Friday, October 19, 2012

नो पे नो ट्याक्स ह्याप्पी ह्याप्पी वेलकम जय मसिह हरु !

जर्मनीको रोमन क्याथोलिक चर्चको टाउके 'बिसप' ले क्रिस्चियन धर्ममा लागेका मान्छेहरु मरे पछी गाड्ने बेलामा स्पेसल ट्याक्स अर्थात बिसेष कर दिएन भने त्यसको क्रिया कर्म गर्दैनौ भनेछ ! जर्मनीमा प्रत्येक व्यक्तिले बार्षिक आम्दानीको छुट्टै ८% धार्मिक कर अनिवार्य चर्चमा दाखिला गर्नु नत्र त्यस्तालाई हामी क्रिस्चियन भन्दैनौ पनि मान्दैनौ पनि भनेछन ! आफ्नै जनतालाई धर्मको नाउँमा लुटेर गरिब देशमा भ्याटिकन चर्च मार्फत धर्म परिवर्तन गराउने ? वाह वाह धर्म भनेको यस्तो हुनु पर्छ ! त्यसिले हाम्रो हिन्दु धर्ममा कुनै ट्याक्स तिर्नु पर्दैन ! आउनुहोस मानवहरु जय मसिह हैन जय भोले, सिताराम भन्दै हामि खुला हृदयले स्वागत गर्छ्म ! हिन्दु धर्म त्यस्तो धर्म हो जुन धर्म मान्न लाइ सुको तिर्नु पर्दैन ! हुन त भगवान भनेको आज सम्म कुनै माइकालालले देखेको छैन ! भगवान भनेको त् इश्वर हो र जुन नाम बात पनि पुकारे हुन्छ ! पैसो तिरेर धर्म मान्नु पर्ने ? हे राम यो कस्तो चलन हो ? हुने खानेले देलान तर गरिबले काहा बाट दिन्छन ! भ्याटिकन सिटीका ति बाजे पादरी इश्वर इश्वर सबै एक हो भन्दै शान्तिको माला जप्दै हिड्दा रैछन ‘लेकिन अन्डर हि अन्डर तो  कुछ  औरहि खिचडी पकरहाहे’ भनेको जस्तो पो रौछ हे गाठे यो कस्तो चलन ? तिनै कुइरेका संतान हरुले पनि आज नेपालमा बालुवामा पानि खन्याको जस्तै गरि युरो डलर बर्साको छ ! अनि भोलि नेपालमा जय मसि मा लाग्ने हरु सयकडा आठ तिर्दा ‘सोनार के सौ लोहार्के एक चोट’ हुन्छन कि हुदैनन ? पशुपति देखि गुह्यस्वरी होस वा जानको माता देखि कालीमाता जाहा सुकै जानुस माता पिताले आसिर्वादको साथ दर्शन दिनु हुन्छ ! सत्य मनले माग्नुस मन मुराद पुरा तर असत्यमा लागेर अर्का लाइ दुख दिने दुस्टको पदमा पुनु भाको रैछ भने लाखैको भेटि चढाए पनि हुने वाला केहि छैन !

..

भन्ने बेलामा सप्पै इश्वरको सन्तान, प्रभुको सन्तान भन्ने तर आफ्नै सन्तानलाई कर माथि कर ठोक्ने ति टाउके हरु कसरि प्रभुको सन्तान हुन्छन ? हाम्रो हिन्दु धर्ममा त त्यस्तालाई दानव भनिन्छ भने अर्काको घर उजाड़ने लाइ चैँ भस्मासुर ! सदियौ देखि हामि हरु आफ्नै तरिकाले आफ्नैपनले धर्म मान्दै आइ रहेका छौ ! दिनु पर्ने देबी देउतालाई हामि पशु बलि दिन्छ्म त्यो हाम्रो धर्म तथा संस्कृति हो ! हामि हरुले आज सम्म कसैको पनि धर्ममा हस्तक्षेप गरेका छैनौ र गर्दैनौ पनि ! हाम्रो धर्ममा पशु बलिको उल्लेख छ छैन भनेर खोजीनिती गर्दै अर्काको धर्ममा खलल पुर्याउने अधिकार यी युरो डलरे ठेकेदारहरुलाई कसले दियो ? के हामीहरुले तिनीहरुको धर्ममा हस्तक्षेप गरेका छम ! आफनै जनताको रगत चुसेर अर्काको देसमा लगेर त्यो रगत खन्याउनु पाप मात्रै हैन माहा पाप हो ! हाम्रो सास्त्रले भनेको छ दिन दुखीको सेवा सित्तैमा गर ! अर्कालाई दुख पिडा नदेउ ! त्यसो गर्यो भने इश्वर सदैब खुसि हुन्छन ! त्यसैले हाम्रो धर्म मान्नु लाइ पसिनाको कमाइ तिर्नु पर्दैन ! स्वेच्छाले  दाङ भेटि चढाउनु त्यो आफ्नो खुसीको कुरा हो ! मानि आएको धर्म मा लागेर बिरक्तिनु भाको छ भने आउनुहोस हाम्रो हिन्दु धर्मले त्यस्ता नैरास्य भएकाहरुलाइ प्रसन्न अनि खुला हृदयले स्वागत गर्दछ ! त्यसैले ह्याप्पी ह्याप्पी वेलकम जय मसिहहरु ! नो पे .. नो ट्याक्स अनि फ्री रिलिजन्स !
 

No comments: