आश्विन २७ गते
काठमाण्डौ को एउटा कार्यक्रममा नेपाली कांग्रेसको पुर्व महा मन्त्रि श्री कुल
बहादुर गुरुङ ज्युले आज यो समयमा आएर नेतृत्वकै कारण काँग्रेस पतनको दिशामा
जादैछ ! सत्ता र प्रधानमन्त्री को कुर्चिको खेलमा लागेर पार्टी बर्बाद भयो र यस्तै
भी रह्यो भने पार्टीनै समाप्त हुने दिन नजिकिदैछ भनेर राष्ट्रियताका विषयमा बीपी
विचार राष्ट्रिय समाजले शनिबार काठमाडौंमा गरेको कार्यक्रममा चिन्ता गर्दै भन्नु
भयो ! सत्य बोलेर के गर्नु
हुन्छ श्री कुल बहादुर गुरुङ ज्यु ? सत्य बोल्नेलाई कांग्रेसमा पाखा लगाइन्छ कि पार्टी छोडेर जानु
पर्ने बाध्यता बनाइदिन्छ त्याहा भित्रको चैते भाइरसले ! जुन दिन धन र बाहुबलीको
लोभमा स्व.गिरिजाले पार्टीमा चैते भित्र्याए त्यहि दिन बाट कांग्रेस ओरालो लाग्न सुरु
भएको हो भन्ने कुरा याहा हरु जस्ता धेरै पुराना तथा त्यागि नेताहरुलाई राम्रै संग
थाहा छ ! कांग्रेसका धेरै त्यागि नेताहरुले किन पार्टी प्रति मोह त्यागे ? स्व.गणेशमान, किसुनजी ले किन पार्टी छोड्नु भो ?त्यागि नेता रामहरी जोसीहरु किन पाखा
लगाइए ? त्यतिखेर पार्टी
छोड्ने ति त्यागि नेताहरु सत्यको पक्षमा थिए ! बडो दुख र कस्टले खडा गरेको पार्टी छोडेर जादा
त्यी त्यागि नेताहरुको हृदय कस्तो भयो होला ? आज नेपाली कांग्रसलाई तिनै महान त्यागि
नेताहरुको आसुले पोल्दैछ ! कांग्रेसको मूल मन्त्र "रास्ट्रियता, प्रजातन्त्र र समाजबाद" लाइ त
स्व.गिरिजाले कौडीका भाउमा उहिलेनै निलाम गरेका हुन ! सयौ बर्ष पुरानो राजतन्त्र
फालेर आफु रास्ट्रपति हुने लोभमा जुन दुस्साहस स्व.गिरिजाले गरे त्यसको लागि
इतिहासले कदापी माफ गर्ने छैन ! त्यसैले आजको मितिमा सत्य, निडर र निस्पक्ष भनेको समाजवाद र
प्रजातन्त्रको दुहाइ दिने कांग्रेसको नीति भित्र पर्दैन !पार्टी सभापति लाइ सुजाता
र सिटौला ले औलामा नचाएको छ ! मानौ ति दुइ जना मदारी र सुसिल कोइराला बादर हुन !
मदारिले जसो भन्यो बादर त्यसै गरि नाच्छ ! हो यहि फर्मुला तिनीहरुले लागु गरेका छन
! चाहेर पनि सुसिल कोइराला चु सम्म पनि गर्न सक्दैनन ! सेर बहादुर देउवा र
रामचन्द्र पौडेलको रोदन छुट्टै छ ! अचम्मको कुरा के छ भने देशका भए भरका सिक्षित
तथा प्रबुद्द वर्ग यस्तो हुदा पनि किन चुँ सम्म बोल्दैनन ? किन बिरोध तथा खबरदारी गर्दैनन त्यो चैँ
बुझी नसक्नुको कुरा छ !
Home »
» खबरदार नेपाली कांग्रेस पतनको दिसामा जादैछ !
खबरदार नेपाली कांग्रेस पतनको दिसामा जादैछ !
Written By खांट्टी कुरा on Friday, October 19, 2012 | October 19, 2012
Subscribe to:
Post Comments (Atom)
0 Comments:
Post a Comment