल स्वदेशमा पठाई देका छन ! आडम्बरी समाज र देश लाई सहि मार्गमा डोर्याउन नसक्ने नालायक सरकारको कारणले गर्दा देसमा यति अराजक फैलिएको छ कि जसको कुनै बयान गरेर नै साध्य छैन ! चाडपर्ब आउनु भन्दा पहिला देखिनै धनको लोभमा हत्या, हिँसा, लुटपाट, काला बजारीले गर्दा जनता आक्रान्त भै सकेका छन ! यी सबै कुरा हरु थाहा पाउदा पाउदै पनी सरकारले चाहेर पनी नियन्त्रण गर्न सक्दैन ! गरोस पनी कसरि हिजो दिएका चन्दा तथा कमिसन रुपी नुनको सोझोले बाधिएका छन ! पार्टीका शिर्ष तहका देखि लिएर तल्लो तहका सम्मका नेता, कार्यकर्ता, देखि कर्मचारीहरु सम्म लाई भ्रस्ट व्यापारीले किनेका छन ! लगानी गरे पछी प्रतिफल निकाली हाल्छन ! आखिरमा  मारमा पर्ने त तिनै जनता न हुन !

चाडबाड आउछ जान्छ तर त्यसलाई मनाउन पनी जान्नु पर्छ ! हरेक कुरामा सिस्ट र घैर्यता हुनु पर्छ ! आफु ठुलो देखाउनु लाइ क्षेणिक समयमा जुन रकम खर्च हुन्छ गरिन्छ ! आखिरमा त्यो रकम कमाउने व्यक्ति घरको मुलिनै हुन ! के कसरि त्यो रकम कमाइएको हो त्यो पक्षलाई बुझ्नु जरुरि छ ! खर्च गर्ने भन्दैमा जथाभावी मनपरी खर्च गर्ने हो भने त्यसले घर परिवार तथा समाजमा राम्रो सन्देस चैँ पक्कै दिदैन ! श्रमको मुल्यलाई बुझेर सिस्ट सभ्य र सरल तरिकाले चाडपर्व मनाउने बानि बसालौ ! अर्काले घोडा चढ्यो भन्दैमा आफुले धुरी चढ्ने काम चैँ पक्कै राम्रो होइन ! अन्त्यमा सबैलाई बिजया दशमीको हार्दिक मंगलमय सुभकामना !
Share this article :

0 Comments:

Post a Comment

 
Support : Creating Website | Johny Template | Mas Template
Copyright © 2011. खांट्टी कुरा - All Rights Reserved
Template Created by Creating Website Published by Mas Template
Proudly powered by Blogger