Latest Post

बिहारीहरुको मुद्दा मधेशको होइन

Written By खांट्टी कुरा on Friday, May 28, 2021 | May 28, 2021

राजतन्त्र किन फालियो ?

Written By खांट्टी कुरा on Wednesday, May 26, 2021 | May 26, 2021

 -भरत दाहाल

नेपालमा ईण्डियन जनसंख्या अतिक्रमणको योजनाका ६९ बर्ष

दलालहरुले कतिबेला के कस्ता अपराधहरु गर्दै आएका छन् ?

इतिहासले भन्छ- दलियताको अर्को अर्थ चरम नांगो देशद्रोह हो

राजाहरुका कारणले नै देश नागरिकता आक्रणबाट बचेको थियो

१. २००९ सालको संविधानमा जन्मको आधारमा नागरिकता दिने व्यवस्था गरे अनुसार ००७ सालपछि नेपाल पसेका सबै ईण्डियनहरुलाई नागरिकता प्रदान। कांग्रेसलाई मोहन सम्शेरको सरकारमा सामेल गराईदिए वापत ईण्डियालाई कांग्रेसले तिरेको नूनको भारा ।

२. २०१९ सालको संविधानमा राजा महृेन्द्रद्वारा जन्मको आधारको नागरिकता ऐनको प्रावधान खारेज ।

३. २०३७ सालको जनमत संग्रहमा ईण्डियन एजेन्ट सूर्यबहादुर थापाद्वारा पञ्चायतलाई जिताउने बहाना बनाएर मतदाता सूचीमा सामेल गरिएका ३८ लाख ईण्डियनहरुमध्ये २३ लाख ८७ हजार जनालाई जनमत संग्रहपछि नागरिकता प्रदान।

४. २०४७ सालको संविधानमा दरबारको असहमतिका कारणले जन्मको आधारको नागरिकता प्रावधान सामेल गर्न नसकेपछि २०५२ सादमा महन्त ठाकुर (त्यसबेला कांग्रेसका नेता) को आयोगबाट नेपालमा रहेका सबै ईण्डियनहरुलाई नागरिकता दिनु पर्ने भनि दिएको सुझाव दरबारको हस्तक्षेपमा असफल।

५. २०५४ सालमा जीतेन्द्रदेवको अध्यक्षतामा गठित नागरिकता वितरण आयोगले ६ दिनभित्र ३४,००० भन्दा बढी ईण्डियनहरुलाई वितरण गरेका नागरिकहरु २०५८ साउन ९ को सर्वोच्च अदालतको फैसलाबाट खारेज।

५. २०५४ सालमा बामदेव गौतमको गृहमन्त्रालयले विदेशीलाई मतदाता बनाउने कुनियतले स्थानिय निर्वाचन निर्देशिका जारी गरेर स्थानिय चुनावमा उठ्न र भोट हाल्न नागरिकता नचाहिने भनि गरेको ब्यवस्था सर्वोच्च अदालतको निर्णयबाट खारेज।

६. २०५७ जेठमा शेरबहादुरको सरकारको समयमा राज्य ब्यवस्था समितिले पारित गरेको नागरीकता संबन्धि निर्णयलाई प्रतिनिधिसभाले पारित गरेर अर्थ विधेयकभित्र घुसाई पारित गरेको विधेयक सर्वोच्चबाट राय लिई राजा वीरेन्द्रबाट२०५८ बैशाख १२ गते गैरसंवैधानिक घोषित गरी खारेज। त्यो विधेयक खारेज गरेको १ महिनापछि राजा वीरेन्द्रको हत्या।

७. २०६२ साल मंसीर ७ गते दिल्लीले गराएको १२ बुँदे समझदारीको बेला ईण्डियनहरुलाई नागरिकता दिनु पर्ने सर्तमा अनौपचारिक सहमति।

८. दिल्लीको १२ बुँदे समझदारीका बेला भएको गोप्य सहमति अनुसार नागरिकताका विषयमा दलहरुका बीचमा औपचारिक सहमति नगर्दासम्म बृहत शान्ति संझौता गर्न नदिने भनि दिल्लीले चेतावनी दिएपछि २०६३ साल कार्तिक २२ गते १२ बुँदे गर्ने दलहरुको बैठकबाट २०४६ साल चैत्र मसान्तलाई आधार बर्ष मानेर जन्मको आधारमा नागरिकता दिने निर्णय। यो निर्णयपछि मात्र ०६३ मंसीर ७ गते बृहत शान्ति संझौता गर्ने ईण्डियन अनुमति।

९. अन्तरिम संविधान जारी नहुँदै २०६३ साल मंसीर १० गते संसदबाट जन्मको आधारको नागरिकता ऐन पारित र पछि अन्तरिम संविधनमा सामेल।

१०. २०६९ साल फागुन ३० गते कांग्रेस, एमाले, एमाओवादी र मधेशवादीहरुको बैठकबाट जन्मको आधारमा नागरिकता लिएका विदेशीका सन्तानहरुलाई बंशजको नागरिकता दिने सहमति। यो सहमतिमा हस्ताक्षर गर्नेहरु सुशिल कोईराला, झलनाथ खनाल, प्रचण्ड र विजय गच्छेदार।

११. २०६९ साल चैत्र २९ गते खिलराज रेग्मीको मन्त्रीपरिषदको बैठकबाट दलहरुको सोही सहमतिलाई अध्यादेशका रुपमा जारी गरी रामवरण यादवद्वारा प्रमाणित।

१२ खिलराजको अध्यादेशबाट बनेको सोहि कानूनलाई २०७२ सालको संविधानमा सामेल।

१३. २०७५ सालमा नागरिकतालाई अझ खुकुलो बनाउने कुत्सीत उद्देश्यले नागरिकता संसोधन विधेयक प्रस्तुत।

१४. २०७५ सालमा प्रस्तु गरिएको तर टुंगो नलागेको सोहि विधेयक भित्रका २ वटा बुँदाहरु केपी ओलीद्वारा अध्यादेश जारी गरी विद्या भण्डारीबाट प्रमाणिकरण।

त्रिमुल पार्टीको अध्यक्ष भरत दाहालको फेसबुकबाट साभार

 

खै ट्रली (बिजुली बाट चल्ने) बस ?

Written By खांट्टी कुरा on Tuesday, May 25, 2021 | May 25, 2021

 

नेपालमा २०३२ पुस १४ देखि ट्रली बस सञ्चालनमा आएको थियो । तीन दशकसम्म राजधानीवासीलाई सेवा दिएको उक्त ट्रली बस २०६६ सालदेखि पूर्णरूपमा बन्द भयो । नेपालमा विद्युतीय बसको इतिहास चार दशकभन्दा लामो छ तर राजनीतिक खिचातानी र कार्यकर्ता भर्ती केन्द्रको रूपमा परिणत भएपछि चीन सरकारको अनुदानमा सहयोगमा सञ्चालित ‘ट्रली बस’ लामो समयसम्म सञ्चालन हुन सकेन ।  काठमाडौँबाट मध्यपुर ठिमी र भक्तपुरको सूर्यविनायकसम्म १३ किलोमिटर सडकमा सञ्चालन भएको ३२ वटा ट्रली बस अहिले कवाडीमा परिणत भइसकेको छ । ४३ वर्षअघि २२ ट्रली बससहित चीन सरकारले स्थापना गरिदिएको ट्रली बस सेवामा २०५२ सालमा दाताले १० बस थपेको थियो । बन्द हुने बेलासम्म नौवटा मात्र चालू अवस्थामा थिए ।

प्रजातन्त्र बर्खास्तीमा

 

२०१७ साल पौष १ गते स्व.श्री ५ महेन्द्रबाट प्रजातन्त्र बर्खास्त किन गरियो ?

हेटौडामा बिधुतिय सवदाह गृह बन्दै

तस्विर: जनकमान डङ्गोल

 हेटौडा उपमहानगर पालिका वार्ड नं. १० स्थित राप्ति नदीको तटमा  हेटौडा उपमहानगर पालिकाको आफ्नै लगानीमा बिधुतिय सवदाह गृह बन्ने भएको छ !

चाटुकारिताको उत्कृस्ट नमुना

 

तस्विर साभार: फेसबुकबाट

भाई फुट्दा फाइदा कसलाई भयो ?

Written By खांट्टी कुरा on Sunday, May 23, 2021 | May 23, 2021

तस्विर साभार: गुगल सर्च
तस्विर साभार: गुगल सर्च
  -जनकमान डङ्गोल

हिन्दु धर्म सहितको राजतन्त्र स्थापना हुनु पर्दछ भनेर कमल थापाले घोक्रो सुक्ने गरि कराए । हिजो कमल थापाको आवाजलाई सुर्य ग्रहणले छेकेकै हो ।

पूर्व पन्चहरु २०४६ साल पछी एक भएर लागेका हुन्थे भने आज आएर कांग्रेस देखि कम्युनिस्टहरुले जनताको टाउकोमा गिर खेल्न सक्दैन थिए । ओली विधा भएर आज रास्ट्रघाती नागरिकता विधेयक ल्याउने हिम्मत कसरि गर्थे ।

गोर्खालीको बुद्धि ढिलो पलाउछ भन्थे । अहिले आएर बल्ल पशुपति सम्सेर देखि प्रकाश चन्द्र लोहनीले देशमा राजतन्त्र स्थापना गर्नु पर्छ भनेर सामाजिक संजालमा लेखेछन । कम्तिमा ५ बर्ष अगाडी यस्तो बुद्धि किन आएन ? गणतन्त्रको नारा अलाप्दा घाटा कसलाई भयो ?

 
होस् गर्नुस महापन्चहरु छिमेकीले काखी च्याप्ने भनेको जसको जनमत धेरै छ उसैलाई हो । २०४६ पछी कांग्रेसलाई काखी च्यापेको छिमेकीले अहिले कम्युनिस्ट घटकको एक खेमा ओलीलाई माया गर्दैछ । हिजो माकुने देखि प्रचण्ड, सि.के राउत देखि बाबुराम उपेन्द्र सम्मलाई काँधमा बोकेर हिंडे । आफ्नो मतलब पुरा नहुने देखेसी जसले मतलब पुरा गर्छ उसैलाई काखी च्याप्ने हो । महन्थ ठाकुर देखि राजेन्द्र महतोलाई ढाल बनाएर ओलीलाई चक्रब्युहमा पारेको नतिजा ‘नागरिकता बिधेयक’ आयो हैन ?

अहिले जे जस्ता राजनीतिक घटना घट्यो त्यसो हुनुमा कांग्रेस कम्युनिस्ट जति दोषी छन त्यो भन्दा बढी दोषी राजाको नक्कली भजन गाउनेहरु छन भन्ने यो पंक्तिकारको ठम्याई हो ।

 

 

देशले फेरी राजतन्त्र खोजेको छ

Written By खांट्टी कुरा on Saturday, May 22, 2021 | May 22, 2021

हिजो पन्चको पालामा देसको पैसा बिदेस लैजान दिन्थेनन । देसका सत्रु केहि काला व्यापारीले  LC अर्थात (आयात प्रतित पत्र) को नाउँमा डलरको कालो धन्दा गर्न खोज्दा पनि पक्डाउ पर्थे । खेतानको LC (आयात प्रतित पत्र) काण्ड पनि नेपालीले भुलेका छैनन । खेतानहरु सबै मारवाडी ब्यापारी हुन ।

..

काँग्रेस भनेको पूंजीवादी सामन्तीको पार्टी भनेर आरोप लाउने कम्युनिस्टहरु हुन । पुजीपतिको घोर बिरोधमा तत्कालिन कम्युनिस्ट पार्टी माले अहिलेको एमालेले देसमा भएको सम्पूर्ण सरकारी देखि निजि कल कारखानामा काम गर्ने मजदुरहरु उचालेर बन्द हड्ताल गराएर पंचायती ब्यबस्था लाइ छुलछुल पार्थे । मजदुरले गरेको बन्द हड्तालमा तिनका भात्री संगठन त झन नकुर्लिने कुरै भएन । उहिले कम्युनिस्टको जत्तिको जनमत कांग्रेसको थिएन र अहिले पनि छैन । त्यहि भएर पछाडी बाट समर्थन गर्थे । बन्द, हड्ताल, नारा जुलुस, चक्का जाम देखि तोडफोडमा कम्युनिस्टहरुलाई कसैले पनि जित्न सक्दैन । तिनीहरुको भुस भरेको खोपडी अर्थात दिमागमा नै माओले घोकाइ दिएको मन्तर 'पुराना संरचना भत्काऊ र नयाँ निर्माण गर' भन्ने फिर्फिरीझैँ फनफन घुम्छ ।
..

पुराना भत्काउन जति सजिलो हुन्छ नया जोडन त्यति नै गारो हुन्छ । नया जोडन लाइ पुजी चाहिन्छ । अहिले यतिखेर पार्टीमा घुसेका यी तिनै मारवाडीहरु हुन जसले देसको संक्रमणकालको फाइदा उठाउँदै पैसा जति बिदेसमा लगेर थुपारेका छन । देसमा खोल्ने उधोग धन्दा बिदेसमा गएर खोलेका छन । मजदुरको पेटमा लात हान्यो भनेर हिजो आन्दोलन गर्न उक्साउने यी कम्युनिस्टको जमातेले तिनै पुजीपति मारवाडीलाइ किन र के को आधारमा पार्टीमा हुलेर मनोनित बिधायक बनाउदैछन ? देसको पुजी बिदेसमा लगेर उधोगधन्दा खोले पछी देसको मजदुर बेरोजगार हुन्छ कि हुँदैन ? आफ्नै मजदुरहरुलाइ बेरोजगार बनाउदैछ भन्ने थाहा हुँदा हुँदै पनि ति मजदुरका महा सत्रुलाइ गला जोडेर फुल माला र खादाको साथ पार्टीमा किन प्रबेस गराइयो ? अझै पनि पार्टीमा आस्था राख्ने हरुले यस्तो गम्भीर कुरालाइ नसोचेर हावाको तालमा थपडी बजाएर स्वागत गर्छन भने पछी गोहीको आँसु चुहाउनुको के अर्थ ? एमाले नामको कम्युनिस्ट पार्टी अब गरिब जनता मजदुरको पार्टी कि पुजीपतिको पार्टी ? यसको चिन्तन मनन गर्ने कस्ले ?
..

यो गम्भीर गल्ति सच्याउने कस्ले छात्तिमा हात राखेर सोच्नुस त । त्यसैले देसमा शान्ति नभए सम्म उधोग धन्दा कल कारखाना स्थापित गर्न सकिदैन । सान्तिको लागि अहिलेका यी पार्टीहरु बाट बिल्कुलै सम्भव छैन किनभने पैसा र पदको लागि यिनीहरुले आफ्नो आत्मालाई समेत बेच्न पछी पर्दैनन भन्ने कुरा हामीले यो ३० बर्षमा देखि भोगी सकेका छौ । यहि अबस्था रहेमा देस कुनै पनि बेला सिक्किमको स्थितिमा नपुग्ला भन्ने के बेर ।


..

काम नगारि माम पाइन्न । माम पाउनको लागी चाहिने रोजगार हो । रोजगारको लागि पुंजी चाहिन्छ तर पुजिपतिले पुजी जति बिदेसमा लगेर थुपारे पछी देसमा कसरि रोजगारको सिर्जना हुन्छ ? त्यसैले अहिलेको यो भाडभैलो लाइ ठेगानमा लगाउन कै लागि भए पनि केहि समयको लागि देसले फेरी २०१७ साल जस्तै कठोर ब्यबस्था खोजेको छ । राजतन्त्र बिना त्यो सम्भब छैन भने अब फेरी राजतन्त्र  पुनर्स्थापना किन नगर्ने ?

बेलायत जस्तो महासक्तिसाली देस होस् या कम्युनिस्टले गाँजेको देश कम्बोडियामा गुमेको राजतन्त्र पुन फर्किन सक्छ भने नेपालमा किन सक्दैन ? देस रहेपो पहिचान पाइन्छ ? आफुमा जुधेर लड्ने देखि बिदेसीको ताबेदारी गर्ने अहिलेका नेताहरुले देशमा मच्चाएको भाँडभैलोलाई  रोक्नकै निमित्त भए पनि नेपालमा फेरी एकपटक राजसंस्था लाइ पुनर्स्थापना गर्न अति आबस्यक भै सकेको छ ।
 

 

होम आइसोलेसनमा बस्नु भएका संक्रमितहरुलाई अनुरोध

Written By खांट्टी कुरा on Sunday, May 02, 2021 | May 02, 2021

होम आइसोलेसनमा बस्नु भएका संक्रमितहरुलाई अनुरोध - डा. रवीन्द्रपाण्डे  

१. थर्ममिटरबाट तापक्रम नापिरहनुहोला | ९८ – ९९ फरेनहाइटसम्म व्यक्ति अनुसार नर्मल तापक्रम हो | १०० पुग्यो भने पारासिटामोल खानुहोला | शरीर दुखेमा / टाउको दुखेमा पनि पारासिटामोल खान सकिन्छ |
२. पल्स अक्सिमिटरबाट अक्सिजनको स्तर नापिरहनुहोला | यदि ९४ भन्दा तल गयो भने घोप्टो परेर सुत्नुहोला | यसलाई प्रोन पोजिसन भनिन्छ | पेटमा २ वटा सिरानी, टाउकोमा एउटा सिरानी र खुट्टाको गोलिगाँठानेर एउटा सिरानी राखेर पेटको बलमा सुत्नुहोला | यसले फोक्सोको क्षमता बढाउछ | यसलाई प्राकृतिक भेन्टिलेटर पनि भनिन्छ |
३. भिटामिन सी २ पटक, जिंक २ पटक, भिटामिन डी हप्ताको १ पटक खानुहोला | आबश्यकता अनुसार पारासिटामोल, कफ सिरप / ट्याब्लेट खान सकिन्छ |
४. अक्सिजनको मात्रा ९४ भन्दा कम भएमा, ज्वरो आइरहेमा वा खोकी लागिरहेमा, सास फेर्न गाह्रो भएमा वा अन्य गाह्रो भएमा घरमा नबस्नुहोला | यो नयाँ भेरिएन्टले अचानक कोभिड निमोनिया गराउँछ | तसर्थ नजिकको कोभिड अस्पतालमा गएर चिकित्सकसंग जांच गराउनुहोला | छातीको एक्स रे वा सिटि स्क्यान गरेर फोक्सोको अवस्था अनुसार चिकित्सकको सिफारिसमा औषधि ( एन्टिभाइरल / एन्टिबायोटिक ) खानुपर्ने हुन्छ | कोभिड निमोनिया भएमा अस्पताल भर्ना हुनुपर्छ |
५. जांच नगरी घरमा अक्सिजन दिएर नबस्नुहोला | अक्सिजनले रोग निको गर्दैन | चिकित्सकको सिफारिस अनुसारको औषधिले मात्र निमोनिया वा अन्य अवस्था ठिक हुन्छ | अक्सिजन उपचार हैन | धेरै व्यक्तिले घरमै अक्सिजन दिएर फोक्सो ड्यामेज भएको अवस्था पनि छ |
६. एक रातमै अवस्था क्रिटिकल हुनसक्छ | तसर्थ गाह्रो भएमा भोलि अस्पताल जान्छु नभन्नुहोला | अस्पताल प्याक भएपनि त्यहाँ तपाइंले कुनै न् कुनै उपचार पाउनुहुन्छ |
७. अप्रमाणित औषधि सेवन गरेर वा अन्य संक्रमितलाई निको भएको औषधि खाएर समय एबम स्वास्थ्य नष्ट नगर्नुहोला | प्रतिरोध क्षमता रातारात वृद्धि हुँदैन | यो लामो प्रक्रियाबाट मात्र वृद्धि हुन्छ |
८. मरिच, बेसार,अदुवा, ज्वानो, दालचिनी, तुलसी, गुर्जो, जेठिमधु, पिपला, कागतीको रस राखेको चिया पटकपटक खानुहोला |
९. घरमा एकजना संक्रमित भएमा सबैको परीक्षण गराउनुहोला | यसपटकको प्रजाति निकै संक्रामक छ |
१०. घरको खानाको अतिरिक्त फलफूल, दुध, गेडागुडी, अण्डा, सुप आदि प्रशस्त खानुहोला |
११. पानीको बाफ लिंदा आराम हुन्छ |
१२. रक्सी, चुरोट तथा धेरै गुलियो पदार्थ / कोल्ड ड्रिंक्स सेवन नगर्नुहोला |
१३. हल्का ब्यायाम, पर्याप्त निद्रा तथा बिहान घाम ताप्ने गर्नुहोला |
१४. आफ्नो मानसिक अवस्थालाई सुदृढ एबम सबल राखुहोला | नआत्तिनुहोला |
१५. दिनमा १ /२ पटक मात्र समाचार हेर्नुहोला | सामाजिक संजाल नहेर्नुहोला | अनधिकृत समाचारले तनाव बढाउँछ |
१६. गाह्रो भएमा १०२ नम्बरमा फोन गरेर एम्बुलेन्स मगाउनुहोला, उपचारको लागि कोभिड हटलाइन ११३३,९८५१२५५४३८ र ९८५१२५५८३७ मा फोन गरेर उपचारको जानकारी लिनुहोला |

अहिले सम्मकै उत्कृस्ट कमेडी


 
Support : Creating Website | Johny Template | Mas Template
Copyright © 2011. खांट्टी कुरा - All Rights Reserved
Template Created by Creating Website Published by Mas Template
Proudly powered by Blogger