बिना कानून चुनाव कसरि हुन्छ ?
९, सनिवार २०७३: केन्द्र, प्रदेस
र स्थानीय चुनाव एकै साथ् हुन्छ भनेर केहि दिन देखि मा.के अध्यक्ष तथा सरकार
प्रमुख प्रचण्डले जनतालाई सुनाउदै हिंडेका छन ।
यसै बिषयमा
निर्वाचन गराउने जिम्मा लिएको प्रमुख निर्वाचन आयुक्त अयोधीप्रसाद यादवले केन्द्र
प्रदेशसभा र स्थानीय निकाय तीनथरीको एकसाथ निर्वाचन कुनै हालतमा सम्भव नभएको
बताएका छन् भनेर बि.बि.सी नेपाली सेवाले लेखेको छ ।
प्रधानमन्त्री
प्रचण्डले केन्द्र, प्रदेश र स्थानीय निकायको निर्वाचन एक साथ गर्न सकिने शुक्रबार
काठमाण्डूमा आयोजित एक कार्यक्रममा बताएपछि प्रमुख आयुक्तले त्यो सम्भव नरहेको
बताएका हुन् ।
कानूनी, प्राविधिक र प्रशासनिक तीनवटै कारणले
एकैपटक तीन निर्वाचन गर्न सम्भव नरहेको प्रमुख आयुक्त यादवको भनाइ छ तर एकपछि अर्को चुनाव गर्न भने आयोग तम्तयार रहेको
उनले बताए ।
आयुक्त यादवले भने, "निर्वाचन आयोग सबै किसिमका निर्वाचन
गराउन तयार छ । प्राविधिक प्रशासनिक सबै दृष्टिकोणबाट तर कानून आएको छैन ।कानून
बिना चुनाव कसरि सम्भव हुन्छ ?
नेपालको नेताहरु
काम एउटा र कुरो आर्को गर्छन भन्नेकुरा यसैबाट थाहा हुन्छ ।
0 Comments:
Post a Comment