Sunday, December 25, 2016

पहिला पुलिस आउँदा ढुङ्गामुढा गर्ने हातले अहिले फूलमाला लाएर स्वागत गर्न थाले



१० पुस काठमाडौं: हरेक वर्ष नेपाल प्रहरीको टोलीले प्राकृतिक तथा अबैधरुपमा लगाएको लागुऔषध गाँजाखेती नस्ट गर्दै आईरहेका थिए । प्रहरीले चलाएको अभियानमा गाँजा तस्करी देखि गाउँलेहरुले समेत भाँजो हाल्ने प्रयास गर्ने गर्थे ।
गत वर्ष प्रहरी टोली मकवानपुर जिल्लाको नामटार गाउँमा पुग्दा स्थानीयले ढुङ्गामुढा मात्रै गरेनन्, भरुवा बन्दुक समेत चलाए । गाँजाखेती नष्ट गर्न गएका प्रहरीमाथि उनीहरुले नै आक्रमण गरेका थिए । जमाना बदलिन्छ भन्थे । तर अहिले त्यहीं गाउँमा प्रहरीको टोलि पुग्दा स्थानीयले फूलमाला लगाएर प्रहरीको स्वागत गरेका छन् ।
गाँजा तस्करीहरुको मोहजालमा फसेर पहिला गाँजाखेतीप्रति आकषिर्त नामटारका स्थानीय जनताहरुले अहिले लागूऔषधविरुद्धको अभियानमा सक्रिय छन् । उनीहरु लागूऔषधविरुद्ध हुने कुनै पनि कार्यक्रम छुटाउँदैनन् ।
पहिला गाँजाखेती हुने उक्त गाउँको जग्गामा अहिले अदुवा खेती हुन थालेको छ । अदुवा खेतीबाट नामटारका स्थानीयले मनग्ये आम्दानी गर्ने गरेका छन् । नगदे बालीबाटनै मनग्गे आम्दानि हुन थालेपछि किसानहरुले ज्यु ज्यान जोखिममा पारेर अबैध लागु औषध गाँजा खेति गर्न च्वाट्टै छाडेका छन ।
यहाँको गाँजाखेतीमा भारतीय तस्करहरुको लगानी हुने गरेको थियो । अहिले भारतले पनि कडाई गरेका कारण गाँजा खेतीमा कमी आएको स्थानीय कालिका उच्च माविका सहायक प्रधानाध्यापक रामप्रसाद कालाखेतीले वताए भनेर रिपोटर्स अनलाईनले लेखेको छ  

No comments: