Home » » त्यो सोध्ने र बुझ्ने कसले ?

त्यो सोध्ने र बुझ्ने कसले ?

Written By खांट्टी कुरा on Monday, October 22, 2012 | October 22, 2012

हिजो !
सरकार प्रभु हजुर साक्षात् देवाधिदेव बिष्णु अवतार होइबक्सिन्छ भनेर हिजो केहि मुट्ठी भरका पण्डित तथा काजीहरु कुर्लन्थे र तिनैले अनेक तिगडम गरि देशमा एक किसिमको पर्दा पछाडी बाट हुकुमी सासन चलाएका थिए !तल्लो जात र माथिल्लो जात भन्थे र भन्न लगाउथे !
आज !
तिनै मध्यका केहि पण्डित तथा काजीहरु बिदेसिको बुइ चढेर कसले भनेको राजा बिष्णु अवतार भन्दै धार्मिक सद्भाव  बिथोल्ने, देश टुक्रा टुक्रा पारेर नेपाली नेपाली बिचमा वैमनस्यता फैलाउने तथा द्रव्यको लोभमा धर्म परिवर्तन गराउदै हिडन समेत पछी परेका छैनन ! जसरि हिजो पर्दा पछाडीबाट हुकुमी शासन चलाएको थिए तर आज अगाडी बाटै हुकुमी शासन चलाएर देखाई दिएका छन !
भोलि !
यदि भोलि केहि गरि राजा फर्की हाले भने तिनै छट्टु पण्डित तथा काजीहरु सरकार, नाथ प्रभो हजुर नहुँदा हामि हरु सारै टुहुरो भाकोथ्यौ प्रभु भन्दै गोहीको आँसु चुहाउन समेत पछी पर्दैनन !
फरक !
जनता भनेको त जनता नै परे ! हिजो पनि आज पनि र भोलि पनी श्रम गरेर खाएका थिए, खादैछ्न र खान्छन पनी ! फरक यत्ति मात्र हो हिजो ढुक्क र शान्तिले बाचेका थिए तर आज पाइला पाइलामा बाच्नको लागी कर तिर्नु पर्छ ! नतिरे कति खेर जेमराजका हाजिर लगाउन पठाई दिने हुन भन्दै सुर्तामा बाच्नु परेको छ ! हिओ आफ्नो धार्मिक परम्परा मान्नु को लागि कहिँ कतै बाट बिरोध हुदैनथ्यो ! आज प्रभुको इसारामा 'पशु बली दिन पाइन्न' भन्दै कुर्लेका छन ! मुसलमानको धार्मिक परम्परा अनुसार पशु कुर्बानी गरिन्छ ! हुनेखाने अमिर सेठले पाए सम्म उट लाइ कुर्बानी गराउछन ! मासु खान लाइ ति पशुलाई नमारी हुदैन ! मार हान्न लाइ छ्प्क्याये पनी, बगरेले जस्तो हातखुट्टा मा लात्तले थिचेर घाटी रेटे पनी  अथवा कुर्बानी गरे पनी आखिर त्यो पशु सहिद नभए सम्म परिकार बन्दैन ! ति मालिकको कृपामा बाचेर उनीहरुकै इसारामा पशु बलिको बिरोध गर्नेले मासु खान्छन कि खादैनन ? अनी त्यो सोध्ने र बुझ्ने कसले ?  
Share this article :

0 Comments:

Post a Comment

 
Support : Creating Website | Johny Template | Mas Template
Copyright © 2011. खांट्टी कुरा - All Rights Reserved
Template Created by Creating Website Published by Mas Template
Proudly powered by Blogger