आज बि.बि.सी.नेपाली सेवा सुन्दा मलाइ म पनी नेपाली हुँ कि हैन भनेर सोच्न बाध्य पारयो ! नेपालमा जन्मेर नेपाली हौ भन्छन तर माओबादीका संस्थापन पक्षपट्टिका हौ भन्ने कामरेड महोदय हरुको कुरा मलाइ अत्यन्तै असोभनिय लाग्यो ! हिजो कथित जनयुद्द भन्दै देशको धरोहरहरुमा जिलेटिन पडकाएर ध्वस्त बनाएको कुरा नेपाली जनताहरुले भुलका छैनन ! संस्कृत भाषा माथी खुद अमेरिकीहरुले समेत सोध गर्दैछन ! किन गरेत ? उ त संसारकै सबैभन्दा सक्तिसाली रास्ट्र हो नि ! ति बिष्णु भक्त दुलालजी कुन जातिका परेछन ? तिनका महामहिमले धरी "जातीय राज्य दिन्छु भनेर हामीले ठुलो गल्ती गरेछौ" भनेर सार्वजनिक गरि सकेको कुरालाई अझै पनी जातीयताको वकालत किन र कसको इसारामा गर्दैछन ? मुसलमान धर्मालम्बिहरुलाई उनीहरुको पवित्र चाड रमजानमा १ महिना बिदा दिनु पर्छ भनेर के कुन हिसाबले भने र भन्दैछन ? खुद मुस्लिम देशमा समेत नभएको चलन किन बसाउनु खोज्दैछन ! तिनका नेताहरु पनी आज भोलि लुकीलुकी धर्मकर्म पुजापाठ गर्दैछन भनेर बेला बेलामा छापामा आउन थालेको छ भने ति दुलाल महासय किन हिन्दु धर्मको घोर बिरोधि बन्दैछन ? परापुर्बकाल देखी नेपाल हिन्दु राज्य हो भनेर सारा बिस्व जगतले समेत मानि सकेको अबस्थामा आज आएर अर्काको धर्म माथि धावा बोल्न तिनलाई अलिकति पनि लाज सरम किन नलागेको होला ! तिनका नेता वर्तमान प्र.म.बाबुराम भटराई अर्थ मन्त्रि हुँदा काठमाण्डौ उपत्यकाको पुजा खर्च रोक्दा तिनको के हालत भाको थियो ? होस् गर है नेताहो फिलिम हेरेको होलानी फिलिमको अन्त्यमा जनताले खलनायक नेताहरु लाइ के र कुन हालतले मरम्मत गर्ने गरेका छन र तिनीहरको अन्त्य कस्तो विभत्स तरिकाले हुन्छ ? त्यस्तो दिन अब नेपालमा छिट्टै नआउला भन्न सकिन्न ! बिदेसी दलालको बुइ चढेर देश भाडने काम गरेउ भने तिमीहरुको पतन अबस्य छ ! भगवान पशुपतिनाथले तिमि कुबुद्धिमा लागेकाहरुलाइ सद्बुद्धि प्रदान गरुन !
Home »
» कुबुद्धिमा लागेकाहरुलाइ सद्बुद्धि प्रदान गरुन !
कुबुद्धिमा लागेकाहरुलाइ सद्बुद्धि प्रदान गरुन !
Written By खांट्टी कुरा on Sunday, October 21, 2012 | October 21, 2012
Subscribe to:
Post Comments (Atom)
0 Comments:
Post a Comment