Home » » के रातोदिन स्वास्नीको कचकच सुनी बस्छ्स ?

के रातोदिन स्वास्नीको कचकच सुनी बस्छ्स ?

Written By खांट्टी कुरा on Friday, October 19, 2012 | October 19, 2012

मेरो अत्यन्त मिल्ने साथी दुर्वासा ऋसीले झैँ क्रोधले हान्नियर आको देख्दा म झसंग भएर मनमनै सोचे आज पक्कै जोइपोइको बिचमा 'माक्क मुक्क भएछ ! अनि डराई डराई सोधे के भयो तलाई आज ? बडो दुर्वासा ऋषि मुनि झैँ देखिएको छस ! साथीले आँखा तरेर भन्यो देखिनस देशको हालत ! याहाँ आफ्नु महंगीले ढाड खुस्क्यो भन्दै वर्तमान बाउरामको सरकारलाइ ठसठस कन्दै २० टन बोकेर नागढुंगाको उकालो लागेको टाटाको थोत्रो ट्रकले फालेको धुँवा जस्तै धित मर्ने गरी गाली छोड्यो ! अनि मैले भने के गर्ने त यार हामि नेपालीको भाग्य नै यस्तो ! के के नै हुन्छ भनेर नेतालाई बुइ चढायौ ! पंचायत फाल्यौ अझ त्यतिलेनी नपुगेर नेताहरुको लहलहैमा लागेर त्यस्तो राम्रो २०४७ साले संबिधान लाइ लात हान्यौ ! यी अहिले 'अगी रांड जानिन,पछी रांड मानिन, बाघ लाग्यो घिच्च्याउन, रांड लाग्यो चिच्च्याउन भनेको झैँ भाछ ! अस्ति देखिनस हाम्रा जनताको छोरा भनाउदो प्रधान मन्त्रीको ताल ! मिडियाले ५० वटा गाडीको जन्ती लिएर महोत्तरी जिल्लाको फुलकाहाकट्टी मनहरबास्थित मुसहर बस्तीमा जानु भयो ! "प्रधान मन्त्रीले कोदोको रोटि संग माछाको तिहुन संगै घोंगी पनी खानु भो" भनेर अन लाइन पत्रिकाले बधाई चढाई छापेको ! तर त्यो अनलाइन पत्रिकाले छापेको तस्बिरमा केराको पातमा सेतो चामलको भात, तिहुन आदि इत्यादि परिकार अनि साइडमा मिनरल वाटर देखिदा देखिदै पनि कोदोको रोटि खायो भनेर कसरि छाप्न सकेको हँ ? अनी फेरी बि.बि.सी.नेपाली सेवाको सम्बाददाताले फुक्यो '५० वटा गाडीको जन्तीलाई भोज खुवाउन त्यो मुसहर दाज्युले दस हजार ऋण काढेको रैछ ! धन्य हो नेपालीको भाग्य ! के गर्छस त बाबै सुख पाउना लाइ कि हिरो बाबुराम बन्नु पर्यो कि कि मदेस्बादी दलका भिलेन नेता हुनु पर्यो ! कि रुन्चे प्रतिपक्ष कांग्रेसका सुसिल दादा, सिटौला, देउवा, पौडेल कि ढुलमुले एमालेका खनाल, नेपाल, वली बन्नु पर्यो ! नेता बन्न सक्दिन जस्तो लाग्छ र नेपालमा बाच्न सकिन्न जस्तो लागेमा सयकडा ५ मा लाख ऋण लिने अनि लाग्ने खाडीमा बेल्चा हान्न ! फेरी बिदेस जाने भने पछी त जसले पनी ऋण पत्याई हाल्छ क्या र ! कस्तो लाग्यो त तलाई मेरो आइडिया ? मेरो कुरा सुनेर साथी ट्वाल्ल पर्यो ! एक सब्द चुँक्क बोलेन हुन्छ /हुन्न केहि पनि भनेन र लुसुक्क बाटो लाग्यो तर म चैँ जिल्ल परेर त्यहि टोलाई बसे ! मनमनै भने संसारमा नेपालीहरु लाइ गोर्खे बीर भनेर चिन्थे ! अब गाइ जस्तै जति दुहे पनि बिरोध नगर्ने सोझो प्राणी अनि गधा जस्तै जोतिन मात्र जान्ने र जोतिदा जोतिदै पनि अनाहकमा हलीको कुटाइ खाने गोरु भनेर चिन्लान !

 
Share this article :

0 Comments:

Post a Comment

 
Support : Creating Website | Johny Template | Mas Template
Copyright © 2011. खांट्टी कुरा - All Rights Reserved
Template Created by Creating Website Published by Mas Template
Proudly powered by Blogger