Home » » बगरेको छुरा खसी, बोकोमा हजामको छुरा नेपालीहरुको गलामा रेटीदैछ

बगरेको छुरा खसी, बोकोमा हजामको छुरा नेपालीहरुको गलामा रेटीदैछ

Written By खांट्टी कुरा on Monday, December 26, 2016 | December 26, 2016



११,पौष २०७३: पंचायती शासनकाल अर्थात २०४६ साल भन्दा अगाडी सम्म नेपालमा संघ तथा संगठन खोल्न निषेध गरिएको थियो । सरकारको आदेस तथा कानून नमान्ने जोकोहीलाई पनि कारबाही गर्न सक्ने अधिकार पुलिसलाई दिएको थियो । पुलिसको रले गर्दा पनि नचाहिने काम गर्ने हिम्मत जोकोहीले पनि गर्न सकेका थिएन

२०४६ सालमा नेपालमा दोश्रो पटक प्रजातन्त्र लागु भयो । संघ तथा संगठन खोल्ने देखि वाक स्वतन्त्रताको छुट सबैले पाए । मौकामा चौका हान्न जानेकाहरुले त्यो दिन देखि आज सम्म आफ्नो दुनो सोझ्याउने मौका राम्रै संग पाएका छन ।

२०४७ सालमा  कपाल काटेको रु ५/- र दार्ही काटेको रु ३/- लिने गरेका हजामले अहिले भूकम्पको बहाना बनाएर कपाल काटेको रु १००/- र दार्ही काटेको रु ६०/- भनेर शुल्क तोकेका छन । 'रास्ट्र देखि सरकार प्रमुख सम्मको गला नाप्ने बानि परेका' हजामहरुले कुनै डर तथा संकोच नमानिकन निर्धक्क संग आफ्नो सेवा शुल्क बढाएका हुन ।

हेर्दा थोरै देखिने तर प्रतिसतको मापनलाई हेर्ने हो भने गगन चुम्ने गरि सेवा शुल्क तोक्न नेपालका नाईहरु अग्रपंक्तिमा देखिएतर अनुगमन गर्ने कसले ?

यो सामान्य शैलुनहरुमा लागू भएको मूल्य सूचि हो तर यस भन्दा बाहेक पनि आ-आफूले समेत मूल्यसूचिहरु राख्ने गरेका छन् । सर्वसाधारण नागरिकले यसबारे सिधै प्रश्न उठाउँदैनन् जस्को कारण शैलुनहरुले बढाएको मूल्यबारे कमैलाई जानकारी हुन्छ तर, शैलुन पुग्नेहरुले भने मूल्यवृद्धि बारे जानकारी पाएका छन् र मूल्य एकै पटकमा बढी बढाइएको उनीहरुको भनाई छ । 

नेपाल नाई संघको तथ्यांअनुसार अहिले देशैभर साढे १३ हजार सैलुन सञ्चालित छन् भने ती शैलुनमा कपाल काट्ने कामदारको संख्या झण्डै डेढ लाख छन् । र, उनीहरुले पनि मूल्य बढाएको स्वीकार गरेका छन् ।

Share this article :

0 Comments:

Post a Comment

 
Support : Creating Website | Johny Template | Mas Template
Copyright © 2011. खांट्टी कुरा - All Rights Reserved
Template Created by Creating Website Published by Mas Template
Proudly powered by Blogger