Latest Post

Showing posts with label समाचार. Show all posts
Showing posts with label समाचार. Show all posts

पहिला पुलिस आउँदा ढुङ्गामुढा गर्ने हातले अहिले फूलमाला लाएर स्वागत गर्न थाले

Written By खांट्टी कुरा on Sunday, December 25, 2016 | December 25, 2016



१० पुस काठमाडौं: हरेक वर्ष नेपाल प्रहरीको टोलीले प्राकृतिक तथा अबैधरुपमा लगाएको लागुऔषध गाँजाखेती नस्ट गर्दै आईरहेका थिए । प्रहरीले चलाएको अभियानमा गाँजा तस्करी देखि गाउँलेहरुले समेत भाँजो हाल्ने प्रयास गर्ने गर्थे ।
गत वर्ष प्रहरी टोली मकवानपुर जिल्लाको नामटार गाउँमा पुग्दा स्थानीयले ढुङ्गामुढा मात्रै गरेनन्, भरुवा बन्दुक समेत चलाए । गाँजाखेती नष्ट गर्न गएका प्रहरीमाथि उनीहरुले नै आक्रमण गरेका थिए । जमाना बदलिन्छ भन्थे । तर अहिले त्यहीं गाउँमा प्रहरीको टोलि पुग्दा स्थानीयले फूलमाला लगाएर प्रहरीको स्वागत गरेका छन् ।
गाँजा तस्करीहरुको मोहजालमा फसेर पहिला गाँजाखेतीप्रति आकषिर्त नामटारका स्थानीय जनताहरुले अहिले लागूऔषधविरुद्धको अभियानमा सक्रिय छन् । उनीहरु लागूऔषधविरुद्ध हुने कुनै पनि कार्यक्रम छुटाउँदैनन् ।
पहिला गाँजाखेती हुने उक्त गाउँको जग्गामा अहिले अदुवा खेती हुन थालेको छ । अदुवा खेतीबाट नामटारका स्थानीयले मनग्ये आम्दानी गर्ने गरेका छन् । नगदे बालीबाटनै मनग्गे आम्दानि हुन थालेपछि किसानहरुले ज्यु ज्यान जोखिममा पारेर अबैध लागु औषध गाँजा खेति गर्न च्वाट्टै छाडेका छन ।
यहाँको गाँजाखेतीमा भारतीय तस्करहरुको लगानी हुने गरेको थियो । अहिले भारतले पनि कडाई गरेका कारण गाँजा खेतीमा कमी आएको स्थानीय कालिका उच्च माविका सहायक प्रधानाध्यापक रामप्रसाद कालाखेतीले वताए भनेर रिपोटर्स अनलाईनले लेखेको छ  

गरुडले आफ्नो सुरक्षाकर्मीहरुलाई दियो रिफ्रेसमेन्ट तालीम

Written By खांट्टी कुरा on Saturday, December 24, 2016 | December 24, 2016


९, पौष/ई-कोशी डटकम गरुड सेक्युरिटिज प्रा.ली केन्द्रिय कार्यालय काठमान्डौको निर्देशनमा शनिवार क्षेत्रीय कार्यालय हेटौडाको आयोजनामा गरुड सेक्युरिटिज प्रा.लि क्षेत्रीय कार्यालय हेटौडाले हेटौडा औधोगिक क्षेत्र तथा बजार ईलाका अन्तर्गत विभिन्न प्राईभेट बैंक तथा उधोगहरुमा कार्यरत रहेका  आफ्नो सुरक्षाकर्मीहरुलाई रिफ्रेसमेन्ट तालीम दिंदै जाने सिलसिलामा एसियन पेन्ट्स नेपाल प्रा.लि मा तैनाथ रहेका १३ जना सुरक्षाकर्मीहरुलाई सुरक्षा सम्बन्धि रिफ्रेसमेन्ट तालीम दिएको छ । 

गरुड सेक्युरिटिज प्रा.लि क्षेत्रीय कार्यालय हेटौडाका नि.क्षेत्रीय प्रमुख प्रल्हाद घिमिरे तथा सुपरभाईजर जनक कुमार डंगोलले एसियन पेन्टस नेपाल प्रा.ली मा रहेका सुरक्षाकर्मीहरुलाई तालीम दिनु भएको थियो । साथै उक्त तालिम आफ्ना अन्य पोस्टहरुमा तैनाथ रहेका सुरक्षाकर्मीहरुलाई क्रमश दिईदैजाने नि.क्षेत्रीय प्रमुख प्रल्हाद घिमिरेले बताएका छन ।

स्वास्थ्य मन्त्री गगन थापाले एक पछी आर्को छलांग मारेर देखाए



९,पौष २०७३: नेपाली कांग्रेसका युवा नेता गगन थापा स्वास्थ्य मन्त्रि भए पछी स्वास्थ्य सम्बन्धि धेरै महत्वपूर्ण निर्णयहरु भएको छ ।

त्यसै सन्दर्भमा  देशका पूर्वविशिष्ट पदाधिकारी तथा विशिष्ट नागरिकहरुलाई प्रत्य्केक सरकारले मनपरी उपचार खर्च दिंदै आएको भनी आलोचित मन्त्रिपरिषद् बैठकले  अबदेखि उपचार खर्चको लागि १५ लाख रुपैंयाभन्दा बढी दिन नपाउने भन्ने नियम बनाएको छ ।  

आर्थिक सहायतालाई व्यवस्थित गर्न भन्दै बनेको एउटा कार्यविधिलाई मन्त्रिपरिषद्को विधेयक समितिले संशोधन गरेसँगै यस्तो व्यवस्था लागू हुने भएको हो । आर्थिक सहायताको व्यवस्थापनमा पूर्वविशिष्ट पदाधिकारीहरु देखि साहित्यकार, कलाकार जस्ता राष्ट्रिय जीवनमा योगदान पुर्याउनेहरुबीचमा भने एकरुपता देखिएको छैन ।

कसैलाई काखा कसैलाई पाखा नगरिकन सबैलाई समान सम्झेर स्वास्थ्य मन्त्रि गगन थापाले यस्ता बिषयमा पनि सोच्नु जरुरि छ ।

प्रचन्डले फटाहा कुरा गरेर जनता झुक्याउदैछन



बिना कानून चुनाव कसरि हुन्छ ?

९, सनिवार २०७३: केन्द्र, प्रदेस र स्थानीय चुनाव एकै साथ् हुन्छ भनेर केहि दिन देखि मा.के अध्यक्ष तथा सरकार प्रमुख प्रचण्डले जनतालाई सुनाउदै हिंडेका छन ।
यसै बिषयमा निर्वाचन गराउने जिम्मा लिएको प्रमुख निर्वाचन आयुक्त अयोधीप्रसाद यादवले केन्द्र प्रदेशसभा र स्थानीय निकाय तीनथरीको एकसाथ निर्वाचन कुनै हालतमा सम्भव नभएको बताएका छन् भनेर बि.बि.सी नेपाली सेवाले लेखेको छ ।
प्रधानमन्त्री प्रचण्डले केन्द्र, प्रदेश र स्थानीय निकायको निर्वाचन एक साथ गर्न सकिने शुक्रबार काठमाण्डूमा आयोजित एक कार्यक्रममा बताएपछि प्रमुख आयुक्तले त्यो सम्भव नरहेको बताएका हुन् ।
कानूनी, प्राविधिक र प्रशासनिक तीनवटै कारणले एकैपटक तीन निर्वाचन गर्न सम्भव नरहेको प्रमुख आयुक्त यादवको भनाइ छ तर  एकपछि अर्को चुनाव गर्न भने आयोग तम्तयार रहेको उनले बताए ।
आयुक्त यादवले भने, "निर्वाचन आयोग सबै किसिमका निर्वाचन गराउन तयार छ । प्राविधिक प्रशासनिक सबै दृष्टिकोणबाट तर कानून आएको छैन ।कानून बिना चुनाव कसरि सम्भव हुन्छ ?
नेपालको नेताहरु काम एउटा र कुरो आर्को गर्छन भन्नेकुरा यसैबाट थाहा हुन्छ ।

पार्टीका पछी लागेर देस खत्तम भो, चिन्ता लिने कोहि देखिएन देसको चिन्ता राजालाई मात्र रैछ

Written By खांट्टी कुरा on Thursday, December 22, 2016 | December 22, 2016

नयाँ बर्ष, चाडपर्व तथा प्रजातन्त्र दिबसको बेलामा बिज्ञप्ति निकाल्ने गरेका निलम्बित राजा ज्ञानेन्द्र शाहले हिजो मिति २०७३/०९/०६ गते आक्रोशपूर्ण प्रेश बिज्ञप्ति जारि गर्नु भएको छ ।
 किन निकाल्नु पर्यो यस्तो आक्रोशपूर्ण बिज्ञप्ति ?
देसको चिन्ता राजा र राजभक्तहरुले मात्र लिनु पर्ने हो ?
पार्टीका नेताहरुको पछी लागेर पार्टी जिन्दाबाद नेताको जय होस् भन्दै गयौ भने बीर नेपालीहरुले आफ्नो रास्ट्रको पहिचान गुमाउने दिन धेरै छैन त्यसैले जानाजानी आफ्नो खुट्टामा आफैले बन्चरो हान्ने काम नगरौ  !
पढ्नुहोस गद्दी छाडन बाध्य बनाईएका निलम्बित राजाले जारि गर्नु भएको प्रेश बिज्ञप्ति !

बिग्य भन्छन राजधानी काठमान्डौमा बायु प्रदुषण उल्का संग बढेको छ

Written By खांट्टी कुरा on Tuesday, December 20, 2016 | December 20, 2016

४ पुस, काठमाडौं: बिदेस जाने टन्न पैसा कमाउने र राजधानीमा एउटा गतिलो घडेरी जोडेर घर बनाएर परिवारलाई सुखले पाल्ने । बिदेस जाने प्राय नेपालीहरुले मनमा साँचेको सपना यस्तै हुन्छन ।

एकपटक राम्रो स्थानमा काज सरुवा जान पाए केहि सम्पति जोड्न सकिन्थ्यो । त्यसैमा संचयकोषको रकम थप्दा एउटा जाबो घडेरी जोडन कसो नसकिएला । घर भनेको बिस्तारै बनाउदै जाउँला । रास्ट्र सेवक कर्मचारीहरुले मनमा पाल्ने सपनाहरु पनि यस्तै हुन्छन ।
ब्यापारी देखि राजनीतिगर्नेहरु त झन् अनिवार्यरुपमानै राजधानी बस्नु पर्ने भएकोले तिनीहरुले पनि बाध्यतामै परेर भए पनि घर घडेरी जोड्नु पर्ने हुन्छ ।
तर,
सबैजना राजधानीमै बसेर घर बनाउने, सुबिधाको लागी गाडी खरिद देखि व्यापारीहरुले कलकारखाना उधोग धन्दा खोल्दा राजधानी काठमाडौं उपत्यका र आसपासका जिल्लाहरुमा वायुु प्रदुुषण भने निकै बढेको पाइएको छ ।
वातावरण विभागले गरेको वायुु गुुणस्तर अनुुगमनले उपत्यकामा व्यापकरुपमा प्रदुुषण बढेको देखाएको छ ।
अनुुगमनअनुुसार बिहानको समयमा सबैभन्दा बढी वायुु प्रदुुषण हुने गरेको छ । ‘बिहानको समयमा धुुलोको कणहरु अत्याधिक मात्रामा देखिएकाले त्यसलाई मानिसले श्वास लिदा मुखबाट भित्र छिरी स्वास्थ्यमा असर पारिरहेको जनसंख्या वातावरण मन्त्रालयका सचिव डा. विश्वनाथ ओलीले बताएका छन ।
घर बनाएर सुखको जिवन बिताएर राजधानी बस्ने लालसामा मानिसहरुले आफ्नै आयु छोट्याउदै विभिन्न रोगहरुको सिकार हुनु परेको तथ्य जान्दाजान्दै पनि सबैको रोजाई राजधानी बन्नु भनेको जानाजानी आफ्नै खुट्टामा बन्चरो हान्नु हो ।

ओलीले भने, “खबरदार ! जबरजस्ती प्रस्ताव पेश गरे,राम्रो हुँदैन्”

Written By खांट्टी कुरा on Monday, December 19, 2016 | December 19, 2016

 
 ४, पुस काठमाडौं: सभामुख ओनसरी घर्तीमगरको आह्वानमा बसेको प्रमुख तीन दलको शीर्ष बैठकमा  नेताहरुवीच गाँड कोराकोर देखि आरोप प्रत्यारोप भएर बिना निष्कर्ष बैठक टुंगिएको छ ।
प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली कडा रुपमा प्रस्तुत हुँदै सत्तारुढ दललाई जबरजस्ती संविधान संशोधन प्रस्ताव पेश नगर्न चेतावनी दिएका छन् । बैठकमा उनले एमाले हुँदा हुँदै संसदमा संशोधन प्रस्ताव पेश गर्ने चेष्टा नगर्न प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई खरो निर्देशन समेत दिएका छन् ।

अध्यक्ष ओलीले संविधान संशोधन प्रस्ताव अत्यन्तै महत्वपूर्ण प्रस्ताव भएकाले यसलाई सहमतिमा लैजानुपर्ने तर प्रधानमन्त्री प्रचण्डले भने आफूलाई अहिलेसम्म एमालेले कहिल्यैपनि सहयोग नगरेको गुनासे पोख्दै बैठकमा प्रधानमन्त्री दाहालले एमाले अध्यक्ष ओलीलाई भनेको भनाईउद्धत गर्दै स्रोतले भन्यो,“तपाईहरुले मलाई कहिल्यै सहयोग गर्नुभएन, तर मैले तपाईहरुलाई लाई ठूलो गुण लगाएको छु, मैले गरेको गुण देख्नु भएन त्यसैले अब म जसरी पनि प्रस्ताव सदनमा पेश गर्छु ।”

प्रचण्डले संशोधन प्रस्ताव बुहमत पुर्याउन नदिनको लागि अध्यक्ष ओलीलाई चूनौति समेत दिएका छन । सत्ता पक्ष तथा विपक्षहरुको जुहारीले गर्दा संबिधान संशोधन हुने वा नहुने भन्ने यसै भन्न सकिन्न किनभने दुवै पक्ष बीच यतिखेर बलेको आगो निभाउने भन्दा बलेको आगोमा घ्यु थप्ने काम मात्र भएको देखिदैछ ।

रोकिएन महिला कामदारहरुको तस्करी

४, पौष काठमाडौं: सरकारले वैदेशिक रोजगारीका लागि नेपाली महिलालाई पठाउन प्रतिबन्ध लगाएका देशहरुमा तस्करहरुले नयाँ रुटबाट महिला कामदारहरु पठाउने गरेको पाइएको छ । तस्कर समूहका तीन जनालाई प्रहरीले पक्राउ गरेपछि तस्करीको नयाँ रुट पत्ता लागेको हो ।

तस्करहरुले स्थलमार्गबाट भारत, श्रीलंका हुँदै कुवेत ओमानलगायतका देशहरुमा देशहरुमा महिलाहरुलाई पठाउने गरेको खुलासा भएको छ । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरोले तस्करहरुले युवतीहरुलाई आकर्षक तलबको प्रलोभनमा पारेर लैजाने गरेको जनाएको छ ।

नवलपरासी लुम्कीवास ३ का ३५ वर्षीय रजकुमार खरेल, ताप्लेजुङ फुलबारी ७ का ४६ वर्षका पूर्णबहादुर लिम्बु र रुपन्देही गंगोलिया ६का ४१ वर्षीय हरीप्रसाद थारुलाई प्रहरीले पक्राउ गरेसँगै तस्करीको नयाँ रुट पत्ता लागेको हो ।
 
Support : Creating Website | Johny Template | Mas Template
Copyright © 2011. खांट्टी कुरा - All Rights Reserved
Template Created by Creating Website Published by Mas Template
Proudly powered by Blogger