Home » » दुवै मृगौला पिडित आमाछोरालाई सहयोग रकम हस्तान्तरण

दुवै मृगौला पिडित आमाछोरालाई सहयोग रकम हस्तान्तरण

Written By खांट्टी कुरा on Sunday, December 25, 2016 | December 25, 2016




१०, पौष/जनकमान डंगोल:मकवानपुर जागरण अभियानले दुवै मृगौला पीडित भएका आमा छोरालाई उपचारार्थ सहयोग संकलन गर्दै आएको थियो  दुबै मृर्गौला फेल भई आर्थिक अभावमा उपचार गर्न नसकेका आमा ४२ वर्षीय विनिता उप्रेती तथा छोरा २१ वर्षीय आशिष उप्रेतीलाई  आज हेटौडामा पत्रकार सम्मेलन गरेर ४ लाख ५२ हजार ५ सय ६० रुपैँया रकम हस्तान्तरण गरेको हो ।

विभिन्न सञ्चार माध्यममा आर्थिक अभावमा उपचार नहुँदा मृत्यु कुर्दै आमा छोरा भन्ने समाचार प्रकाशन भएपछि जागरण अभियानले सहयोग संकलन अभियान सुरु गरेको थियो । रौतहटको चन्द्रनिगहापुर घर भई हेटौडामा ठेलामा फलफुल ब्यवसाय गर्दै आएकी उप्रेती आफै र उनका छोरा आशिषको दुबै मृर्गौला फेल भएपछि उनीहरु उपचार अभावमा छटपटाएको देख्न नसकेर सहयोग गरिएको जागरण अभियान मकवानपुरका अध्यक्ष कृष्णराज कोइरालाले बताए ।

कार्यक्रममा बोल्दै मृगौला पीडित विनिताले ४ वर्ष पहिले मृगौला जाँचगर्दा ५० प्रतिशत समस्या देखिएकोमा अहिले ८० देखि १०० प्रतिशत सम्म समस्या देखेको छ, त्यसको उपचार भनेको मृगौला प्रत्यारोपण रहेको बताइन् । मृगौला प्रत्यारोपण हाम्रो लागि निकै महत्वपूर्ण हो, त्यो भन्दा जटिल प्रत्यारोपण पछि आउने र एक महिनामा एकलाख रुपैया बराबरको औषधी सेवन गर्नुपर्ने हुन्छ, त्यो हाम्रो लागि समस्याको कुरा हो ।’– उनले भनिन् । 

पत्रकार सम्मेलनमा निकै भावुक बनेकी उनले आफ्नो जीवन बचाउनको लागि सहयोग गर्ने सबैलाई धन्यवाद दिईन् । ४ वर्ष पहिले आफ्नो मृर्गौलामा समस्या भएको थाहापाएपछि उपचार गर्दै आएकी उप्रेतीले आफ्नो  छोरामा पनि आफुलाई जस्तै समस्या देखिदा स्वास्थ्य जाँच गराएकी थिइन् । जाँच गराउँदा दुवै मृगौला फेल भएको पाएपछि हामी चिन्तित भयौँ, सामान्य फलफूल बेच्ने मान्छेले कहिले त्यत्रो पैसा कमाइसक्नु र छोराको उपचार गर्नु ?  छोरा र आफुलाई औषधि खान पनि नपुग्ने भएकोले मृत्यु कुर्नुको विकल्प नभएको उनको भनाई रहेको छ । 

आर्थिक अवस्था नाजुक भएको र घरपरिवारले समेत वास्ता नगर्ने बताउँदै उनले आफुहरुको जीवन बचाउनको लागि सम्पूर्णलाई आग्रह समेत गरिन् । उनले भनिन् आफु त मरुला तर मेरो छोरा मेरै अगाडि मरेको म कसरी हेरुँ ? दुई वर्ष अघि छोराको मृर्गौला ७७ प्रतिशत विग्रेको भन्ने कुरा डाक्टरले भनेको बताउँदै उनले छोरालाई केहि समय बचाउन पनि हप्तामा ३ पटक डायग्ल्यासीस गर्नुपर्ने बताईन् । छोराको आफ्नो उपचार गर्दा सबै सम्पती सकिएको र पाँच लाख ऋण लागेको बताउँदै उनले आफ्नो र छोराको मृर्गौला फेर्नको लागी ३० लाख भन्दा धेरै लाग्ने भएकोले मृत्यु कुर्नुको विकल्प नभएको बताईन् । 

पत्रकार सम्मेलनमा निकै भावुक बनेकी उनले उपचारमा सहयोग गरिरहनको लागि सबैलाई आग्रह समेत गरिन् । कार्यक्रममा अभियानका केन्द्रिय सदस्य  जनकमान डंगोल, वरिष्ठ सल्लाहकार भिमसेन महत, पत्रकार महासंघका पूर्व केन्द्रिय सदस्य प्रताप विष्ट, पत्रकार महासंघ मकवानपुरका सचिव कृष्णसारु मगरलगायतको आतिथ्यता रहेको थियो ।

आमा बिनिता उप्रेती तथा छोरा आशिष उप्रेती मृगौला पिडित सहयोग संकलन विवरण:
जनक कुमार डंगोल मार्फत:
क्र.स
दाताको नाम
स्थान
मार्फत
रकम रु
आर दाहाल समेत
काठमान्डौ
रेमिटान्स
४९००/-
गोबिन्द श्रेष्ठ
बिदेस
रेमिटान्स
५१५२/-
जंगबहादुर
बिदेस
रेमिटान्स
२९८९/-
प्रकाश सुनुवार
बिदेस
रेमिटान्स
२०००/-
डील्ली ढुंगाना
बिदेस
रेमिटान्स
५१२८/-
अनिल कार्की
बिदेस
रेमिटान्स
५०६७/-
अर्जुन हमाल
बिदेस
रेमिटान्स
२०००/-
ध्रुब प्याकुरेल
काठमान्डौ
रेमिटान्स
१००१/-
जोनी पहरी
बिदेस
रेमिटान्स
५९००/-
१०
पाठकजी
बिराटनगर
रेमिटान्स
९०००/-
११
धन बिक्रम मल्ल
पोखरा
रेमिटान्स
५०००/-
१२
देब नारायण तिवारी
बिदेस
रेमिटान्स
७००९/-
१३
दिनेस सिवाकोटी
स्यांग्जा
रेमिटान्स
२१००/-
१४
हरि न्यौपाने समेत
बिदेस
रेमिटान्स
७६६९/-
१५
शान्ति शर्मा समेत
बिदेस
रेमिटान्स
१३७५०/-
१६
निक्स प्रसाई
बिदेस
रेमिटान्स
५१००/-
१७
राजन कर्माचार्य
बिदेस
रेमिटान्स
५०००/-
१८
सुधिर बिज्ञान सापकोटा
काठमान्डौ
बापू सप्लायर्स मार्फत
१०००/-
१९
धन बहादुर थापा
हेटौडा ७
नगद
२०००/-
२०
बिष्णु प्रसाद अधिकारि
हेटौडा 
नगद
५००/-
२१
रोहित के.बि
हेटौडा 
नगद
५००/-
२२
दिवाकर मैनाली
हेटौडा 
नगद
५००/-
२३
ढुन्डीराज आचार्य
हेटौडा 
नगद
५००/-
२४
अजय खड्का
हेटौडा 
नगद
३०५/-
२५
हेम गुरुङ
हेटौडा 
नगद
५००/-
२६
कमाने एकेडेमी
हेटौडा ८
नगद
५०००/-
२७
राकेस रिमाल
अमेरिका
नगद
५१०५/-
२८
ओम फुयाँल
हेटौडा -७
नगद
५००५/-
२९
सुनिल श्रेष्ठ
ई-कोशी डटकम
नगद
५५५५/-
३०
आंगमाया शेर्पा
अमेरिका
रेमिटान्स
५०२९/-
३१
प्रकास मैथिल
सिराहा हाल बिदेस
रेमिट्यान्स
१०००७/-
३२
कमला घलान
हेटौडा ८
नगद
१०००/-
३३
राजेन्द्र कोज्यु
भक्तपुर
रेमिटान्स
५०००/-
३४
तुलसी भटराई
मलेसिया
रेमिटान्स
२०९९/-
३५
समा श्री
ईजराईल
रेमिटान्स
२५०००/-
                                                                                                  जम्मा:                                                           
१,६३,४६५/-
बालकृष्ण दाहाल मार्फत
उत्सब चौलागाई
हेटौडा ६
नगद
१५००/-
धिरज न्यौपाने
हेटौडा
नगद
२०००/-
प्रकास पोख्रेल
हेटौडा ११
नगद
१०००/-
दिपक बर्तौला
हेटौडा २८
नगद
१०००/-
लालकाजी बज्राचार्य
हेटौडा
नगद
३०००/-
सरद कर्माचार्य
हेटौडा
नगद
२०००/-
आर्जन  उप्रेती
कतार
रेमिट्यान्स
१११२८/-
सुमन सापकोटा
कतार
रेमिट्यान्स
३५८२/-
गोपाल पुन
कतार
रेमिट्यान्स
१०४५/-
१०
बिकास श्रेष्ठ
कतार
रेमिट्यान्स
१०४५/-
११
आईमान तामांग
कतार
रेमिट्यान्स
१०४५/-
१२
खेमराज बास्तोला
कतार
रेमिट्यान्स
१०४५/-
१३
हरि पुन
कतार
रेमिट्यान्स
१०४५/-
१४
धनजित राई
कतार
रेमिट्यान्स
१०४५/-
१५
दिपक बिस्ट
कतार
रेमिट्यान्स
१०४५/-
१६
किसन सुनुवार
कतार
रेमिट्यान्स
१०४५/-
१७
महेन्द्र जी.सी
कतार
रेमिट्यान्स
५५४ /-
१८
ध्रुबराज ढकाल
हेटौडा
नगद
१०००/-
जम्मा:
३५,१२४/-
कृष्णराज कोईराला मार्फत:
मकवानपुर निर्माण ब्यबसायी संघ हेटौडा
नगद
५०००/-
अभय श्रेष्ठ
हेटौडा
नगद
१०००-
सुरज बर्तौला
हेटौडा
नगद
५००/-
N/S कृष्णदाई
हेटौडा
नगद
८१५०/-
नवराज अर्याल
हेटौडा
नगद
५०००/-
बिनोद तिमिल्सिना
काठमान्डौ
नगद
१४६१/-
सिविल बैंक
हेटौडा
नगद
२५००/-
कैलास ढकाल
हेटौडा
नगद
४०००/-
जम्मा:
२७४६१/-
दाउन्ने फिड भैरहवा
भैरहवा
पिडितको खातामा
२५०००/-
राजेन्द्र प्रसाद पन्त
काठमान्डौ
पिडितको खातामा
११००/-
निर्मला शर्मा
काठमान्डौ
पिडितको खातामा
३०००/-
राजेन्द्र श्रेष्ठ
काठमान्डौ
पिडितको खातामा
५००/-
 
समुन्द्र मार्फत
हंगकंग
पिडितको खातामा
३६१४५/-
                                                                                                  जम्मा:
६५७४५/-
भीमसेन घिमिरे तथा साथीहरु
दक्षिण कोरिया
चेकबाट
१,००,०००/-
                                                           जनक कुमार डंगोल मार्फत जम्मा:
१,६३,४६५/-
                                                             बालकृष्ण दाहाल मार्फत जम्मा :
३५,१२४/- 
                                                                    कृष्णराज कोईराला मार्फत:
२७,४६१/-
                                                 पिडित आशिष उप्रेतीको खातामा जम्मा:
६५,७४५/-
                                                                            बजार संकलन जम्मा :
४९,०००/-
                                                                   महोत्सबबाट संकलन जम्मा:
११,७६५/-
                                                                                           कुल जम्मा:
४,५२,५६०/-

 
Share this article :

0 Comments:

Post a Comment

 
Support : Creating Website | Johny Template | Mas Template
Copyright © 2011. खांट्टी कुरा - All Rights Reserved
Template Created by Creating Website Published by Mas Template
Proudly powered by Blogger