Home » » कान्ति राजमार्ग अब चै बन्ला कि

कान्ति राजमार्ग अब चै बन्ला कि

Written By खांट्टी कुरा on Monday, December 26, 2016 | December 26, 2016



पौष ११, हेटौडा: भौतीक पुर्बाधार तथा यातायात ब्याबस्था मन्त्री रमेश लेखकले हेटौडाबाट ललितपुर जोड्ने कान्तिलोकपथ निर्माणको काममा सरकारले बजेटको कुनैपनि कमि हुन नदिने बताउनुभएको छ । पुर्बपस्चिम राजमार्गको बैकल्पीक सडकको रुपमा निर्माण भईरहेको कान्तिलोकपथ निर्माणको अबलोकन गर्दै ललितपुरबाट ब्याबस्थापीका संसदको बिकाश समिति र सरकारको एकैसाथको हेटौडा भ्रमणका क्रममा आउनुभएका मन्त्री लेखकले यस्तोकुरा बताउनुभएको हो ।


मन्त्री र विकास समितिका सांसद सहितको टोलीले जिल्ला बिकाश समिति मकवानपुरको हलमा कान्तिलोकपथका बारेमा सबैकुराको जानकारी सहित यसका बारेमा जानकारी गराएका थिए ।  हेटौडाको बुद्धचोकबाट ललितपुर सम्म ९० किलोमिटर लम्बाई रहेको यस लोकपथ निर्माणका लागि सरकारले ध्यान दिएर काम गरिरहेको बताउनुभयो । यो सडकलाई कुनैपनि हालतमा चाडो भन्दा चाँडो निर्माणको काम सकेर चालु हालतमा ल्याउने सरकारको तयारी रहेको मन्त्री लेखकले बताउनुभयो ।

कुल २ अरब रुपैयाँमा कालोपत्रे पिचको काम सक्नेगरी बहुबर्षिय योजनाका साथ यस सडकमा काम भईरहेको बताउँदै उहाँले भन्नुभयो–हामी बिहान देखि यो सडकको अबलोकन र अन्तरकृया गर्दै यहाँ सम्म आईपुग्नु भनेको यो आयोजना छिटो निर्माण गर्न सजिलो होस भनेरनै हो ।’

यो सडक निर्माण सुरु भएको ५८ बर्षपछी बल्ल सार्थक रुपमा काम सक्न लागेकाले यसमा स्थानियको त्यतीकै सहयोग आबस्यक रहेको बताउनुभयो । कान्तिलोकपथ निर्माणको क्रममा ललितपुर क्षेत्रमा एक सय १० करोड र मकवानपुर क्षेत्रमा ९० करोड रुपैयाँ लगानीमा काम सकिने उहाँको भनाइृ छ । यो सडक निर्माण भईसकेपछी राजधानि संग तराईलाई जोड्ने गतिलो मार्ग बन्ने अपेक्षा समेत उहाँले ब्यक्त गर्नुभयो । 

अनुगमनका क्रममा हेटौडा आईपुग्नु भएका ब्याबस्थापीका संसदको बिकाश समितिका सभापति रबिन्द्र अधिकारीले कान्तिलोकपथ निर्माण गर्नका लागि सरकारले कुनैपनि कमि नराख्न समेत आग्रह गर्नुभयो । यस आयोजनामा काम गर्ने निर्माण ब्याबसायहिरुले ध्यान दिएर काम गरेमा समयमानै सकिने उहाँको भनाई छ । यस सडकका लागि स्थानियको लगाब र चासो बिना बिकाश संभब नभएकाले सबैको उत्तिकै चासो आबस्यक रहेको उहाँले बताउनुभयो । कार्यक्रममा कान्तिलोकपथ आयोजनाका प्रमुख देबेन्द्र साहले २०१३ सालमा कच्चि सडका रुपमा निर्माण सुरु भएको यस सडकले अबको केही बर्षमानै काम सकिने हालतमा पुगेको बताउनुभयो । 

अहिले कान्ति राजपथ निर्माणका लागि १४ वटा ठेक्काको संझौता अनुसार काम जारी रहेको बताउँदै उहाँले भन्नुभयो–९० किलोमिटरको यस सडकमा ७९ किलोमिटर पिच गर्ने, ७ मिटर चौडाईमा पिच गर्ने, साढे नौ मिटर कटिङ गरेर सडक फराकिलो बनाउने काम गरिने छ ।’ यस बर्ष यस सडकको काम गर्नका लागि ६० करोड रुपैयाँ मात्र बिनीयोजित भएको उहाँको भनाई छ । सडक आयोजनाले त्यस क्षेत्र भित्र पर्ने खानेपानी र बिधुतका पोलहरु आफै स्थान्तरण गर्ने जनाएको छ ।
(हेटौडा खबरबाट साभार)
Share this article :

0 Comments:

Post a Comment

 
Support : Creating Website | Johny Template | Mas Template
Copyright © 2011. खांट्टी कुरा - All Rights Reserved
Template Created by Creating Website Published by Mas Template
Proudly powered by Blogger